पत्रपत्रिका

    Showing 111-120 of 1,250 items.
  • विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

    काठमाडौं / नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनाकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 103 पटक पढिएको
  • फेरियो शिक्षक र कर्मचारीको पोसाक

    काठमाडौं / सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो ।केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिए अनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्देशन दिएको हो । केन्द्रले शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्ष

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 96 पटक पढिएको
  • राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

    झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले  झापाको हल्दीबारी गाउँपालिकाको वडा नम्बर १ को कार्यालय रहेको बुथमा मतदान गरेका हुन् । मतदानपछि संक्षिप्‍त प्रक्रिया दिँदै लिङ्देनले यो निर्वाचनपछि राप्रपा मुलुकमा एउटा बलिया र राष्ट्रिय पार्टीको रुपमा विकास हुने बताए । उनले यो निर्वाचनबाट देशभर उत्साहजनक मतपरिणाम प्राप्त गर्ने दाबी गरे ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 120 पटक पढिएको
  • चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    काठमाडौं / नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। यो रकम ठ्याक्कै चुनावकै लागि मात्र हो भन्न भने नसकिने उनी बताउँछन्।‘तर विगत १० कार्य दिनमा थप ९ अर्ब रुपैयाँको माग बढ्यो। सो रकमबराबरको नोट राष्ट्र बैंकबाट बाहिर गएको छ’ उनले भने, ‘यो चुनावकै लागि निर्वाचन आयोगले भुक्तानीमा खर्च गयो कि म्यादी प्रहरीलाई दिइयो यकिन भने थाहा भएन।’वैशाख ९ गतेसम्म

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 112 पटक पढिएको
  • मतपत्र च्यात्न नदिन विशेष सुरक्षा

    काठमाडौं / चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।‘मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामरासहित जाली लगाइएको छु उनले भने,’ यसपटक मतपत्र च्यात्न दिइने छैन ।ु भरतपुर महानगरमा चितवन उद्योग संघ प्रदर्शनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा नगरपालिकाको दोस्रो तला, खैरहनीमा खैरहनी मावि, कालिकामा नगरपालिका भवननजिकैको आमा सञ्जालको भवन, रा

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 79 पटक पढिएको
  • नौ जना उम्मेदवारको मृत्यु

    काठमाडौं / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ’, उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्मेदवार

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 76 पटक पढिएको
  • जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    काठमाडौं / जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो। जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ। २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा कार्यालय रहेको ट्युमन आइ कम्पनीले

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 82 पटक पढिएको
  • सातामा दुई दिन बिदाबारे त्रिवि अझै अन्योलमा

    काठमाडौं  / सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ।तरप्रशासनिक कर्मचारीका लागि भने तत्काल दुई दिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा। शिवलाल भुसालले बताए । उनले भने, “निर्वाचनअघि यस विषयमा निर्णय हुने सम्भावना छैन । तसर्थ विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बिदा हुन्छ ।”पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढि रहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र साताम

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 187 पटक पढिएको
  • आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

    काठमाडौं / निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।‘कहीँकतै आचारसंहिता उल्लंघनका घटना भयो भने फिल्डबाटै कारबाही गर्न सक्ने गरी आयोगले १९ वटा टोली खट

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 144 पटक पढिएको
  • मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

    काठमाडौं  / प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताए । त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महत्त्वको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए । चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उनले भारतीय लगानीबाट बनेका भने खरिद गर्ने हुँदा पश्चिम सेतीबारे दुईवटा भारतीय कम्

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 86 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा