राजनीति

    Showing 1,511-1,520 of 7,509 items.
  • मधेश प्रदेशमा लगानी सम्मेलनको तयारीमा सक्रिय छलफल

    जनकपुर— मधेश प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ । यसै सन्दर्भमा प्रदेश जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, निति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थितिमा विशेष छलफल भएको छ ।सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 502 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं—  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।त्यसैगरी, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । कृषि तथा पशुप

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 470 पटक पढिएको
  • जसपा नेपालद्वारा जनकपुरधाममा सडक अवरुद्ध

    जनकपुर । जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा क्रमशः चौथो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका सडक अवरुद्ध गरेको छ ।बिहीबार (आज) जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको उनीहरुको आरोप छ । सरकारले उपेन्द्र यादवविरुद्धको मुद्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 192 पटक पढिएको
  • शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफू शासक नभई सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् । विहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा बोल्दै उनले मन्त्री एक्लैले केही गर्न नसक्ने भनदै सबैको साथले परिणाम आउने भन्दै उनले आफू सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले भने, ‘म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु । मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ।’मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढे मात्र जनतालाई सेवा

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 214 पटक पढिएको
  • लोकतन्त्र बलियो बनाउन संसद गतिशील हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं— पूर्वराष्ट्रपति एवम एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले संसद नै निरीह थलो बनेको बताएकी छिन् । बिहीबार मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् निरीह थलो भएर बस्दा जनमानसमा राम्रो सन्देश नगएको बताइन् । अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।उनले संविधानबारे प्रश्न उठाइएको तर अहिलेसम्म वौद्धिक बहस नभएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएतापनि शिक्षा सम्बन्धी कानुन बन्न

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 444 पटक पढिएको
  • ‘उपसभामुख कसको स्विकृतिमा विदेश विदेश जानुभएको हो, जवाफ चाहियो’

    काठमाडौं—  नेकपा एमालेमा सांसद योगेश भट्टराईले उपसभामुखले कसैलाई जानकारी नगराइ विना स्विकृति विदेश भ्रमण गरेको विषयप्रति जवाफ दिनुपर्ने बताएका छन् । विहीबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले आचारणको विषय सबैमा लागूहुने भन्दै १० पटक कसैले जानकारी नगराई कस्तो निम्तोमा कहाँ गएको भनी संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका भ्रमणमा छिन् । ‘उपसभामुख १७ पटक विदेश भ्रमण गर्नुभएको छ । त्यसमध्ये सात पटक सभामुखको स्विकृति गरेर भ्रमण गरेको देखिन्छ । १० पटक कसैले पनि स्विकृत गरेको छैन । के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छ । कहाँ जानुभयो ? कसको निम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 589 पटक पढिएको
  • भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आब्हान

    काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भएपनि भारत र चीनले गरेको सहमतीप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् । उनले भने, ‘विषयमा नेपालमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ । हिजोपनि उभिएका थियौ आज पनि उभिनुपर्छ । म नेपाली काग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’  सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन् । प्रतिस्पर्धा आफ्ना ठाउँमा छन् । हामी कसैले पनि

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 570 पटक पढिएको
  • सांसद नेपाली भन्छन सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको रक्षा गर्नु पर्नेमा आजको सरकारले त्यसको अपमान गरिरहेको बताए । उनले भने,‘देश हाँक्नेहरूले संविधानको रक्षा गर्नुपर्ने हो, तर आजको सरकारले त्यसको अपमान गरेको छ । जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ ।’उनले मानव तस्करी जस्तो गम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 560 पटक पढिएको
  • कुलमानले भन्छन नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक छ

    लक्जेम्वर्ग—  हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् ।एनआरएनए लक्जेम्वर्गलगायत नेपाली संघसंस्थाद्वारा संयुक्त रुपमा बुधबार आयोजित सम्मान तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए।मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए । ‘प्रायः ब्यूरोक्रेसी नेतृत्वले नै चलाउछ, तर नेतृत्वले भनेको सबै कुरा, गलत भएपनि

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 523 पटक पढिएको
  • महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक: उपप्रधानमन्त्री सिंह

    काठमाडौं—  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताएका छन् । नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरुको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना दिए ।   ‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने । विशेषगरि तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’ उनले भने,‘विशेष गरि दिदिबहिनीह

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 598 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा