पत्रपत्रिका

    Showing 801-810 of 1,241 items.
  • करीब ८ करोड खराब कर्जा उठाएको स्वरोजगार लघुवित्तको नाफा ९१.६९ % वृद्धि

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ११ करोड २६ लाख ५३ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यस अवधिसम्म रू। ५ करोड ८७ लाख ६७ हजार थियो । कम्पनीले मंगलवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यसवर्ष खुद नाफा ९१ दशमलव ६९ प्रतिशत बढी भएको हो । यसवर्ष कम्पनीले रू. ७ करोड ८७ लाख २० हजार खराब कर्जा उठाएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ५१ लाख खराब कर्जा उठाएको थियो । खराब कर्जा संकलन बढेसँगै यसवर्ष कम्पनीको खुद ब्याज आम्दानी ३७ दशमलव ५४ प्रतिशत बढी भएको छ ।सञ्चालन नाफा गत

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 38 पटक पढिएको
  • माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

    बिर्तामोड (राजधानी दैनिकबाट) सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत कार्य गरेको भन्दै माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहितका नेतालाई ‘तपाईंलाई संघीय संसद्को पदबाट किन नहटाउने रु’ भन्ने पत्रसहितको स्पष्टीकरण सोधेका थिए । त्यसविरुद्ध नेपालसहितका नेता सर्वोच्च पुगेका थिए ।पार्टी अध्यक्ष ओलीले ‘आफूहरूलाई सांसद पदबाटसमेत कारबाही गर्न लागेको’ भन्दै

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 35 पटक पढिएको
  • खोपले मात्रै जोगाउँदैन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरूले बताउँदै आउनुभएको छ ।खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानील

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 38 पटक पढिएको
  • उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट ) कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कोरोना महामारी नियन्त्रण गर्न सङ्क्रमण बढी भएका ठाउँहरूमा सङ्क्रमितको सङ्ख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले उपत्यकालगायत सहरी क्षेत्रमा पाँच सयभन्दा बढी सङ्क्रमित भएको अवस्थामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । पहाडी र ह

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 73 पटक पढिएको
  • न बेड पाइन्छ, न एम्बुलेन्स

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए ।‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो ।अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्न

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 40 पटक पढिएको
  • संक्रमणसँगै मृत्युदर पनि उच्च

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीले बताए । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा एकै दिन २८ जनाको मृत्यु हुनु जटिल अवस्था निम्तिसकेको संकेत हो,’ उनले भने, ‘बढ्दो मृत्युदरले ब

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 52 पटक पढिएको
  • स्वास्थ्य अधिकारी भन्छन्–‘अब स्वास्थ्य पूर्वाधारले थेग्दैन’

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि जनाएको छ ।उच्च स्रोतका अनुसार मन्त्रालयले चैतदेखि नै विद्यालय बन्द गरेर भीडभाड हुने सम्पूर्ण कार्य बन्द गर्न सिफारिस गरे पनि सरकारले यथोचित निर्णय नगर्दा स्थिति भयावह बन्दै गएको हो । ‘हामीले विद्यालय नखोलौं, भारतबाट आउने विमानलाई रोकौं, स्थलमार्गबाट पनि भारतीयको प्रवेश रोकौं, जात्राहरू हुन नदिऊँ भनेका थियौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर हाम्रो कुरा कसैले सुनेनन् । अब अहिले अवस

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 55 पटक पढिएको
  • एमाले एक्सनः सरकारविरुद्ध लागे सिधै कारबाही

    बिर्तामोड (राजधानी दैनिकबाट) सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्ने भन्ने अनुमानसहित केन्द्री

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 45 पटक पढिएको
  • बजेटमा महासङ्घको सुझाव : सहुलियत कम्तीमा दुई वर्ष थप्नुपर्ने

     बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) कोरोनाबाट प्रभावित व्यवसायलाई सरकारले घोषणा गरेका सबै किसिमका सहुलियत कम्तीमा दुई वर्ष थप्न नेपाल उद्योग वाणिज्य महासङ्घले सुझाव दिएको छ । आइतबार महासङ्घको सचिवालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आर्थिक वर्ष २०७८्७९ का लागि सुझाव पेस गर्दै सरकारले गत वर्ष घोषणा गरेका बैङ्किङ्सहित सम्पूर्ण सहुलियतलाई दुई वर्षसम्म निरन्तरता दिनुपर्ने माग राखेको हो ।कर्जाको पुनर्तालिकीकरण र पुनर्संचरनाको अवधि पनि एक वर्ष थप्नुपर्ने सुझाव महासङ्घले दिएको छ । लघु, घरेलु र साना व्यवसायीलाई व्यवसाय निरन्तरता कर्जा लिन कठिन भइरहेकाले प्रक्रिया सरलीकरण

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 51 पटक पढिएको
  • सरकारी भवन निर्माणले गति लिँदै

     बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका छन् ।त्यसैगरी ललितपुरको भैँसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । ललितपुरकै गोदावरीमा तीन हजार व्यक्ति क्षमताको सभाहल निर्माण भइरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्री तथा

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 44 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा