काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरबारमा बस्दै छ ।बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल हुनेछ ।
काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्ने भएको छ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालयका विषयमा छलफल हुने छ ।
काठमाडौं— राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक आज बस्ने भएको छ ।बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११ः३० बजे बस्ने भएको हो ।बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।
बाजुरा— बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बुढी नन्दा नगरपालिकाको कोल्टीमा न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन सुरु भएको छ । एक औंपचारीक कार्यक्रमका बिच सम्मेलनको आइतबार उद्घाटन गरिएको हो ।समन्वय प्रमुख तुलसीराम रोकायाले सम्मेलनको उद्घाटन गरेका हुन् । बुढी नन्दा नगरपालिकाका उपप्रमुख तथा सम्मेलन अध्यक्ष राम बहादुर बोहोराको अध्यक्षतामा सम्मेलन कार्यक्रम सञ्चालन गरिएको हो ।जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथिका रूपमा समन्वय उप-प्रमुख लाछु सार्की रहेका थिए ।सम्मेलनमा बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्
काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।
काठमाडौं— उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरीले नेपालमा जित–हारको राजनीति अन्त्य गरी सबैलाई समेट्ने सहकार्यको राजनीति आवश्यक रहेको बताएका छन्।आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सहअस्तित्वको मर्म बुझेर अघि बढे मात्र देश विकासले गति लिने बताए ।उनले भने, ‘हामीसँग तीन तहका सरकार छन्, जसमा हाम्रो संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको छ । यही मर्म बुझेर संविधानको रक्षार्थ काम गर्दा देश विकासमा टेवा पुग्नेछ ।’चौधरीले नेपालमा अरूको भूमिकामा बढी चासो दिने तर आफ्नो जिम्मेवारी पूरा गर्न नसक्न
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले संघीयताको कार्यान्वयनप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै सापकोटाले संघीयताको समीक्षा गर्दा संघीय संसद र संघीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताए ।उनले संविधानको मूल मर्मअनुसार आवश्यक कानुन निर्माण हुन नसकेको उल्लेख गरे । उनले संघीयताका कमजोरी सुधार्न संघीय सरकार र संसदले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।उनले भने, ‘ तीनै तहको सरकारको कुरा गर्दा सबैभन्दा पहिला संघीयताको समिक्षा गर्दा संसदले र संघीय सरकारले ज्यादा समिक्षा गर्नुपर्दछ । संविधानको आधारमा ब
काठमाडौं— प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौंस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ ।
काठमाडौं— काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनीता डंगोलले सुकुम्बासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका १ मा रहेको सरकारी भवनको अवलोकन गरेकी छन्।सरकारले काठमाडौंको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने काम गरेको छ।यी स्थानबाट सुकुम्बासीहरूलाई यही सरकारी भवनमा राखिने भएकाले सरसफाइ र मर्मतको काम भइरहेको छ।
काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे ।उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए ।‘माननीय रवि लामिछानेजी कता हराउनु भयो ? सरकारले के ग¥या त्यस्तो, जनता सडकमा रा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.