काठमाडौं— आज मंगलबार प्रर्दशन गरिने भनिएको चलचित्र ‘लालीबजार’ रोकिएको छ ।  उक्त चलचित्र उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएसँगै  प्रर्दशन रोकिएको हो।

प्रदर्शनको तीन दिनअघि अदालतले प्रदर्शन रोक्न भनेपछि निर्माण टिम अन्योलमा परेको थियो । निर्माण पक्षले मंगलबार साँझ साढे ५ बजे प्रिमियर शो आयोजना गरेको थियो । तर अदालतले दिएको आदेशसँगै उक्त शो स्थगित गरिएको निर्माण पक्षले बताएको छ ।

“अदालतले सार्वजनिक प्रदर्शन नगर्नु भनेपछि हामी खदालतको आदेशलाई सम्मान गर्छौं,” लालीबजारका कार्यकारी निर्माता प्रदीप भट्टराईले भने, “अदालतको सम्मान गर्दै आजको प्रिमियर स्थगित गरेका छौँ ।”

उनका अनुसार बादी समुदायका करिब १२ जनालाई यो सिनेमा देखाइएको थियो । कार्यकारी निर्माता भट्टराईका अनुसार सिनेमा हेर्नेले सकारात्मक भनेका थिए ।