मुम्बई(एजेन्सी) । ‘बिग बोस ओटीटी ३’ ले सामाजिक सञ्जालमा पाइला राखेको धेरै समय भएको छैन । शनिबार बिहान मात्र ‘बिग बोस ओटीटी ३’को फिनाले भएको थियो । यो शोको यसपटकको उपाधि सना मकबूलले जितेकी छन् ।शोका होस्ट अनिल कपूरले फिनालेमा पुगेका अन्तिम प्रतिष्पर्धी कृतिका मलिक, सई केतन राव, सना मकबूल, रणवीर शौरी र नेजीमाझ सनाको नाम घोषणा गरेका हुन् । उपाधि जितेपछि सनाले रोएर फ्यानलाई धन्यवाद दिएकी छन् । उनी विजेता घोषणा हुनासाथ सामाजिक सञ्जालमा बधाई दिने फ्यानहरुको भीड लागेको छ ।अधिकांशले शोको विजेता रणवीर या साई हुनुपर्ने अनुमान लगाएका थिए । तर यी अनुमानलाई फेल खुवाउँदै सनाले उपाधि उचालिन् ।
पेरिस(एजेन्सी) । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक यही अगष्ट ११ मा समापन हुँदैछ । समापनमा हलिउड स्टार टम क्रुज पनि सहभागी हुँदैछन् । सन् २०२८ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा हुँदैछ । त्यसकारण पेरिस ओलम्पिक २०२४ को ओलम्पिक ध्वजा हस्तान्तरणको यो विशेष कार्यक्रममा टमले एक ‘मेजर स्टन्ट’ पनि दिँदैछन् ।टम ‘मिसन इम्पोसिबल’ सिरिज, ‘टप गन’ र ‘एज अफ टुमारो’ जस्ता हलिउड फिल्मका लागि विश्व प्रख्यात छन् ।टमले ओलम्पिक समापनमा ‘मिसन इम्पोसिबल’का केही स्टन्ट देखाउनेछन् । यी अभिनेता स्टेट डी फ्रान्स स्टेडियम माथिबाट ओलम्पिक झण्डा लिएर आउनेछन् र लसएन्जल्स ओलम्पिक २०२८ आयोजकलाई झण्डा हस्तान्तरण गर्नेछन् ।
काठमाडौं । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । गत बिहीबार राजधानीमा प्रेसमिट गरी तीन मिनेट लामो ट्रेलर प्रदर्शन गरिएको हो । छोरीबेटीको कथाब्यथामा निर्माण गरिएको फिल्मको ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजीक सोच तथा छोरीहरुले आफ्नो बाबुआमाको खुशीका लागि गर्ने तपस्याको बिषय निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ अहिले बजारमा आएको भन्दा भिन्न र उत्कृष्ट फिल्म भएको दाबी गरे । फिल्मले महिलाको विषयमा समाजमा ब्यप्त गलत सोच र भ्रम चिर्न प्रभावकारी सन्देश दिने उनको भनाई छ । सुवेदीले आफूले सम
काठमाडौं । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द यो गीतमा छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ ।गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् ।मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा
काठमाडौं । एउटा फिल्मका लागि फस्टलुक, टिजर र ट्रेलर जस्ता प्रचारप्रसार सामाग्री महत्वपूर्ण हुन्छन् । अधिकांश निर्माताले फिल्मको टिजर र ट्रेलर कार्यक्रम गरेरै सार्वजनिक गर्छन् । ती कार्यक्रममा फिल्मका निर्देशक र कलाकारसहित प्राविधिक टिमको उपस्थिति प्रायः हुन्छ । तर अधिकांश कार्यक्रम निर्धारित समयमा सुरु हुँदैन् । त्यसको प्रमुख कारण स्वयम् कलाकार नै हुन्छन् । फिल्मका नायकनायिका सँगै कार्यक्रममा जाने योजना अनुसार ढिलो गरी कार्यक्रमस्थल पुग्छन् । उनीहरुलाई पर्खिनु सञ्चारकर्मी र पत्रकारका लागि बानी नै परिसकेको छ ।शुक्रबार फिल्म ‘रावायण’को टिजर रिलिज कार्यक्रममा यस्तै देखियो । कार्यक्रमका लागि
काठमाडौं । काठमाडौको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको नयाँ हल खुलेको छ । बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा फिल्म हलको उद्घाटन गरेका हुन ।तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ फिल्म हेर्न सक्छन । सिटी स्क्वायर मलको नौँ तल्लामा खुलेको हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याईएको छ भने हरेक पर्दामा सोफा सेट सहित सुतेर समेत फिल्म हेर्ने सिटहरु जडान गरिएको छ ।विशेषत यो हलका सवै थि
काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेसले सन् २०२५ मार्च २ तारिख आइतबारका दिन आयोजना गर्ने ९७औँ एकेडेमी अवार्डस (द अस्कर अवाडस) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली फिल्मको लागि आवेदन खुला गरेको छ । विदेशी भाषी फिल्म छनोट समिति (नेपाल)ले विज्ञप्ती जारी गर्दै कार्तिक १५ देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिक प्रदर्शन गरिएका फिल्महरू योग्य हुने जनाएको छ । उसले २०२४ सेप्टेम्बर १२ तारिख अर्थात २०८१ भाद्र २७ गते दिनको ५ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउन आव्हान गरेको छ ।दरखास्तका साथमा सेन्सर गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर लाइसेन्स प्राप्त ओटीटीमा रिलि
काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । टिजरमा फिल्मका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह«ी र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको छ । फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् । प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका नि
काठमाडौं–लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको हो । मिर्गौला रोगबाट ग्रसित उनले उपचारका लागि आर्थिक सङ्कटको सामना गराउनु परेको थियो । काठमाडौंमा उपचार गराउन नसकेर कामत हालै सिरहाको पोखरभिन्डा फर्किएका थिए । सङ्गीत गुरुका रूपमा परिचित उनी नेपाल मात्रै नभई भारत पनि चर्चित थिए ।
काठमाडौं–अभिनेता दिपकराज गिरीले अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभालाई लिएर भइरहेको विवादबारे बोलेका छन् । पशुपति कोटिहोम महायज्ञमा कथा वाचन गरेकी प्रतिभालाई लिएर सामाजिक सञ्जालमा कतिपयले विरोध जनाइरहेका छन् । अभिनेता गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकृया जनाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘भाषण र प्रवचन दुबैको काम मान्छे मन्त्रमुग्ध बनाउने हो । भाषण गरेर मन जीत्नेले सत्ता र भत्ता पाउँछ प्रवचन गर्नेले दक्षिणा !’ उनले सबैलाई मन जित्न तिर लाग्न सुझाव समेत दिएका छन् । अभिनेता गिरी आफ्ना बयानमा कारण समय समयमा चर्चामा रहने गरेका छन् । उनी विभिन्न सामाजिक मात्रै नभएर अ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.