पत्रपत्रिका

    Showing ३११-३२० of १,२६७ items.
  • अस्ट्रेलिया खुल्यो, जापान बाँकी

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् ।यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै ने

    • प्रकाशित मितिः पुस २, २०७८
    • १८९ पटक पढिएको
  • बुढो दलमा पुस्तान्तरणको सन्देश

    बिर्तामोड (नागरिक दैनिकबाट ) नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता काँग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। काँग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा थापा र शर्माले महामन्त्रीमा जित निकाल्नेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेकको प्रयोग गर्दै शर्मा र थापालाई महामन्त्रीमा निर्वाचित गरेर पुस्तान्तरणको स

    • प्रकाशित मितिः पुस २, २०७८
    • १९७ पटक पढिएको
  • भत्कियो प्यानलको पर्खाल

    बिर्तामोड ( अन्नपूर्ण पोस्ट दैनिकबाट) कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन्। यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्। महामन्त्रीमा बिहीबार गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी बनेका हुन्। थापा डा. शेखरप्रसाद कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए। सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भए पनि महामन्त्रीमा उनको समूहका दुवै उम्मेदवार पराजित भएका छन्। देउवाको पक्षबाट प्रदीप पौडेल र डा। प्रकाशशरण महत प्रत्याशी थिए।केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले सर्वाधिक

    • प्रकाशित मितिः पुस २, २०७८
    • २१२ पटक पढिएको
  • एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

    बिर्तामोड (राजधानी दैनिकबाट)अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ ।१४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायता समीक्षा गरिएको उल्लेख छ ।बोर्ड बैठकमा नेपाल कम्प्याक्ट अनुदानको समीक्षात्मक छलफल भएको जनाइएको छ । नेपालमा एमसीसी अनुमोदन हुने कि नहुने

    • प्रकाशित मितिः पुस २, २०७८
    • १९८ पटक पढिएको
  • योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) वार्षिक बजेटमा आउने सरकारी योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । संघीय सरकारका प्राथमिकताका भनिएका आयोजनाहरू पहुँचवाला व्यक्तिको कब्जामा परेको र उनीहरूले बजेट किताबमा शब्द हालेर छनिरहेको भन्दै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी हुन् ।‘संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेका छन् । मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको हो राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्न पाइरहेको अवस्था छैन,’ बिहीवार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री झाँक्रीले भनिन् ।मन्त्री झाँक

    • प्रकाशित मितिः पुस २, २०७८
    • २२५ पटक पढिएको
  • बुद्ध एयरका जहाजमा निरन्तर समस्या

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) निजीक्षेत्रको सफल र अग्रणी एयरलाइसन्स कम्पनी बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै आएको छ । अन्य एयरलाइन्स कम्पनीका भन्दा ३ गुणा बढी यात्रु आवतजावत गराउने बुद्ध एयरमा पटकपटक समस्या देखिँदै आएको छ । यो समस्या बिहीवार पनि दोहोरिएको छ ।बिहीवार दिउँसो भरतपुरबाट काठमाडौंतर्फको उडानका क्रममा इन्जिनमा प्राविधिक समस्या देखिएपछि तुरुन्तै जहाज अवतरण गरिएको थियो । कल साइन ९एन–एईइैको बिचक्राफ्ट जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई भरतपुर विमानस्थलमै सकुशल अवतरण गरिएको बुद्ध एयरले पे्रस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।उक्त जहाजमा २ जना बालबालिका, १७ जना वय

    • प्रकाशित मितिः पुस २, २०७८
    • १९३ पटक पढिएको
  • किन उभिए देउवासँगै सिंह–निधि ?

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिको प्रमुख एजेन्डा थियो– कांग्रेसमा नेतृत्व परिवर्तन । कान्तिपुरसँग उनले भनेका थिए, ‘पहिलो चरणमा कसैको पनि बहुमत पुग्दैन, दोस्रो चरणमा हामी तीन जना (शेखर कोइराला, प्रकाशमान सिंह र निधि) एक ठाउँ हुनेछौं ।’कांग्रेसको नेतृत्व छान्न मंगलबार भएको दोस्रो चरणको मतदानमा प्रतिनिधिसँग मत माग्दै सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग प्रकाशमान सिंह र विमलेन्द्र निधिलगायत ।निधिले भनेझैं सोमबारको मतदानबाट सभापतिको निर्क्योल हुन सकेन । दोस्रो चरणमा जाँदा गठजोड भने उनको भनाइविपरीत बन्यो । पहिलो चरणमा सभापतिमा उम्मेदवारी दिएका सिंह, निधि र

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • २०८ पटक पढिएको
  • कोइराला धार ‘कमब्याक’

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै कांग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा। शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काङ्ग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।कांग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । कांग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • २०४ पटक पढिएको
  • साढे ३३ किलो सुन प्रकरण : मुख्य आरोपी तीन लाख रुपियाँ धरौटीमा छुटे

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो ।अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले न्यायाधीश लम्सालको इजलासले दिएको आदेशअनुसार धरौटी बुझाएर मुख्य अभियुक्त अग्रवाल छुटेको बताए। तस्करी गरी नेपाल भित्र्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरे भनिने चूडामणि उप्रेती सह

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १९७ पटक पढिएको
  • एमाले केन्द्रीय कमिटीको बैठकः ओलीको ‘एलकौटी’ गरेपछि १० बुँदे पक्षधर एकै ठाउँ

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो ।शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थियो । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनयन गर्ने, पोलिटब्युरो र स्थायी कमिटीको सदस्यसहित नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका प्रस्ताव गरेका थिए ।अध्यक्ष ओलीको प्रस्तावप्रति पदाधिकारीले आपत्ति जनाउँदै विरोध गर्न थालेको बैठकमा सहभागी एक नेताले बताए । विवादकै कारण आइतबार नै सम्पन्न भएको बैठकको निर्णय सोमबार

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १९२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.