प्रविधि

    Showing ८१-९० of ४७१ items.
  • ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताएका छन् ।सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिए । उनले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको बताए । उनले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए । ‘सेवाग्राहीलाई सहज बनाउनका लागि नगर प्र

    • प्रकाशित मितिः असार १, २०८३
    • २२६ पटक पढिएको
  • भ्रामक एसएमएसबाट सचेत रहन टेलिकमको आग्रह, ओटीपी र पासवर्ड कसैलाई नदिन चेतावनी

    काठमाडौं— नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गर्दै कनेक्ट आइपिएस् तथा विभिन्न बैंक र डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।कम्पनीका अनुसार ‘खाता निलम्बन भएको’, ‘सेवा अस्थायी रूपमा बन्द भएको’ वा ‘प्राविधिक समस्या देखिएको’ जस्ता भ्रामक सूचना पठाएर प्रयोगकर्तालाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गराउने प्रयास भइरहेको पाइएको छ।टेलिकमले यस्ता एसएमएस, फोन कल वा अपरिचित लिंकप्रति सचेत रहन तथा कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी पुष्टि गर्न आग्रह गरेको छ।

    • प्रकाशित मितिः असार १, २०८३
    • ४८६ पटक पढिएको
  • डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    काठमाडौं । नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।यो रणनीतिक साझेदारीले नेपालका शहरी क्षेत्रहरूमा विद्यमान फोहोर व्यवस्थापनको चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ । यस सहकार्यले परम्परागत र अव्यवस्थित फोहोर संकलन प्रक्रियालाई विस्थापित गरी एकीकृत डिजिटल फोहोर व्यवस्थापन प्रणाली स्थापना गर्न जोड दिनेछ ।सम्झौताको महत्त्वबारे प्रस्ट पार्दै लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर राना

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २०५ पटक पढिएको
  • नेपाल–भारत एआई सहकार्यमा जोड, प्रविधिमा आधारित आर्थिक सहयोग सुदृढ गर्नुपर्ने

    काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा उदीयमान प्रविधिहरूमा भारत–नेपाल साझेदारी एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ।कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो।दक्षिण एसियामै फुल स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणालीहरू निर्माण गर्ने अग्रणी कम्पनी सर्वम एआईका सह संस्थापक तथा सीईओ डा. प्रत्यूष कुमारले मुख्य सम्बोधन ग

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २६८ पटक पढिएको
  • नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

    काठमाडौं । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स एआई कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने सुझाव दिएका छन् ।नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री एनआईसीसीआईले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा अर्थतन्त्र, उद्योग र शासनलाई द्रुत रूपमा आकार दिँदै गएकाले नेपालजस्ता उदीयमान अर्थतन्त्रले एआईको प्रयोगमा ध्यान दिनुपर्ने औंल्याए । उदीयमान अर्थतन्त्रहरूले सार्वभौम एआई क्षमताहरू निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ३९१ पटक पढिएको
  • संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

    संखुवासभा— संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ५०३ पटक पढिएको
  • विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणसँग जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ ।अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै बजेट घोषणा हुनुअघि केही भन्सार नाकाबाट विद्युतीय गाडीको जाँचपास भएको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएको उल्लेख गर्दै त्यसमा अर्थमन्त्रीलाई अनावश्यक रूपमा जोडिएको दाबी गरेका छन् । उनका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुसम्म नपुगेका सवारीसाधनको समेत जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन सम

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • ५२८ पटक पढिएको
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय सुधार गर्नुपर्ने

    काठमाडौं— राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै शिक्षामन्त्री सस्मित पोख्रेलले उक्त विधेयक नेपालभरका सबै प्रयोगशालालाई नियमन गर्न नभई राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई मात्रै सञ्चालन तथा व्यवस्थापन गर्न ल्याइएको स्पष्ट पारे । उनले बाहिर यो विधेयकले देशका सबै प्रयोगशालालाई नियमन गर्ने भन्ने भ्रम रहेको उल्लेख गर्दै भने, ‘यो विशेष रूपमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई नियमन गर्न बनाइएको छुट्टै विधेयक हो। नेपालमा रहेका सबै

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ५१५ पटक पढिएको
  • ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल अध्यक्ष कार्की

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका विभिन्न एजेन्डा सरकार र प्रमुख राजनीतिक दलहरूले स्वीकार गर्न थालेको बताएका छन् ।बुधबार उर्जा क्षेत्रको विकासको लागि अबको इप्पान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले संस्थाले उठाउँदै आएका विषयहरू अहिले प्रमुख राजनीतिक दलहरूको घोषणापत्र, सरकारी नीति, कार्यक्रम तथा बजेटमा समावेश हुन सफल भएको दाबी गरे । उनले इप्पानको महत्व पछिल्लो समय बढ्दै गएको उल्लेख गर्दै संस्थाले ऊर्जा क्षेत्रका मुद्दाहरू प्रभावकारी रूपमा उठाएको बताए । ‘हामीले केही गर्यौं र केही गर्न सकेनौं भन्ने बहस हुनसक्छ । तर यदि हामीले यी व

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २७६ पटक पढिएको
  • भन्सार छलीको आशंकामा ७७४ विद्युतीय गाडी नियन्त्रणमा, अनुसन्धान जारी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भन्सार छली भएको आशंकापछि विशेष सुरक्षा अभियान सञ्चालन गर्दै गाडीहरू नियन्त्रणमा लिइएको हो।सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार जोमसोम, कुस्मा, हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। अधिकांश सवारी बीवाईडी ब्रान्डका रहेको बताइएको छ।भन्सार छलीसम्बन्धी उजुरी प्राप्त भएपछि निगरानी र गस्ती कडा पारिएको तथा सोही क्रममा गाडीहरू फेला पारिएको प्रवक्ता भट्टले जानकारी दिए। उनले कर छली भएको वा नभएको विषय अ

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ६५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.