राजनीति

    Showing 1,001-1,010 of 10,298 items.
  • ओलीको फोटो दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भन्दै भ्रम फैलाइएकोमा एमालेको आपत्ति

    काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भनेर भ्रम फैलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।  उनले भनिन्,‘पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।समा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु ।’

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 130 पटक पढिएको
  • भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ सांसद शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गरेका छन्। उनले भने,‘सुशासनको पक्षमा हामीले हरियो रिबन बाँधेका थियौं, आन्दोलन पनि गरेका थियौं, छानबिन समितिको माग पनि गरेका थियौं। तर यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता सर्दा सबै बिर्सिने हुँदो रहेछ । भन्सार कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । स

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 157 पटक पढिएको
  • कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो सांसद घतानी

    काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातीय विभेदका कारण पीडित बनेका नागरिकले न्याय नपाएको र राज्य मौन दर्शक बनेको आरोप लगाइन्। सांसद घतानीले सत्याग्रहमा बसिरहेकी दिपा नेपालीलाई तत्काल वार्तामा बोलाएर उनका माग सम्बोधन गर्न सरकारसँग माग गरिन् । उनले जातीय विभेदविरुद्धका कानुनहरू कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै कागजमा मात्र अधिकार सीमित हुनु राज्यको कमजोरी भएको बताइन्। उनका अनुसार, नागरिक सडकमा सत्याग्रह गर्न

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 142 पटक पढिएको
  • कांग्रेसको मुख्य चुनौती पार्टी एकता र जनाधार पुर्नस्थापना हो, डा. महत

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गरेका छन् ।आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले कांग्रेसको परम्परागत जनाधार खस्किएको भन्दै पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउने अभियानमा वृहत् एकता आवश्यकता रहेको बताएका हुन् । उनले पार्टीभित्र १५औँ महाधिवेशन नियमित रूपमा गर्नुपर्ने पक्षधर समूह र विशेष अधिवेशनमार्फत नेतृत्वमा पुगेका समूहबीच देशभर मनोवैज्ञानिक खाडल विद्यमान रहेको बताए । उनले यस्तो अवस्था कायम रहे पार्टी अझ कमजोर बन्नसक्ने चेतावनी दिँदै उनले आन्तरिक समझदारी र सहकार्यको आवश्यकता औँ

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 136 पटक पढिएको
  • इरानमाथि २२ देशको संयुक्त दबाब, विदेशी भूमिमा हुने भनिएका आक्रमण रोक्न आग्रह

    काठमाडौं— संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलियासहित युरोपका विभिन्न राष्ट्र गरी २२ देशले इरानलाई विदेशी भूमिमा हुने भनिएका आक्रमण, अपहरण तथा डर–धम्कीका गतिविधि तत्काल बन्द गर्न संयुक्त रूपमा चेतावनी दिएका छन्।बिहीबार जारी संयुक्त विज्ञप्तिमा ती देशहरूले इरानसँग आबद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी मुलुकमा रहेका इरानी असन्तुष्ट, पत्रकार, यहुदी तथा इजरायली समुदायलाई लक्षित गर्दै विभिन्न गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।विज्ञप्तिअनुसार हत्या, अपहरण, उत्पीडन, धम्की वा अन्य प्रकारका हिंसात्मक प्रयासले सम्बन्धित देशहरूको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थामाथि चुनौती सिर्ज

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 461 पटक पढिएको
  • कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन

    काठमाडौं— नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ । पार्टीका अनुसार आज बिहीबार राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ ।महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको समय सीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेका छन् ।पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन् ।त्यस बाहेक थप १ लाख २४ ह

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 381 पटक पढिएको
  • राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ, अध्यक्ष घिसिङ

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूहरु षड्यन्त्रको सिकार बनेको भन्दै अब षड्यन्त्रमा होइन, देशको एउटा सशक्त पार्टी र शक्तिको रुपमा जनताको विश्वास कमाएर स्थापित हुने बताए ।  उनले भने, ‘राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्ने रहेछ । षड्यन्त्र गर्न पनि जान्नुपर्ने रहेछ । हामी षड्यन्त्र गर्ने परेनौं । षड्यन्त्रमा फस्यौं । अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रुपमा र शक्तिको रुपमा जनताको विश्वास कमाएर हाम

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 208 पटक पढिएको
  • लिपुलेक, कालापानी र लिम्पियाधुरा, नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ आङदेम्बे

    काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘विपक्षी ज्युहरुले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ । आज वर्तमान राजनीतिक परिस्थिति असामान्य छ । दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहित नेपालको नक्सा पारित गरेको पन

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 296 पटक पढिएको
  • विविध विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा बोल्दै सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका ४५३ नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालोमा नेपाली युवायुवतीहरू फसिरहेको बताउनुभयो । उहाँले भारतका विभिन्न स्थानबाट ४० जिल्लाका ४५३ नेपालीको सफल उद्धार गरी नेपाल ल्याइएको र हाल घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “नेपाली नागरिकलाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने, ‘नेटवर्किङ’ व्यवसायमा संलग्न गराउने तथा शारीरिक र मानसिक यातना दिने कार्य भइरहेक

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 291 पटक पढिएको
  • प्रधानमन्त्रीको सिमा विवादसम्बन्धी धारणा लिखित रुपमा भएपनि आउनुपर्छ हर्क साम्पाङ

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवादसम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन् ।  उनले भने, ‘प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउने कुरा हो, अरु केही हैन, उहाँ यहाँ आउनै नहुने उहाँले गर्नुभएको जुन गल्ति छ त्यसलाई सच्चाउन अरु मान्छे लागिदिनुपर्ने भन्ने खालको कुरा न्यायसम्वत छैन । संविधानसम्वत पनि छैन । हामीले विधिद्धारा संसदलाई सञ्चालन गर्नुपर्ने हो या के हो यहाँ प्रश्न गर्न चाहान्छ

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 208 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.