पत्रपत्रिका

    Showing ८८१-८९० of १,२६७ items.
  • धरहरा उद्घाटनमा हतारो

    बिर्तामोड (नागरीक दैनिकबाट) ठेकेदार कम्पनीका अनुसार धरहरा निर्माणको सम्पूर्ण काम सकिन अझै एक वर्ष लाग्छ। तर सरकार अहिले नै उद्घाटन गर्ने हतारोमा देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार धरहरा निर्माणमा अहिले दिनहुँ बिहानैदेखि रातिसम्म ३ सय हाराहारी कामदार खटिएका छन्।  प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने भनेपछि ठेकेदार कम्पनीले धरहराको भवन स्तम्भको काम सम्पन्न गर्ने तयारी गरेको छ। तर बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनी रमण निर्माणका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए। उनका अनुसार ११ गते उद्घाटन गर्नुपर्

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • १५७ पटक पढिएको
  • तामाकोसी–५ निर्माणको तयारी

    बिर्तामोड (गोरखापत्र दैनिकबाट ) माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ ।दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९।५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु(याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • १६० पटक पढिएको
  • मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

    बिर्तामोड (गोरखापत्र दैनिकबाट )मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ ।यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले जनाएको छ । जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिनुुभयो ।उहाँले भन्नुभयो, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा म

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • १५१ पटक पढिएको
  • सामुदायिक वनका उपभोक्तालाई बीमा सुविधा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) सामुदायिक वनका उपभोक्ताले डढेलो र जनावरबाट आक्रमणबापत बीमा सुविधा पाउने भएका छन् ।नेपालको नमुनाका रूपमा रहेको २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहसँग आबद्ध रहेका डेढ करोड उपभोक्ताले बीमाको सुविधा पाउने भएका हुन् । यो सङ्ख्या भनेको नेपालको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्या हो । यीमध्ये ११ सयवटा सामुदायिक वन महिलाको स्वामित्वमा रहेका छन् ।वन संरक्षण गरेर विश्व र देशकै वातावरण संरक्षणमा टेवा पु(याएर योगदान दिइरहेका उपभोक्ताको जीवन रक्षा र उपचारका लागि बीमा कार्यक्रम लागू गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १६९ पटक पढिएको
  • भारतबाट मल ल्याउन सम्झौताको तयारी

    बिर्तामोड  (गोरखापत्र दैनिकबाट) कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी ९सरकार–सरकार० सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ ।सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको कृषि मन्त्रालयका सचिव डा।योगेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, भारतसँग पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन गइरहेको छ, यो सम्झौता भएपछि पाँच वर्षका लागि रासायनिक मलको समस्या हट्ने विश्वास हामीले लिएका छौँ ।सुरुको वर्ष दुई लाख माग गर्ने त्यसपछि वर्षैपिच्छे बढाउँदै जाने र पाँच लाख मेट्रिक टनसम्म मल भारतबाट ल्याउने सम्झौता हुन गइरहेको उहाँले बताउनुभयो

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १५२ पटक पढिएको
  • फेरि महँगियो खाने तेल : वाणिज्य विभाग बेखबर

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो ।नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ । सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमास

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • २२८ पटक पढिएको
  • ६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन, कुल लक्ष्यको ६७.९६ प्रतिशत

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो ।सरकारले चालू आव २०७७-७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।सरकारले आइतबारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ७० प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब ४० अर्ब २५ करोड ४१ लाख उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गैरकरतर्फ भने ४७।९२ प्र

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १६४ पटक पढिएको
  • आठ लाख भूमिहीन

    बिर्तामोड (राजधानी दैनिकबाट) देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ ।सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ हजार ५ सय २ रहेको छ ।आयोगले सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट भूमिहीनको तथ्यांक संकलन गरेको थियो । जसअनुसार सातवटै प्रदेशका ७७ जिल्लाका २ सय ८७ स्थानीय तहबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको जम्मा संख्या

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १६५ पटक पढिएको
  • कोरोनाको नयाँ भेरियन्ट : एकै दिन हजार बढी संक्रमित

    बिर्तामोड ( राजधानी दैनिकबाट) केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ३

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १६९ पटक पढिएको
  • उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

    बिर्तामोड (राजधानी दैनिकबाट) निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन थालेको छ ।उपनिर्वाचनको तयारी र मितिका विषयमा आयोगले सरकारसँगसमेत अनौपचारिक छलफल र संवाद गर्दै आएको छ । आयोगले हालसम्म राष्ट्रिय सभातर्फ दुई, प्रतिनिधिसभातर्फ चार तथा प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ४८ पद रिक्त रहेको बारे जानकारी प्राप्त भएको भनेको छ ।आयोगलाई सबैभन्दा सहज राष्ट्रिय सभाको उपनिर्वाचनका लागि छ । कानुनअनुसार आयोगल

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १५२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.