काठमाडौं— रास्वपाका सांसद अशोक चौधरीले लाखौँ नेपालीको रोजगारी, व्यवसायसँग जोडिएको सामाजिक सञ्जाललाई सरकारले धम्की शैलीमा बन्द गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरित काम गर्न खोजेको बताए । उनले भने, ‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको छ । लाखौँ नेपालीको रोजगारी, व्यवसाय डिजिटल प्लेटफमसँग गाँसिएको छ । तर सरकार धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्ने कुरा गर्छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने कुरामा कसैको कुनै असहमति छैन । सर्वोच्च अदालतले दिएको
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ। आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि सक्रिय गर्ने सरकारको नीति रहेको छ । नेपालमा भाइबर, टिकटक, विटकजस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् ।फेसबुक, ट्वीटर (एक्स), वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन् ।
काठमाडौं— फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातबाट सकिएको छ । यसबारे थप निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ ।दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।मन्त्रालय स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्कासँगै नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठकमा सहभागी छन् ।बैठकमा सामाजिक सञ्जाल निष्क्रियका लागि के कसरी र कुन प्रक्रिय
काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि, धुवाँ र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान थालेको छ । ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत प्रहरीले सहरवासीलाई ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह गरेको छ ।प्रहरीका अनुसार ध्वनि प्रदूषणका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै यस्तो अभियान सुरु गरिएको हो ।कार्यालयले पाँच मुख्य शीर्षकमा निर्देशन जारी गर्दै राति अनावश्यक आवाज नगर्ने, बिहानको शान्ति कायम राख्ने, गोपनीयतासम्बन्धी गतिविधिमा सचेत रहने, सामाजिकरधार्मिक कार्यक्रममा ध्वनि नियन्
काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोशिसमा जुट्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गर्दै यस्तो बताए हुन् । उनले लेखेका छन्,’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।
काठमाडौं— भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको ।संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को
काठमाडौं— दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो।आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो।
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए । उनले भने, ‘यो हलमा रहनुभएका कतिपय मान्छे जन्मिनु पनि भएको थिएन् होला । म पनि भर्खर चारपाँच वर्षको थिए होला । त्यो बेला बनेको कानून र नीति अहिलेसम्म छ । २०२४ सालभन्दा पछि नै जन्मिनु भएको धेरै हुनुहुन्छ होला । म ज
एजेन्सी— चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवम टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् । शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय पहुँचलाई प्रतिबिम्बित गर्ने पनि बताए । सम्मेलनको बारेमा टिप्पणी गर्दै, उनले सन् २००१ मा स्थापना भएदेखि चीनले सम्मेलनको अध्यक्षता ग्रहण गरेको यो पाँचौं पटक पनि बताए । ‘सांघाई सहयोग संगठन (एससिओ)एक व्यापक बहुपक्षीय संगठन हो । चीन र यसका सदस्य राष्ट्रहरू बीचको व्यापार अहिले ५१२ बिलि
काठमाडौं— नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले भदौ २४ गते विशेष साधारणसभा बोलाउने तयारी गरेपनि आन्तरिक विवादका कारण यसमा अन्योल सिर्जना भएको छ ।नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो ।तर, गोल्छा र चौधरी समूहबीचको लामो विवाद अझै समाधान नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि विशेष साधारणसभा रोकिएको छ । विवादको मुख्य कारण वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गर्ने र विधान संशोधन प्रक्रिया टुंगोमा नपुगेको भन्ने हो ।‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विषेश साधारण सभा रोकीपाउँ भनी यस कार्यालयमा भदौ १६ ग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.