झापा— झापाको बिर्तामोडमा आज बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।बिर्तामोड नगरपालिका–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आज बिहान करिब ११ बजेतिर परेको वर्षासँगै अचानक चट्याङ परेको थियो। सो समयमा दिलकुमारी बाख्रा लिन खेततर्फ गएकी दिलकुमारीलाई चट्याङ लागेको प्रहरीको भनाइ छ ।घटनापछि स्थानीयले उनलाई गम्भीर अवस्थामा उद्धार गरेर तुरुन्तै उपचारका लागि बिर्तासिटी अस्पतालतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले देशभर ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए ।उनले सार्वजनिक यातायातदेखि निजी सवारी साधनसम्म सबैलाई विद्युतीय माध्यममा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले भने, ‘देशभर पब्लिक र प्राइभेट ट्रान्सपोर्टेसनलाई इलेक्ट्रिसिटीमा कन्भर्ट गर्नुछ । यसले पेट्रोल, डिजेलको आयात घटाउ
काठमाडौं— नेपाल विद्युत प्राधिकरणले महिनौंदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) पुनः सुरु गरेको छ ।प्राधिकरणले ३५५ मेगावाट क्षमताका २४ सोलार परियोजनाको पीपीए गरेको हो । यसअघि तत्कालनी उर्जामन्त्री दिपक खड्का र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रोकेको पीपीए अहिले भएको हो ।प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ । प्राधिकरणका अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजना १८ महिनाभित्र र १० मेगावाटभन्दा माथिका आयोजन
काठमाडौं— चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् ।क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेका छन् । शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए । उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँमात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरुको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’ उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’उनले विरामीहरुसँग कुरा गर्दै बिरा
काठमाडौं— वृत्तिविकास लगायतका मागहरू अघि सार्दै विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियूसियल) का कर्मचारीहरूले कार्यालयमा ताला लगाएका छन्। व्यवस्थापनले मागहरू बेवास्ता गरेको भन्दै उनीहरूले कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन्।नेपाल राष्ट्रिय कर्मचारी संगठन (ट्रेड युनियन) ले कम्पनी व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै, आफ्ना दुई प्रमुख माग तुरुन्त सम्बोधन नगरे आन्दोलन थप चर्किने चेतावनी दिएको छ। युनियनले कम्पनीको मुख्य गेटमा ताला लगाएर कार्यालय पूर्णरूपमा बन्द गरेका छन्।कर्मचारीहरूका अनुसार तह ११ सम्मका करार कर्मचारीहरूको कार्यसम्बन्धी मूल्यांकन मनोमानी ढंगले बनाइएको छ। यसले स्वीकृत कार्य विवरण
काठमाडौं— सरकारले दशैँ, तिहार लगायतका चाडपर्वहरूमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रवार कुरा गर्दै चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन्। उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखी सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन सम्बद्ध सबै पक्षलाई भनिएको जानकारी दिए।सूचना अधिकारी भुलले हवाई सेवा कम्पनीहरूलाई बोलाएर कम्तीमा अधिकतम भाडादरको टिकट नबेच्न र त्यसभन्दा एकरदुई क्लास तल्लो भाडादर मा टिकट बेचिदिन आग्रह गर
काठमाडौं— आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदैछ । सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् । यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो ।छ।
बाजुरा— बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली तथा वडा नम्बर २ का विभिन्न गाउँहरूमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।थुप डाँडामा निर्माण गरिएको नयाँ टेलिकम टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री तथा विद्युत आपूर्ति प्रणाली जडान भएपछि सेवा सञ्चालनमा ल्याइएको हो । फोरजी सेवा सञ्चालनमा आएपश्चात् सञ्चार क्षेत्रमा ठूलो सहयोग पुगेको माडीका स्थानीय जनक बोहराले बताए । अहिले गाउँमा नियमित फोन र फोरजी सेवा सञ्चालन हुँदा स्थानीयलाई टाढाटाढा रहेका आफ्ना आफन्तजनहरुसंग कुराकानी गर्न सहज भएको बोहराले बताए ।भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण सेव
एजेन्सी— चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो ।जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डिजाइन गरिएको हो । यो नयाँ प्रणालीले सवारी साधनको प्राविधिक र कार्यसम्पादन थ्रेसहोल्ड मापन गर्दछ र तीन तहमा संरचित छ । प्रत्येक तहले उत्पादन स्थिति, अनुसन्धान र विकास लगानीको तीव्रतासँग मेल खान्छ ।सुरक्षा परीक्षणमा दुई प्राविधिक रोडम्यापहरू मार्फत आगामी पाँच वर्षको लागि अनुसन्धान र विकास प्राथमिकताहरू एवम
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.