काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट पूर्ण इजलासमा सुनुवाइका लागि आज पेसी तोकिएको छ।

सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। 

यसअघि गत चैत १५ गते न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ पूर्ण इजलासमा गर्न आदेश दिएको थियो।

निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।