पत्रपत्रिका

    Showing 881-890 of 1,254 items.
  • निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

    बिर्ताानेड ( आर्थिक अभियान दैनिकबाट )पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी(तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् ।मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव २५ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म ब्

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 104 पटक पढिएको
  • पश्चिममा प्रहरीको अनिवार्य माक्स अभियान

    बिर्तामोड (नागरीक दैनिकबाट) तपाईं पश्चिम क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ, यदी हुनुहुन्छ भने अनिवार्य माक्स लगाउनूस्। नत्र प्रहरीले समाउला१ पछिल्लो समय पश्चिम क्षेत्रका केही जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि प्रहरीले अनिवार्य माक्स अभियान सञ्चालन गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो।कोरोना भाइरस नियन्त्रण बाहिर जान थालेको बाँके, दाङ, सुर्खेत, रुपन्देही, कैलालीलगायतका प्रहरीले अनिवार्य माक्स अभियान चलाएका छन् । माक्स लगाउँदा मात्र पनि कोरोना भाइरस संक्रमण फैलिन सहयोग पुग्ने भन्दै प्रहरीले अनिवाय माक्स अभियान स

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 123 पटक पढिएको
  • गण्डकीका मुख्यमन्त्री बिलखबन्दमा

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेपछि बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको उखान सापटी लिँदै भने, ‘काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा आएर खाँबो चिथोर्छ ।’ अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै संसद् अधिवेशन अन्त्य गराएर अहिले उनी ‘माथि’ का नेतासँग छलफल चलाउन काठमाडौं छन् ।वाग्मती प्रदेशमा तत्कालीन नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री गुरुङले गत पुसमा संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहनुपर्ने बताएका थिए । नेकपा एकतापूर्वको अवस्थामा फर्किएर माओवा

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 105 पटक पढिएको
  • तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा, सरकार बेखबर

    बिर्तामोड ( नेपाल समाचारपत्र) दैनिकबाट  छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । बितेको २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ६ सय ९२ पुगेको बताइएको छ ।भारतको राजधानी दिल्लीमा मात्रै बितेको २४ घण्टामा कोरोनाको २४ हजार नयाँ केस थपिएसँगै दिल्लीमा अक्सिजन र रेमडेसिभिरको कमी हुन थालेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले शनिबार कोरोना संक्रमितको संख्या काबुभन्दा बाहिर पुगेकाले आईसीयू बेडसमेत अपुग भइरहेको जानकारी दिँदै तत्काल अक्सिजन, बेड र कोरोनाको औषधिका लागि केन्द्र सरकारसँग सहयोग मागेको छ ।उता मध्यप्रदेशको हालत पनि नाजुक छ । बितेको २४ घन

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 100 पटक पढिएको
  • एचआईभी पीडितलाई चिन्ता

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उहाँमा छ ।विगत दस वर्षदेखि एचआईभीरएड्सबाट प्रभावितबीच काम गरिरहनुभएकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो । महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाक

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 111 पटक पढिएको
  • एमसीसी सदनमा प्रस्तुत गर्ने सहमति

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डाक्नुभएको सर्वदलीय बैठकमा कोरोनाको दोस्रो लहर नियन्त्रण, सङ्घ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन र करिब दुई वर्षदेखि सदनमा थन्किएको एमसीसीका विषयमा गम्भीर छलफलपछि केही महत्वपूर्ण विषयमा सहमति जुटेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ७ गतेअघि नै कार्यव्यवस्था समितिको बैठक राखेर एमसीसीलगायत प्रस्ताव सदनमा ल्याउन सहमति जुटेको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सर्वदलीयबैठकले सरकारको प्रस्ताव स्वेच्छाचारी ढङ्गले सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको छ ।दुई वर

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 113 पटक पढिएको
  • असंवैधानिक कदमविरुद्ध मतदान : कांग्रेस

    बिर्तामोड (नागरीक दैनिकबाट) नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकारको असंवैधानिक र प्रतिगमनका विरुद्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेको जनाएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले पनि असंवैधानिक र प्रतिगमनविरुद्ध माओवादीसँग मिलेर जाने निर्णय गरेको थियो। सोहीअनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद् विघटन गर्दा नेपाली कांग्रेसले देशभरि त्यसको विरुद्धमा विरोध गरेको स्मरण गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले भने,

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 201 पटक पढिएको
  • ‘बाँस्कोटालाई लेखा सदस्य बनाइनु गलत’

    बिर्तामोड ( नागरीक दैनिकबाट) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य तोकिनु गलत भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेसनल९टीआई० नेपालले आग्रह गरेको छ।  सत्तारुढ दल नेकपा एमाले संसदीय दलको सिफारिसमा प्रतिनिधिसभा सदस्य रहेका बाँस्कोटालाई लेखा समितिको सदस्य तोकेको हो। बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित हुन्। सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बास्कोटाले ७० करोड रूपैयाँ घुस मागेको ‘अडियो टेप’ प्रकरणको छिनोफानो भइनसकेको भन्दै टिआईले आपत्ति जनाएको हो। &nbs

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 98 पटक पढिएको
  • जसपामा सांसदको गणना सुरु

    बिर्तामोड ( नागरीक दैनिकबाट) जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो । जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्व

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 132 पटक पढिएको
  • लम्बिँदै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

    बिर्तामोड ( नागरीक दैनिकबाट) सर्वोच्च अदालतले आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा दोस्रोपटक निर्णय सुनाउने (निसु) मिति सार्न आदेश गरेको छ। शर्माको मुद्दामा चैत १९ मा फैसला सुनाउने मिति पहिला नै तोकिएको थियो। त्यस दिन निर्णय दिन नसकेपछि बिहीबार दोस्रोपटक पनि निर्णय सुनाउने मिति सारिएको हो। २०७२ सालमा दर्ता भएको पुनरवलोकन निवेदनको फैसला अझै पनि हुन सकेको छैन। सर्वोच्च अदालतमा सुनुवाइको पालो नपाउँदा ‘हाइप्रोफाइल’ का भष्टाचारसम्बन्धी मुद्दा लम्बिँदै गएका हुन्।  श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका तत्कालीन प्रमु

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा