पत्रपत्रिका

    Showing १,०२१-१,०३० of १,२६७ items.
  • तेस्रो दिनसम्म ९ लाख ३५ हजारभन्दा बढीले भरे रु रु जलविद्युतको आईपीओ

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रु रु जलविद्युत परियोजनाको आईपीओ तेस्रो दिन आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुे १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । तेस्रो दिनसम्म मागभन्दा ३५ दशमलव ९९ गुणा बढी आवेदन परेको हो ।पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको यस कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । यसअघि कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपा

    • प्रकाशित मितिः चैत २३, २०७७
    • १६८ पटक पढिएको
  • धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

    बिर्तामोड( राजधानी दैनिकबाट) नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको नेपाल–खनाल पक्षको दावी छ । बैठकमा एमालेका ४८ जना जिल्ला कमिटी सदस्य सहभागि भएको सो पक्षले दावी गरेको छ ।बैठकले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय पदाधिकार

    • प्रकाशित मितिः चैत २३, २०७७
    • १६३ पटक पढिएको
  • एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

    बिर्तामोड( राजधानी दैनिकबाट)  एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले एसिडको खरिदबिक्रीमा कडाइ गरेको छ । जसअनुसार अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्ने कानुनी प्रावधान बनाइको छ ।गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । गृहद्वारा जारी सूचनाअनुसार कानुनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधिपूर्वक निवदेन दिनुपर्नेछ ।यसअघि जोकोही व्यक्तिले सहजै एसिड खरिद वा बिक्री गर्न पाउँथे अब भने त्यसरी जथाभावी खरिद ग

    • प्रकाशित मितिः चैत २३, २०७७
    • १५७ पटक पढिएको
  • अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

    बिर्तामोड(  राजधानी दैनिकबाट) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ । यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट

    • प्रकाशित मितिः चैत २३, २०७७
    • १७९ पटक पढिएको
  • भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा

    बिर्तामोड(  राजधानी दैनिकबाट)  नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्रमण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन् । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा गत शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको थियो । अहिले भारत प्रवेश गरेकाहरू नेपाल फर्किने क्रम बढेको छ । नेपाल सरकारले भने कोरो

    • प्रकाशित मितिः चैत २३, २०७७
    • १८८ पटक पढिएको
  • एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

    बर्तामोड ( राजधानी दैनिकबाट )पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । चालू आर्थिक वर्ष २०७७÷७८ को बितेका आठ महिना ९फागुन मसान्त०को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् ।गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन् । चालू आवको साउनदेखि फागुन मसान्तसम्म ३ करोड ४६ लाख ७१ हजार ९ सय ४९ जनाले निक्षेप खाता खोल

    • प्रकाशित मितिः चैत २३, २०७७
    • १५० पटक पढिएको
  • अब दैनिक २० किलो सुन आयात हुने

    बिर्तामोड ( कारोवार दैनिकबाट ) नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । बिहिबार बैंकहरुलाई निर्देशन जारी गर्दै दैनिक दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कोभिड–१९ को महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि सुन आयातमा कडाइ गर्दै दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । कोभिड महामारी कम भएपछि भने बजारमा सुन अभाव भएको भन्दै कोटा बढाउने व्यवसायीले लविङ गर्दै आएका थिए ।नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भरद्वय डा। नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई भेटे

    • प्रकाशित मितिः चैत २१, २०७७
    • १६९ पटक पढिएको
  • रोकिएन प्रतिबन्धित खेसरीको उत्पादन

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) सरकारले खेसरी ९दालको जात० उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी भइसकेको छ तर अझै यसको उत्पादन र बिक्री वितरण रोकिएको छैन ।विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०ले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरी नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।सिराहा औरही गाउँपालिका–५ का अगुवा किसान श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्य

    • प्रकाशित मितिः चैत २१, २०७७
    • १७७ पटक पढिएको
  • पेट्रोलियम ऐन ल्याउने तयारी

    बिर्तामोड ( नागरिक दैनिकबाट ) वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारणसभामा शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका हुन्।  ऐन तथा नीति नहुँदा बजार व्यवस्थित गर्न कठिनाइ भएकाले पेट्रोलियम ऐन ल्याउन लागेको मन्त्री भट्टले बताए। ‘पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएको वस्तु हो,’ उनले भने, ‘ऐनको ड्राफ तयार भएको छ। सरोकारवालासँग छलफल गरेर मात्र अन्तिम रूप दिइनेछ।’  कार्यक्रम

    • प्रकाशित मितिः चैत २१, २०७७
    • १८० पटक पढिएको
  • कांग्रेसको निर्णय: प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट ) संसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय लिएको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै ५ पुसमा गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुनमा उल्टाइदिएपछि नयाँ सत्तासमीकरणको बहस सुरु भएको थियो । तर, अदालतको निर्णयको डेढ महिना तथा संसद् बैठक सुरु भएको एक महिनापछि कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमितिबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय लिएको छ । कांग्रेसले ओलीको विकल्प खोज्न चाहेका प्रतिगमनविरुद

    • प्रकाशित मितिः चैत २१, २०७७
    • २३४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.