पत्रपत्रिका

    Showing 671-680 of 1,254 items.
  • कर्णाली नदी गाउँमा पस्ने खतरा

     कैलाली (अन्नपूर्ण पोस्ट् दैनिकबाट )। लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ। टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो।स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको रोक्कामगरले बताए।‘एक महिना अघिदेखि नै कटान गरिरहेको ठाउँमा ठूलो ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहेपनि कर्णाली नदीमा पानीको सतह बढ्दै गएको हुनाले तटबन्ध भत्किरहेको छ’ उनले

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 134 पटक पढिएको
  • फेरि अध्यक्ष बन्ने ओलीको संकेत

     काठमाडौं (नागरिक दैनिकबाट )। एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले आउँदो मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेलगत्तै ओलीको यस्तो धारणा आएको हो।एमाले नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि र तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले एउटै कक्षा दोहोर्‍याएर नपढ्ने पटकपटक बताएका थिए। तर बुधबार आयोजित पत्रकार सम्मेलनमा उ

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 109 पटक पढिएको
  • रु ४६ अर्ब बढी लगानीका ४६९ ठेक्का हस्तान्तरण हुन बाँकी

     काठमाडौं (आर्थिक अभियान दैनिक बाट )। मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि पनि प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण हुने भनिएका अर्बौं लगानीका सडकका ठेक्काहरू अलपत्र परेका छन् । राजनीतिक नेतृत्वले इच्छाशक्ति नदेखाउँदा र प्रदेश र स्थानीय सरकारले पनि स्वामित्व लिन नचाहेपछि अहिले रू ४६ अर्ब ६४ करोड लगानीका ४६९ ओटा ठेक्काहरू अलपत्र भएका हुन् ।महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै जाने कुल ठेक्का संख्या १ हजार १८१ छन् । २०७२/७३ देखि २०७५/७६ सम्ममा यी ठेक्का हस्तान्तरण गर्ने निर्णय भएको थियो । तर, हालसम्म जम्मा ६०५ ओटा ठेक्का मात्रै हस्तान

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 116 पटक पढिएको
  • बीपी प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित

     धरान (आर्थिक अभियान दैनिकबाट )। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार अभियान अन्तर्गत देशैभर भइरहेको आन्दोलन टुंगोमा पुग्न सकेको छैन । विगत ७० दिनदेखि चलिरहेको आन्दोलन रोक्न पटक पटक कार्यदल बनाइए पनि सुधारका ठोस योजना आउन नसकेपछि प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी पुनः सडक संघर्षमा उत्रिएका छन् ।आन्दोलनका क्रममा चारपटक विभिन्न कार्यदल तथा आयोगहरूले अध्ययन तथा अनुसन्धान गरिसकेका छन् । तर कार्यदल तथा आयोगले बुझाएका कुनै प्रतिवेदनहरू कार्यान्यवनमा नआउँदा सरकारप्रति नै प्रश्न उठेको छ । असार १ गतेदेखि शुरू भएको आन्दोलनले प्रतिष्ठानका प्रमुख चार पदाधिकारीको पद समेत संकटमा परेको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 113 पटक पढिएको
  • माधव र महन्थको पार्टीले मान्यता पायो

     काठमाडौं   (राजधानी दैनिकबाट)। प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राजनीतिक दलको मान्यता पाएको छ ।निर्वाचन आयोगको बुधबार राति बसेको बैठकले दुवै दलले कानुनअनुसार दल दर्ताका लागि प्रक्रिया पु¥याएपछि दर्ता गर्ने निर्णय गर्दै दल दर्ताको आधिकारिक प्रमाणपत्र दिएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले प्रस्तावित दुवै दललाई कानुनी आधारसहितका प्रक्रिया पु¥याएर दलको मान्यता प्रदान गरेको जानकारी दिए ।‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 137 पटक पढिएको
  • सम्पत्ति विवरणः गण्डकी प्रदेशमा अर्बपति मन्त्री

    पोखरा  (राजधानी दैनिकबाट )। गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 111 पटक पढिएको
  • काठमाडौं शहर फोहरले दुर्गन्धित बन्दै

     काठमाडौं (राजधानी दैनिकबाट )। नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ ।गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत लागेको छ ।सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर, सो योजना अहिलेसम्म पनि अधुरै रहेको छ ।केपी ओली नेतृत्व

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 116 पटक पढिएको
  • ऋणको भरमा चल्दै सामाजिक सुरक्षा कोष

    काठमाडौं  (अभियान दैनिकबाट )। विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापन भइसके पनि स्रोतको सुनिश्चितता हुन नसक्दा ऋणको साहारा लिनुपरेको हो ।योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २६ बमोजिम कोषको स्थापना तथा कर्मचारी व्यवस्थापन भइसकेको छ । तर, लामो समयसम्म कर्मचारीको पारिश्रमिक तथा सुविधा र कार्यालय सञ्चालनसम्बन्धी खर्च बेहोर्ने स्रोतको व्यवस्था हुन सकेको छैन ।स्रोतको व्यवस्था हुन नसकेकै का

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 110 पटक पढिएको
  • महाधिवेशनबारे कांग्रेस संस्थापन इतर पक्ष दोधारमा

     काठमाडौं  (नागरिक दैनिकबाट )। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन गर्न गठन भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको पूरक समितिको प्रतिवेदन सोमबार साँझ बुझे। सिटौला समितिले प्रतिवेदन बुझाएसँगै कांग्रेसभित्र डेढ वर्षदेखि जारी सदस्यता विवाद टुंगो लागेको छ। विवाद सुल्झन नसकेका आधा दर्जन निर्वाचन क्षेत्र र केही वडामा १३औं महाधिवेशनअघिकै क्रियाशील सदस्यताका आधारमा आगामी अधिवेशन गर्नेगरी विवाद समाधान समितिले टुंगो लगाएको हो।सदस्यताको टुंगो लागेसँगै मंसिरका लागि पछिल्लो पटक तय भएको कांग्रेसको १४औं महाधिवेशन सुनिश्चित भएको आम

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 123 पटक पढिएको
  • डेढ महिना पुग्नै लाग्दा पनि देउवा सरकार अधुरै

     काठमाडौं ( राजधानी दैनिकबाट )। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले सोही दिन आफ्नो पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई शपथ दिलाएर पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गरेपछि पुनः एक जना स्वास्थ्यमन्त्रीलाई नियुक्त गरेका छन् । त्यसयता, उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैनन् ।आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयहरूले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य कार्य

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 105 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा