काठमाडौं— वन तथा वातावरण तथा कृषि पशुपन्छी विकासमन्त्री गिता चौधरीले जनचेतनाको कमी भएका कारण रसायनिक मल बढी खपत भइरहेको बताएकी छिन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको कृषि उत्पादनका साधन मल, बिउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारीबारे भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।
मन्त्री चौधरीले कृषि मन्त्रालयको करिब ६० प्रतिशत बजेट मलमा खर्च भइरहे पनि अपेक्षित उपलब्धि नदेखिएको बताइन् । सरकारले मल उपलब्ध गराएपनि किसानसम्म समयमै नपुग्ने समस्या रहेको उल्लेख गर्दै उनले यसको समाधानका लागि सरकारले सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिइन् ।
उनले भनिन्,‘यति धेरै रसायनिक मल प्रयोग गरिसकेका छौं कि माटोको उर्वराशक्ति ९फर्टिलिटी रेसियो० नै कम भइसकेको छ । एक महिनामा मंैले अनुभव जनचेतना, टेक्निकल समस्याहरु हामीमाझ छ । जनचेतना नभएको कारणले रसायनिक मल अलि बढि खपत भइरहेको छ कि जस्तो लाग्छ । कृषि मन्त्रालयको ६० प्रतिशत बजेट मलमा परिचानल हुँदा उपलब्धी के त रु सरकारले दिएको छ तर जनताले जहिल्यै पाएको छैन् भन्छन् । यसको उपाए निकाल्न सुक्ष्म अध्ययन गर्दैछौं ।’
उनले किसानले अनुदान र प्रोत्साहन सही रूपमा पाएका छन् कि छैनन् भन्ने विषयमा पनि अध्ययन भइरहेको बताइन्।
‘किसानले प्रोत्साहन पाएको छ कि छैन् भन्ने कुरालाई डेटावेसमा कसरी ल्याउने भन्ने विषयमा डिजिटाइज गर्दैछौं । मूल्यहरु डिजिटाइज गर्दैछौं । सबै प्रविधिमा जोडिएको छौं,’उनले भनिन् ।’ अनुदानका लागि योग्य किसानहरुको अध्ययन गरिरहेको उनको भनाई छ ।






































