प्रविधि

    Showing 71-80 of 308 items.
  • काठमाडौं–१४ मा सडक कटानले घरहरू जोखिममा, क्षति रोक्न प्रयास जारी

    काठमाडौं— काठमाडौं महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिक सडक कटान भएपछि सो क्षेत्रका केही घरहरू उच्च जोखिममा परेका छन्। स्थानीय खोला किनारबाट भएको कटानले सडक भासिँदा आसपासका संरचनामा क्षति पुग्ने सम्भावना देखिएको हो।काठमाडौं महानगरपालिकाका अनुसार शनिबार बिहान खोलाको छेउमा पहिरो जाँदा सडक भासिएको र त्यसले नजिकै रहेका बासिन्दाको घरहरू प्रभावित हुने खतरा बढेको छ। स्थिति नियन्त्रणमा लिन महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्ने प्रयास भइरहेको छ।“खोलाले कटान गर्दा सडक भासिएको छ। थप क्षति रोक्नका लागि बोरा र ग्राभेल प्रयोग गरेर तत्कालीन उपायहरू अपनाइएको छ,” महानगरले जा

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 415 पटक पढिएको
  • झरीका कारण आन्तरिक उडान ठप्प, अन्तर्राष्ट्रिय भने नियमित

    हेटौँडा— आज बिहानदेखि परेको पानीको कारण आन्तरिक तर्फको सबै उडान अहिले बन्द रहेको छ ।पानी परेको कारण आन्तरिक उडान अहिले बन्द भएको हो । भने, अन्तर्राष्ट्रिय तर्फको जहाज उडान भने नियमित भइरहेको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाको अनुसार अहिले २० मिनेटदेखि आन्तरिक तर्फको सबै उडान बन्द रहेको छ । बिहान आन्तरिक तर्फ सबैतिर उडान भएको उनले बताए ।उनले भने, आज बिहान सबैतिर आन्तरिक तर्फका जहाज उडेको थियो । अहिले पानी परेर जहाज उडेको छैन । अन्तर्राष्ट्रिय उडानमा केही समस्या छैन । मौसम सफा भएपछि आन्तरिक तर्फ जहाज उड्ने छन् ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 403 पटक पढिएको
  • नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा आन्तरिक हवाई भाडादर सार्वजनिक, कहाँ जान कति तिर्नु पर्छ ?

    काठमाडौं—  नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर तोकको छ। दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर तोकेको हो।सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ।यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।हेर्नुहोस् हवाई भाडा

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 566 पटक पढिएको
  • झापामा चट्याङ लाग्दा महिलाको मृत्यु

    झापा— झापाको बिर्तामोडमा आज बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।बिर्तामोड नगरपालिका–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान करिब ११ बजेतिर परेको वर्षासँगै अचानक चट्याङ परेको थियो। सो समयमा दिलकुमारी बाख्रा लिन  खेततर्फ गएकी दिलकुमारीलाई चट्याङ लागेको प्रहरीको भनाइ छ ।घटनापछि स्थानीयले उनलाई गम्भीर अवस्थामा उद्धार गरेर तुरुन्तै उपचारका लागि बिर्तासिटी अस्पतालतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 424 पटक पढिएको
  • ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यकः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए ।उनले सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टेसनलाई इलेक्ट्रिसिटीमा कन्भर्ट गर्नुछ । यसले पेट्रोल, डिजेलको आयात घटाउ

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 447 पटक पढिएको
  • ३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ ।प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले भएको हो ।प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ । प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजन

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 407 पटक पढिएको
  • चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प

    काठमाडौं— चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् ।क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 413 पटक पढिएको
  • नव निर्वाचित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री खरेल भन्छन युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौं

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् । शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए । उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँमात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरुको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’उनले विरामीहरुसँग कुरा गर्दै बिरा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 504 पटक पढिएको
  • विद्युत् उत्पादन कम्पनीमा कर्मचारीको ताला, दुई बुँदे मागसहित आन्दोलनको चेतावनी

    काठमाडौं— वृत्तिविकास लगायतका मागहरू अघि सार्दै विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियूसियल) का कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन्। व्यवस्थापनले मागहरू बेवास्ता गरेको भन्दै उनीहरूले कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन्।नेपाल राष्ट्रिय कर्मचारी संगठन (ट्रेड युनियन) ले कम्पनी व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै, आफ्ना दुई प्रमुख माग तुरुन्त सम्बोधन नगरे आन्दोलन थप चर्किने चेतावनी दिएको छ। युनियनले कम्पनीको मुख्य गेटमा ताला लगाएर कार्यालय पूर्णरूपमा बन्द गरेका छन्।कर्मचारीहरूका अनुसार तह ११ सम्मका करार कर्मचारीहरूको कार्यसम्बन्धी मूल्यांकन मनोमानी ढंगले बनाइएको छ। यसले स्वीकृत कार्य विवरण

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 490 पटक पढिएको
  • दशैँ–तिहारमा हवाई भाडा दोब्बरले बढेपछि, सेवा प्रदायकलाई नबढाउन प्राधिकरणको आग्रह

    काठमाडौं— सरकारले दशैँ, तिहार लगायतका चाडपर्वहरूमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रवार कुरा गर्दै चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन्। उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखी सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन सम्बद्ध सबै पक्षलाई भनिएको जानकारी दिए।सूचना अधिकारी भुलले हवाई सेवा कम्पनीहरूलाई बोलाएर कम्तीमा अधिकतम भाडादरको टिकट नबेच्न र त्यसभन्दा एकरदुई क्लास तल्लो भाडादर  मा टिकट बेचिदिन आग्रह गर

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 479 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा