पत्रपत्रिका

    Showing 501-510 of 1,253 items.
  • विद्युत उपभोग गर्ने, महशुल नतिर्ने, अदालत जाने

     काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिकबाट )। लोडसेडिङ १८ घण्टासम्म भएका बेला ठूला उद्योगले डेडिकेटेड र ट्रंक लाइनमार्फत निरन्तर बिजुली पाए। तर, ती उद्योगी महसुल तिर्न आनाकानी गरिरहेका छन्। उल्टै बक्यौता नतिर्ने भन्दै ३१ उद्योग अदालत गएको विद्युत् प्राधिकरण स्रोतले जनाएको छ। जब कि ५७ उद्योगको बक्यौता १५ अर्ब ५३ करोड रुपैयाँ छ।डेडिकेटेडतर्फ आठ कम्पनीको ४ अर्ब ५० करोड बक्यौता छ। ४९ वटाले ट्रंकलाइन प्रयोग गरेबापत १० अर्ब ७० करोड रुपैयाँ तिर्न बाँकी छ। बक्यौता नतिरी कानुनी ‘उपचार’को बाटो रोजेका ३१ कम्पनीमध्ये केहीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। जसमा हिमाल आइरन एन्ड स्टिल, लक्ष्मी स्टिल्स, सर

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 102 पटक पढिएको
  • भारतले दिन बाँकी १० लाख खोप दशैं अघि ल्याइने

     काठमाडौं(गोरखापत्र दैनिक बाट )। भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ ।भारतको खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए।दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ ।उनले भने, ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने औपचारिक जानकारी दिएको छ, दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं ।’    

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 96 पटक पढिएको
  • आस्था नै नभएको मूर्तिलाई कसरी ढोग्ने र?

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट) ‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो र? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं १’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गरेका थिए ।‘पत्रकारहरुले मलाई खुब लखेटे, तर वर्तमान शेरबहादुर सरकारले मनपरी गरे पनि आलोचना गर्दैनन् ।’ –एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुकै भेलामा गत साता असन्तुष्टि जनाए । ‘संसदीय व्यवस्थाले नयाँ राजाहरु जन्मायो, नयाँ सामन्त सिर्जना गर।यो, राजा सच्चिएर आउँछन्,

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 105 पटक पढिएको
  • कोरोनाविरुद्धको खाने औषधि सफलताको धेरै नजिक

    बिर्तामोड / परीक्षणको क्रममा रहेको एक खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ।मोल्नुपिरभिर नामक चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो।अमेरिकी औषधी उत्पादक कम्पनी मर्कले परीक्षण परिणाम अत्यन्तै सकारात्मक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको जनाएको छ।कम्पनीले अमेरिकामा अबको दुई हप्तामा आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन निवेदन दिने बताएको छ।अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो भएको बताए।उनले अमेरिक

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 105 पटक पढिएको
  • उपत्यका छाड्नेभन्दा भित्रिनेको संख्या धेरै

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साह पनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका छन् ।यस दिन उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या १० ह

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 114 पटक पढिएको
  • प्रधानमन्त्रीलाई थाहै नदिइ छानविन समिति गठन

     काठमाडौं   (नागरिक दैनिकबाट )। मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ।गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ।विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्।‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र ह

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 112 पटक पढिएको
  • सर्वसम्मत नेतृत्व चयनको तयारीमा नेकपा एमाले

     काठमाडौं  (नागरिक दैनिकबाट )। नेकपा एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने क्रममा पदाधिकारीको संख्या बढाउनुपर्ने र सबै पक्षका नेताहरूलाई समेटेर बलियो पार्टी बनाउनुपर्ने बताएका छन्।अध्यक्षसहित कम्तीमा पदाधिकारीहरू सर्वसम्मत चयन गर्ने व्यवस्था गरिए पार्टी बलियो हुने उनीहरूको सुझाव छ। १०औं महाधिवेशनलगत्तै निर्वाचनमा जानुपर्ने भएकाले विधान महाधिवेशनबाटै पदाधिकारी संख्या थपेर आगामी नेतृत्व चय

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 81 पटक पढिएको
  • एमाले विधान महाधिवेशनमा थुप्रै सुझावको ओइरो

     काठमाडौं   (राजधानी दैनिकबाट )। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् ।ललितपुरको गोदावरीमा शनिबार दोस्रो दिन जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । विभिन्न दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह गठन गरी समूहगत छलफल भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 84 पटक पढिएको
  • सिटिस्क्यान मेसिन नहुँदा विदेश जान बाध्य

     काठमाडौं (गोरखापत्र दैनिकबाट ) । नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीजि क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् ।चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल ग

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 107 पटक पढिएको
  • तत्कालिन गृहमन्त्री बादल र आइजीपी खनालविरुद्ध जाहेरी दर्ता हुने

    बिर्तामोड (नागरिक दैनिकबाट)  सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो।सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल विवादास्पद ‘इन्काउन्टर’ मा मारिएका थिए।उनी मारिएपछि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जा

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 86 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा