राजनीति

    Showing 1,561-1,570 of 7,509 items.
  • कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम रानामगर

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर सर्वसम्मत चयन भएका छन् ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट रानामगरको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।उपसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार वाँठामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन, सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन भएका छन् ।केन्द्रीय कार्यसमितिका सदस्यहरू बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, नारा

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 488 पटक पढिएको
  • तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।जसमा बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने का

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 436 पटक पढिएको
  • नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने

    काठमाडौं— विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले समाजमा देखिएका नयाँ चुनौतीका आधारमा कानुन परिमार्जन आवश्यक भएको धारणा राखे ।लेखकले भने, ‘कानुन निर्माणको सिद्धान्त नै समाज समय सापेक्षरूपमा परिवर्तन हुने भएकाले त्यसअनुसार कानुनहरू निर्माण गर्नुपर्ने हो । हिजो नागरिकता सम्बन्धी जुन विषयहरू देखिएका थिएनन्, आज ती देखिएका छन् । भोलि थप विषयहरू देखा परेमा त्यसलाई सम्बोधन गर्नैपर्छ ।’उनले नेपालको नागरिकताको मूल सिद्धान्त वंशको आधारमा नागरिकता प्रदान गर्ने भएको उल्लेख गर्दै भने, ‘आम

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 412 पटक पढिएको
  • कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 496 पटक पढिएको
  • प्रचण्डसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेटवार्ता

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका हुन् । भेटमा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 458 पटक पढिएको
  • मोहन डाँगी भन्छन निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो

    काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।आइतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।‘विद्युत प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एकमात्र विद्युत खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपतबृद्धि, निर्यातबृद्धि र उत्पादनबृद्धिमा लाग्नु पर्ने हो,’डाँगीले भने, ‘तर बिडम्बना विद्युत प्राध

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 513 पटक पढिएको
  • गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२/८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताएका हुन् ।‘लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला ।’ उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 467 पटक पढिएको
  • खुट्टा तान्ने होइन, हातेमालो गर्ने संस्कार विकास गर्नुपर्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महिलाको सशक्तिकरण र नेतृत्व विकासमा निरन्तर लगानी आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित ‘नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जीवनमा सिकाइ र परीक्षण निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे ।‘सिक्ने र परीक्षण लिने भन्ने चिज जीवनमा कहिले पनि सकिँदैन । जबसम्म सिक्ने भोक आफूमा जीवित रहन्छ, तबसम्म परिवर्तन एवम विकासको सम्भावना पनि जिवित रहन्छ,’ उनले भने ।अध्यक्ष लिङ्देनले जनसंख्याको ५१ प्रतिशतभन्दा बढी हिस्सा महिलाले ओगटेको भन्दै महिलाको सक्रिय सहभागिता विना क

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 513 पटक पढिएको
  • औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरणबारे छलफल

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ ।आयोगमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यान्वयन समिति रहेको छ । आयोगका अध्यक्ष प

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 509 पटक पढिएको
  • राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिवको भेट, आपसी सहकार्यमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेल

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 538 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा