बिर्तामोड (कान्तिपुर दैनिकबाट )कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् । कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने क्रममा स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गरिरहेका हुन् ।


OM Sai Pathibhara Hospital

तौलिहवास्थित जिल्ला अस्पतालमा बेड अभाव भएपछि भुईंमै राखेर कोरोना संक्रमितको उपचार गरिँदै । अस्पतालमा पीपीई, मास्क, ग्लोब्स, फेससिल्ड र सेनिटाइजर अभाव हुँदा स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्न बाध्य भएका छन् ।

अस्पतालको आम्दानी कम भएको र कतैबाट कुनै सहयोग नमिलेकाले स्वास्थ्यकर्मीले एकपटक लगाएको पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गर्न बाध्य भएका जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। किशोर बन्जाडेले गुनासो गरे । सुरक्षाका दृष्टिकोणले भने एक पटक लगाएको पीपीई र मास्क अर्को पटक लगाउन मिल्दैन । तर, अभाव भएकाले जोखिम लिएर लगाउनुपरेको बन्जाडेको भनाइ छ । त्यति मात्र होइन, जिल्लामा ग्लोब्स, फेस सिल्ड र सेनिटाइजरको पनि अभाव छ ।

१२ घण्टाको एक सिफ्टमा पीसीआर ल्याबमा ४, कोभिड अस्पतालमा १०, इमर्जेन्सीमा १०, आईसीयूमा ६ र गाइनोमा ६ गरी ३६ वटा पीपीई र मास्क सेट चाहिन्छ । २४ घण्टामा ७२ वटा चाहिन्छ । त्यति नै संख्यामा मास्क, ग्लोब्स र फेस सिल्ड चाहिन्छ । एउटा पीपीईको हजारदेखि २ हजार रुपैयाँ पर्छ । ‘पीपीई नहुँदा दुई दिनदेखि एउटैलाई धोएर सुकाएर लगाइरहेको छु,’ अस्थायी कोभिड अस्पतालमा कार्यरत एक नर्सले भनिन्, ‘यस्तो लापरबाहीले हामी कसरी सुरक्षित हुन सक्छौं रु’ आफू सुरक्षित भए मात्रै अरूको उपचार गर्न सकिने उनले बताइन् । ‘युद्धमा पठाउने तर हतियार नदिने । यसरी कसरी युद्ध जित्न सकिन्छ रु,’ उनले भनिन् ।

चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा रहेको अस्थार्यी कोभिड अस्पतालमा १८ जना र कपिलवस्तु अस्पतालको इमर्जेन्सी र बरन्डामा २५ जना कोरोनाका बिरामी तथा आईसीयू वार्डमा ८ जना अन्य बिरामी छन् । संक्रमितलाई बेड अभाव भएपछि भुइँमा राखेर उपचार गरिएको छ । बन्जाडेका अनुसार औषधि र अक्सिजन सपोर्ट चाहिएका बिरामी मात्र अस्पतालमा राखिएको छ । संक्रमणका बिरामी राख्ने ठाउँ नहँॅदा समस्या भइरहेको अस्पतालका मेडिकल अधिकृत डा। गणेश क्षत्रीले बताए ।

‘बरन्डा पनि भरिएको छ,’ उनले भने, ‘हिँडडुल गर्न पनि गाह्रो हुन थालेको छ ।’ अहिले यहाँ दैनिक ४० वटा अक्सिजनका सिलिन्डर खपत भइरहेको छ । दिनदिनै अक्सिजन बुटवलबाट भरेर ल्याउनुपर्छ । ‘एक पटकको खर्च ५०र६० हजार पुग्छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। बन्जाडेले भने, ‘अहिलेसम्म मैले जिम्मा लिएर ल्याएको छु ।’ उनका अनुसार अक्सिजन सप्लायर्सलाई करिब साढे ३ लाख तिर्न बाँकी छ । स्रोत नजुटे आफ्नो घरखेत बेचेर तिर्नुपर्ने भएकाले अब जिम्मा लिन सक्ने अवस्थामा नरहेको बन्जाडेले बताए ।

प्रदेश सरकारद्वारा बेवास्ता

अस्पतालमा जनशक्तिको पनि उस्तै अभाव छ । ओपीडी बन्द गरिएको छ । इमर्जेन्सीमा दाँत र आँखाका डाक्टर खटाइएको छ । एउटा अस्पतालको जनशक्तिले दुइटा चलाउनुपरेको छ । अहिले अस्पताललाई १० डाक्टर र २० नर्सिङ स्टाफ अति आवश्यक भएको डा। बन्जाडेले बताए । त्यस्तै ८ जना ल्याब र २० बढी सफाइ र सुरक्षाकर्मीको आवश्यकता छ ।

प्रदेश सरकारले पनि अस्पताललाई बेवास्ता गरेको छ । ‘बेलझुन्डी, बुटवल र भीम अस्पताललाई मात्रै पर्याप्त बजेट दिन्छ,’ डा। बन्जाडेले भने, ‘बल्लतल्ल यो अस्पताललाई साताअघि प्रदेश सरकारले २५ लाख दिने निर्णय गर्‍यो ।’ तर, उक्त रकमबाट तत्काल काम नहुने उनले बताए । अक्सिजन र त्यसको पाइप बिछ्याउन बजेट दिइएको छ । त्यसका लागि टेन्डर निकाल्नु पर्छ । ‘अहिले अति आवश्यक छ,’ उनले भने, ‘कहिले टेन्डर निकाल्ने हो, कहिले जोड्ने हो रु लगनपछिको पोते के काम ?’

जिल्लाका सबै ठाउँबाट उपचारका लागि बिरामी यहाँ आउँछन् । तर, कपिलवस्तु नगरपालिकाबाहेक कसैले सोधेका पनि छैनन् । अघिल्लो वर्ष जेठमा यहाँका स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा ६र६ लाख दिने निर्णय भएको थियो । अहिलेसम्म कसैले दिएका छैनन् । साधन स्रोत कम भएकाले उपचारलाई प्रभावकारी बनाउन धौधौ भइरहेको डा। क्षत्रीले बताए । ‘हाम्रो कुरा सुन्दैनन्,’ उनले भने, ‘त्यही भएर नागरिक समाज, अधिकारकर्मी र सरोकारवालासँग हारगुहार गरेका छौं ।’