राजनीति

    Showing 1,461-1,470 of 10,298 items.
  • संसद् बैठकमा विद्युतीय हाजिरी लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु

    काठमाडौं— सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ ।बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिएको छ । यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिनेतस्बिर खिच्ने कार्यक्रममा सांसदहरू औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित भएका थिए ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 473 पटक पढिएको
  • संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

    काठमाडौं— सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो ।सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिने जनाएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिही

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 431 पटक पढिएको
  • संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

    काठमाडौं— संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन् ।बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ । बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर सहभगी हुने छन् ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 426 पटक पढिएको
  • सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिएका हुन् ।सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले वर्तमान सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 415 पटक पढिएको
  • दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज (बिहीबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।यस्तै, दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणका साथै विविध विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 406 पटक पढिएको
  • संविधान संशोधन कार्यदलद्वारा पूर्व महान्यायाधिवक्ताहरुसँग छलफल, शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्न सुझाव

    काठमाडौं— संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता र कानुनविद्बाट सुझाव संकलन गरेको छ ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई आमन्त्रण गरी छलफलसहित सुझाव संकलन गरेको हो ।छलफलमा पूर्वमहान्यायाधिवक्ता डा। युवराज संग्रौला, सविता भण्डारी, रमनकुमार श्रेष्ठ, महादेव प्रसाद यादव, मुक्तिनारायण प्रधान, अग्निप्रसाद खरेलका साथै संविधानसभा सदस्य सुरेश आले मगर, प्रतिनिधिसभा सदस्य पर्शुराम तामाङ र पूर्व कानुन सचिव राजीव गौतम सहभागी थिए ।उक्त अवसरमा शासकीय स्वरूप, निर्वाचन प्रणाली,

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 399 पटक पढिएको
  • मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा

    काठमाडौं— मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्व तयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् ।मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीन दिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्व सूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरे ।  त्यस्तै, चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हा

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 432 पटक पढिएको
  • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा भुसालको चेतावनीः ‘नागरिक डराए परिणाम राम्रो हुँदैन’

    काठमाडौं— नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताए ।उनले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सरकार गठनमा सहयोग गरेको उल्लेख गर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र निरंकुशताको दोहोरो समस्या रहेको धारणा राखे ।उनले भने, ‘जति शक्तिशाली सरकार हुन्छ त्यति स्वभाविक जनताका अपेक्षाहरु पनि त्यति नै हुन्छन् । जनताले अपेक्षाका साथ नै आफ्नो सम्पूर्ण बुद्धि, क्षमता प्रयोग गरेर यो सरकारलाई ल्याउनक

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 451 पटक पढिएको
  • बागमतीमा घट्यो मन्त्रालयको संख्या, १४ बाट ८ बनाउने निर्णय

    हेटौँडा— बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङ का अनुसार प्रशासनिक संरचनालाई मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यले ६ वटा मन्त्रालय समायोजन गरिएको हो । नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 422 पटक पढिएको
  • कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।बैठक पार्टी कार्यालय ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 527 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.