राजनीति

    Showing 10,011-10,020 of 10,379 items.
  • विश्वासको मत नपाउने भएपछि सरकार गठन अघि बढाएको हुँ : ओली

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटका कारण आफुले छिटो वैकल्पिक सरकार बनाउन बाटो खोलिदिएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी आफुले विश्वासको मत पाउने अवस्था नभएपछि संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाएको बताएका हुन् ।जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेकाले नयाँ सरकारले बजेट ल्याउनका लागि समय पुगोस् भनेर छिटो प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु गरेको उनको भनाई छ । वैकल्पिक सरकार बनाउन पनि नसक्ने र आफुलाई काम गर्न समेत नदिएको उनको विपक्षीप्रति आरोप छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 108 पटक पढिएको
  • विपक्षी गठबन्धनमा नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल

    काठमाडौं / विपक्षी गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनका लागि एमाले नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ ।एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्नेबित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो । विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल भइरहेको छ ।उक्त छलफलमा कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव र एमालेका माधव नेपाल सहभागी छन् । नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । र, जसपाको उपेन्द्र यादवको पक्

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 98 पटक पढिएको
  • जसपा ठाकुर पक्षका सांसदहरुको बैठक सुरु

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 93 पटक पढिएको
  • अन्य दलसँग छलफल गरी अघि बढ्ने कांग्रेसको निर्णय

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रम बारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो ।राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरित भएको निष्कर्ष निकाल्दै बैठकले संविधानको रक्षाका लागि अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।राष्ट्रपतिले संविधानको ध

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 102 पटक पढिएको
  • संविधान संशोधनका लागि कार्यदल बनाउन एमाले अध्यक्ष र जसपा अध्यक्ष बीच सहमति

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न सहमत भएका छन् । प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष बिच बसेको बैठकले कार्यदलका सदस्यको टुंगो लगाउने सहमति भएको छ । मधेशवादी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग उठाउदै आएका छन् ।ओलीले जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षको सबै माग पुरा गर्ने र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षले ओलीलाई साथ दिएर सरकार टिकाई राख्ने सहमति भएको बताईएको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 94 पटक पढिएको
  • संकटमा पुगेको सरकारद्वारा अध्यादेश जारी

    काठमाडौंं / राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो ।कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको छ ।राष्ट्रपत

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 150 पटक पढिएको
  • अव प्रधानमन्त्रीले विश्वासको मत नलिने

    काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् ।संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।सरकारका प्रवक्ता सञ्चार तथा सूचन

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 441 पटक पढिएको
  • बादलले दुवै पद एकै दिन गुमाए

    बिर्तामोड / आज नै सर्वोच अदालतको आदेशमा मन्त्रीपद गुमाएका एमालेका नयाँ नेता रामबहादुर थापा (बादल), काँग्रेस र माओवादी पक्षिय गठबन्धनका उमेरद्धार खिमलाल देवकोटासँग पराजित भएका छन् । देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 692 पटक पढिएको
  • बादललाई पछिपार्दै देवकोटा विजयको नजिक

    बिर्तामोड / आज भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानिय निकाय तर्फको मत गणना सकिएको छ । स्थानिय निकाय तर्फ गठबन्धनका साझा उमेरद्धार खिमलाल देवकोटाले नेकपा एमालेका उमेरद्धार रामबहादुर थापा (बादल)लाई पराजित गरेका छन् । देवकोटाले २३०४ मत ल्याउदा बादलको १४५४ मत मात्रै रहेको छ । आजमात्रै सर्वोच्चको अदालतको आदेशमा मन्त्रीपद गुमाएका बादलको पार्टी परिर्वतन आफ्नैलागि घातक हुने भएको छ । 

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 303 पटक पढिएको
  • पार्टीको निर्देशन विरुद्ध गतिविधि गर्नेप्रति एमाले गम्भीर

    काठमाडौँ / नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवार विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको स्थायी कमिटी बैठकमा उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ विरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो ।बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.