पत्रपत्रिका

    Showing 501-510 of 1,262 items.
  • चाडवाड नजिकिएसंगै बजारभाउ आकाशियो

     काठमाडौं    (अन्नपूर्ण पोस्ट दैनिकबाट )। हिन्दु नेपालीहरुको महान् चाड दसैं बिहीबारदेखि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन्। तर, दसैंको भान्सा बर्सेनि अरू बेलाभन्दा शतप्रतिशत महँगिँदै आएको छ। बजारमा खाद्यान्न, तरकारी, फलफूलदेखि लत्ताकपडासम्मको मूल्य अत्यधिक बढ्ने गरेको छ।‘दसैंमा अरू बेलाभन्दा बढी पैसा खर्च हुन्छ। ऋणधन गरेर भए पनि यो पर्व मनाउने चलन छ’, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल भन्छन्, ‘खर्च बढी हुँदा केही वस्तुको माग पनि बढी नै हुन्छ। वस्तु त त्यही हो बजारमा आउने। अनि, व्यवसायीले उपभोक्

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 193 पटक पढिएको
  • राहदानी बनाउनेको भीड

     काठमाडौं (गोरखापत्र दैनिकबाट )//पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ ।परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ ।अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज नबनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।उनका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 169 पटक पढिएको
  • बजारैभरि म्याद नाघेका खाद्य सामाग्री

     काठमाडौं (राजधानी दैनिकबाट )। दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 160 पटक पढिएको
  • ७५ प्रतिशत कैद माफीका लागि शोभराज सर्वोच्च पुगे

     काठमाडौं ( राजधानी दैनिकबाट )। जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको एकल इजलासमा सुनुवाइ भएको छ।सर्वोच्चले मुद्दाको सुनुवाइ सकिएको जानकारी दिएको छ ।‘कारागारमार्फत मन्त्रिपरिषदविरुद्ध उहाँले निवेदन चढाउनुभएको थियो । सर्वोच्च अदालतमा अन्तिम फैसला भएर थुनामा रहेको व्यक्तिले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्न मिल्दैन भनेर दरपीठ भएको थियो । त्यो दरपीठ उपर परेको निवदेनमा सुनुवाइ भएको हो,’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने ।संसारका विभिन्न देशमा हत्याकाण्ड मच्चाएर ‘विकिनी किलर’को रूपमा चिन

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 150 पटक पढिएको
  • दसैं भत्ता माग्न संसद सचिवालय धाउन थाले सांसद

     काठमाडौं ( आजको कान्तिपुर दैनिकबाट)  । संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् ।दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् ।केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने/नदिने बुझ्न थालेका छन् ।यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ । सत्तापक्षका केही सांसद सोमबार भत्ताबारे बुझ्न सचिवालयको लेखा शाखाका कर्मचारीलाई सोध्न गएका थिए ।संसद्का कर्मचारीले भने भत्ता दिने कानुनी आधार नभएको भन्दै फर्काउने गरेका छन् । सरकारबाट निर्णय गराएर भए प

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 195 पटक पढिएको
  • प्रधानन्यायाधीशले दलहरुसँग भाग मागेकै हुन त र?

    बिर्तामोड(राजधानी दैनिकबाट)  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् । पछिल्लो समय सत्तारूढ पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले पनि आफूनिकटलाई मन्त्री बनाउनुपर्ने पहल गरेको कुरा बाहिर आएपछि विज्ञप्ति निकालेर खण्डन गरेका छन् ।बाँकेका गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री शेरबहादुर देउवासँग पहल गरेको विषय बाहिर आएपछि उनले आफूले कसैलाई पनि मन्त्री बनाउन पहल नगरेको भन्दै सोमबार खण्डनसमेत गरेका छन् । प्रधानन्यायाधीश जबराले राज्यको कुनै

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 170 पटक पढिएको
  • नेकपा एमालेमा केपी ओली झनै शक्तिशाली

     काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिकबाट ) । एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्।ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १०औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा ओली नै दोहोरिने देखिन्छन्।एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने कार्य गर्न पाउने उपमहासचिव विष्णुप्रसाद पौडेलले बताए। ‘कुनै पनि कमिटी

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 163 पटक पढिएको
  • नाकामा खुलेआम पैसा उठाएपछि सबै प्रहरी परिवर्तन

     बाँके (नेपाल समाचारपत्र दैनिक बाट )। भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चार्ज पनि परिवर्तन गरिएको छ ।जमुनाहाको इन्चार्ज डीआईजीले पठाउने गर्दछन् । त्यहाँको इन्चार्जलाई जिल्लाका प्रमुखले चलाउन सक्दैनन् । दशैं मान्न घर फर्किएका कालापहाडेसँग खुलेआम पैसा असुली भइरहेको समाचार छ्याप्छ्याप्ती आएपछि हेडक्वाटरले नै चासो लिएको प्रहरीले स्रोतले बतायो । ‘हेडक्वाटरले नै चासो लिएपछि जमुनाहाका इन्चार्जलाई परिवर्तन गर्न धेरै लेखापढी गर्नुपरेन’, एक अधिकृतले भने– ‘अहिले नय

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 180 पटक पढिएको
  • इन्द्रसरोवर जलाशयमा पानीको सतह बढ्यो

     काठमाडौं   (राजधानी दैनिक बाट) । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ ।कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिए ।पानीको सतह ब

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 157 पटक पढिएको
  • विद्युत उपभोग गर्ने, महशुल नतिर्ने, अदालत जाने

     काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिकबाट )। लोडसेडिङ १८ घण्टासम्म भएका बेला ठूला उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत निरन्तर बिजुली पाए। तर, ती उद्योगी महसुल तिर्न आनाकानी गरिरहेका छन्। उल्टै बक्यौता नतिर्ने भन्दै ३१ उद्योग अदालत गएको विद्युत् प्राधिकरण स्रोतले जनाएको छ। जब कि ५७ उद्योगको बक्यौता १५ अर्ब ५३ करोड रुपैयाँ छ।डेडिकेटेडतर्फ आठ कम्पनीको ४ अर्ब ५० करोड बक्यौता छ। ४९ वटाले ट्रंकलाइन प्रयोग गरेबापत १० अर्ब ७० करोड रुपैयाँ तिर्न बाँकी छ। बक्यौता नतिरी कानुनी ‘उपचार’को बाटो रोजेका ३१ कम्पनीमध्ये केहीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। जसमा हिमाल आइरन एन्ड स्टिल, लक्ष्मी स्टिल्स, सर

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 188 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.