राजनीति

    Showing 1,461-1,470 of 7,505 items.
  • आफूलाई मूलधार ठान्नेहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् ।काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले माओवादी जनयुद्धलाई सकारात्मक रूपमा लिपिबद्ध गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’उनले जनयुद्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 402 पटक पढिएको
  • मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट

    वीरगन्ज— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव कार्की र नेपालका लागि इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावना र प्रदेशस्तरीय साझेदारी लगायत विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री कार्कीले इजरायलसँग कृषिको आधुनिकीकरण, सीपमूलक तालिम, श्रमिक व्यवस्थापन र प्रविधि हस्तान्तरणमा सहयोगको अपेक्षा राखेको बताए।राजदूत गोडरले इजरायल नेपालसँग सम्बन्ध अझ बलियो बनाउन इच्छुक रहेको र प्रदेशस्तरीय पहलहरूमा पनि सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका थिए।भेटवार्तामा प्रदेश सरकारका उच्च अधिकारीहरू समेत सहभागी थिए।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 482 पटक पढिएको
  • उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

    काठमाडौं— उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ ।रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन् ।बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।बुटवलको सुप्रिम सहकारी ठगी

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 605 पटक पढिएको
  • रविको मुद्दामा आजको सुनुवाइ टुंगियो, आदेश केहीबेरमै आउने

    बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ ।उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो ।रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । रविको मुद्दामा आजको सुनुवाइ टुंगियो, आदेश केहीबेरमै आउनेयसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले रविको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 534 पटक पढिएको
  • एनपी साउद भन्छन सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गरेर उखु किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ । ‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले फेसबुकमा लेखेका छन् । पूर्वपरराष्ट्रमन्त्री साउदले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको ३५ रुपैयाँ प्रति क्विन्टललाई तत्काल पहिलाक

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 481 पटक पढिएको
  • आज रविको निवेदनमा न्यायाधीश सागर विष्टको इजलासमा पेसी

    काठमाडौं— सहकारी ठगी मुद्दामा ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज (बुधबार) सुनुवाइ हुँदैछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ ।आफ्नो भागको बिगो रकÞम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतले रिहा नगरेपछि उनले यही भदौ ९ गते उच्च अदालतमा निवेदन दिएकोमा आज पेसी चढेको हो ।यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 505 पटक पढिएको
  • एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं—  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैंठक स्थगित भएको हो।प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ।पार्टीको महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 499 पटक पढिएको
  • राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथासक्य पहल गरिदिन आग्रह गरेका हुन्। पौडेलले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन्।राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह ग

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 523 पटक पढिएको
  • राज्य व्यवस्था तथा सुशानस समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत

    काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् ।निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेकोले उनी सर्वसम्मत भएकी हुन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ ।

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 515 पटक पढिएको
  • बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न न्यौपानेको नेतृत्वमा समिति गठन

    काठमाडौं— नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ। बारले वरिष्ठ अधिवक्ता एवं न्याय परिषद्का पूर्वसदस्य उपेन्द्र केशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो।नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार फैसला अध्ययन समिति गठन गरिएको महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार समितिबाट अध्ययन भई सम्पादन भएका कार्यहरु सहितको प्रतिवेदन वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक जानकारीका लागि प्रकाशन पनि गरिदिनेछ।समितिको सदस्यमा डा.सुष्

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 492 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा