राजनीति

    Showing 1,641-1,650 of 10,298 items.
  • अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 205 पटक पढिएको
  • शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा।ओजस्वी शेरचन चयन भएकी छन्शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो ।उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 221 पटक पढिएको
  • सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् ।शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।२०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् ।गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन काय

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 220 पटक पढिएको
  • अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन्ः सभामुख अर्याल

    काठमाडौं— सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिले संसद भवनको अवस्था सबैलाई थाहा नै छ । हामी काम चलाउनको लागि अहिले सदन चलाइरहेका छौं । अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 448 पटक पढिएको
  • सहकार्यको विषयमा कुरा भएपछि ओली भेट्न अस्पताल पुगे प्रचण्ड

    काठमाडौं— नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ प्रचण्ड पुगेर ३० मिनेट जति बसेको बताइएको छ ।एमाले सचिव पद्मा अर्यालले दाहाल ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताइन् । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड(ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।‘उहाँ आउनुभएको हो स्वास्थ्यलाभको कामना गर्नुभयो थप विषय त मैले पनि बुझ्नु पर्छ’, अर्यालले भनिन् । नेकपा र एमालेका केही नेताको छलफलपछि ओली(प्रचण्डको संवाद भएको स्रोतको दाबी छ ।त्यसअघि ओलीको सन्देश बोकेर एमालेका द

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 462 पटक पढिएको
  • सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् ।सो क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको उनले बताए ।मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । ‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समय देखि लाइसेन्स नपाउने समस्या अब अन्त

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 321 पटक पढिएको
  • आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ संस्कृत श्लोकउद्धृत गर्दै आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र छ । मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु । आमाहरूको दीर्घायुको कामना गर्दछु ।’उनले सृष्टिकी म

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 364 पटक पढिएको
  • संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

    काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ ।प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 240 पटक पढिएको
  • संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।बैठकले अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ भने सामाजिक सञ्जाल नियमनका नाममा नियन्त्रण नगर्न सरकारलाई सचेत गराएको छ ।जुनसुकै ओहोदामा बसेका वा जिम्मेवारी सम्हालेका व्यक्ति भए पनि राज्यले कानुनी प्रक्रिया अनुसार अनुसन्धान गर्न खोज्दा सहयोग गर्नु आवश्यक छ भन्ने विषयमा नेपाली कां

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 242 पटक पढिएको
  • रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

    काठमाडौं— राष्टिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकले संसदीय दलको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई चयन गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.