राजनीति

    Showing 1,701-1,710 of 10,298 items.
  • भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

    काठमाडौं— प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो देश भ्रमणको निम्तो दिएपछि प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने भएका हुन् ।नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन । यद्यपी, परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेका बताएका छन् ।नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हु

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 409 पटक पढिएको
  • बालेन सरकारलाई सुनिता डंगोलको साथ, महानगरमा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा

    काठमाडौं— इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ कार्यवाहक प्रमुख

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 413 पटक पढिएको
  • संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    सुर्खेत— संघीयताको मर्मअनुरूप नेपालको संघीयता कार्यान्वयन नहुँदा प्रदेश सरकारहरू संघीय सरकारको इकाई जस्तै देखिएको सरोकारवालाले बताएका छन् । शनिबारदेखि सुरु भएको कर्णाली उत्सव ‘कुडा कर्नालीका...’ सातौँ संस्करणको ‘शक्तिको सोपान बाँडफाँडदेखि विकाससम्म’को सत्रका वक्ताहरूले राजनीतिक संघीयता कार्यान्वयन भए पनि आर्थिक संघीयता अझै हुन नसकेको बताए ।कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले दिल खोलेर संघीयता कार्यान्वयनमा कुनै पनि दलको नेतृत्व तयार नभएको बताए । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई इकाइको रुपमा प्रयोग गर्न खोजी रहेको उनको आरोप छ । ‘

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 432 पटक पढिएको
  • मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ शनिबार मध्यरातमा चितवनको भरतपुर पुगेका छन् ।शनिबार राति चितवन पुगेका गुरुङलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा औपचारिक स्वागत गरिएको थियो ।बागमति प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, प्रहरी उपरीक्षक एक नारायण कोइराला लगाएतले गुरुङलाई स्वागत गरेका हुन् ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 401 पटक पढिएको
  • मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल र २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।गत वषको तुलनामा गहुँको मूल्य

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 474 पटक पढिएको
  • सांसद र केन्द्रीय सदस्यहरूलाई मन्त्रालय धाउन रोकः सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको कडा निर्देशन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता, कार्यकर्ता तथा सांसदहरूलाई सिंहदरबार र विभिन्न मन्त्रालयहरूमा अनावश्यक रूपमा भिडभाड नगर्न कडा निर्देशन जारी गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारी कामकाजलाई प्रभावित पार्ने गरी मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयमा नेताहरूको आउजाउलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार, अनावश्यक रूपमा सिंहदरबार धाउने प्रवृत्तिको सट्टा जनताका गुनासा र समस्या सुन्नका लागि नयाँ व्यवस्था लागू गरिएको छ । यस निर्णय अनुसार, अबदेखि जनसम्पर्कका लागि पार्टीको केन्द्रीय कार्यालय चम्पादेवी (घण्टीघर) मा दैनिक एक ज

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 528 पटक पढिएको
  • युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते सम्पन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न भएको बताएका छन् ।सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार गरेको सम्बोधनमा राष्ट्रपति पौडेलले  नवनिर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले विषम र संवेदनशील अवस्थामा सबैले देखाएको सहयोग र संयमताप्रति आभार व्यक्त गरे । उनले यस पटकको संसद्‌मा युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको र सरकारले पनि युवा पुस्ताको प्रतिनिधित्वलाई जोड दिने विश्वास आफूलाई रहेको बताए । उनले पटक पटक भएका जनआन्दोलन र भ्रष्टाचार जस्ता चुनौतीहरूको स्मरण गर्दै

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 452 पटक पढिएको
  • ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको होः वरिष्ठ नेता खनाल

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उनले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताए ।उनले भने,‘राजनीतिक रुपले प्रतिशोध लिने ढंगले कुनै पनि काम कारवाहीहरु हुन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गछौं । केपी ओली र रमेश लेखकको पक्राउ विधिका विरुद्ध र साम

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 520 पटक पढिएको
  • उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

    काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् ।उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथलिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै पदमुक्त गरेका थिए।उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 491 पटक पढिएको
  • उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय पारित गरेको छ ।शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख पदमा रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय पारित गरेको हो ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 451 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.