मनोरञ्जन

    Showing 931-940 of 2,829 items.
  • ‘जेरी अन टप’को प्रचारप्रसार सुरु

    नायक अनमोल केसी र नायिका जसिता गुरुङले कालिम्पोङबाट आगामी फिल्म ‘जेरी अन टप’को प्रचारप्रसार थालेका छन् ।त्यहाँको शहीद मैदानमा आइतबार हुन लागेको ‘शहीद कप टुर्नामेन्ट २०२५’मा अनमोल-जसिता अतिथि बनेर पुगेका हुन् । उनीहरूसँगै फिल्म निर्देशक सुयोग गुरुङ पनि छन् ।सोही क्रममा उनीहरूले आफूहरू अभिनित रोमान्टिक फिल्मको प्रचारप्रसार पनि गर्नेछन् । आइतबार बेलुका हुने प्रतियोगिताको फाइनलमा १० हजारभन्दा धेरै दर्शक सहभागी हुने अपेक्षा छ ।नेपालीभाषी बहुल कालिम्पोङ नेपाली फिल्मको राम्रो बजार हो । कतिपय फिल्मले पश्चिम बंगाल र सिक्किममा राम्रो कमाइ गरेका थिए ।  ‘जेरी अन टप’ प्रचारप्रसारको अर्थ, यो फिल्म पूर्

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 329 पटक पढिएको
  • हाम्रो फेक आइडीबाट ठग्नेदेखि होसियार : एलिना र रचना

    गायिका एलिना चौहान र रचना रिमालले आफूहरूको फेक आइडी बनाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् । विशेषगरी, आफूहरूको नाममा आइडी खोलेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग गर्ने भन्दै पैसा मागिएको उनीहरुको भनाई छ । गायिका रचना रिमालले आफ्नो नाम र फोटो प्रयोग गर्दै फेक आइडी बनाएर पैसा मागिएको उल्लेख गरेकी छिन् । उनले, आफूले कसैसँग पनि पैसा नमागेको भन्दै यस्तो आइडी खोल्नेहरूलाई तुरुन्त बन्द गर्न चेतावनी समेत दिएकी छिन् । सांगीतिक क्षेत्रमा लोकप्रिय यी दुई गायिका सांगीतिक टुरमा व्यस्त छन् । तर, जेनजी आन्दोलनबाट घाइते भएका र आर्थिक रुपमा कमजोर भए

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 310 पटक पढिएको
  • अभिनेता अनुपविक्रम शाहीको बलिउड यात्रा तय, सलमान खानसँग स्क्रिन सेयर गर्दै

    नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाहीले बलिउड यात्रा तय गरेका छन् । उनी बलिउड स्टार सलमान खानसँग स्क्रिन सेयर गर्दै बलिउड यात्रा गर्ने तय भएको हो ।सलमानको फिल्म ‘ब्याटल अफ गल्वान’मा अनुपले अभिनय गर्नेछन् । सलमान खान फिल्मसको ब्यानरमा तयार हुन लागेको यो वार ड्रामामा सलमानसँगै अनुप प्रमुख भूमिकामा हुनेछन् ।सन् २०२० मा गलवान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धको कथामा यो चलचित्र बन्न लागेको हो । फिल्मको पहिलो चरणको छायांकन भारत र चीनबीचको हिमाली बोर्डर लद्दाकमा सम्पन्न भएको छ । हालै अनुप छायांकन सकाएर नेपाल फर्केका छन् ।यो फिल्मको दोस्रो छायांकन सेड्यूअल अक्टोबर नोभेम्बरको बीचमा मुम्ब

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 434 पटक पढिएको
  • साहित्य समाजमा रामलाल

    सुदूरपश्चिमको अग्रणी साहित्यिक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत निर्वाचित भएका छन्। साहित्य समाजको सभाहलमा शनिबार आयोजित ११औं अधिवेशन तथा साधारण सभाले मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार जोशीलाई अध्यक्षमा चयन गरेको हो।जोशी नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ। सदस्यमा टोपेन्द्र शाह ‘रसिक’, रुपा स्वाँर, यशोदा भण्डारी, तीथराज भण्डारी ‘गडसेरी’, गणेशबहादुर नेपाली, पुस्करराज पन्त, शान्ति जोशी, मानबहादुर साउँद, चित्रराज भट्ट, बाबुराम आचार्य, प्रेम विवस चन्द, पुष्पराज जोशी ‘पुकार’, दुर्गा कुमारी बम मल्ल, यज्ञराज जोशी र नवराज ओझा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 382 पटक पढिएको
  • रुजन सिवाकोटीको स्वर रहेको गीत ‘चञ्चले आँखा’मा केकी

    गायक रुजन सिवाकोटीको स्वर रहेको गीत ‘चञ्चले आँखा...’ सार्वजनिक भएको छ । गायक रुजनलाई गीतमा महिलाको स्वर गायिका मेलिना राईले दिएकी छिन् ।डीपी खनालको शब्द तथा देवेन्द्र बरालको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ ।गीतको भिडियोमा सुनिल क्षत्री र केकी अधिकारीको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन रहेको भिडियोलाई दर्शकले रुचाउने गायक रुजनले आस गरेका छन् । भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन छ ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 322 पटक पढिएको
  • 'ऊनको स्वीटर' ओटीटीमा रिलिज, एमएसएम भिडियोमार्फत् घरमै बसेर हेर्न सकिने

    गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र 'ऊनको स्वीटर' अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्।आर्टमान्डूले निर्माण गरेको 'ऊनको स्वीटर'ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो। मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन्।चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 428 पटक पढिएको
  • युट्युब ट्रेन्डिङको पहिलो स्थानमा 'बलिदान' ट्रेलर

    बडादसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । साथै, नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ ।धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।ट्रे

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 390 पटक पढिएको
  • ‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित

    नेपाली चलचित्र महादशा ले आफ्ना मुख्य कलाकारको रुपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंहलाई भित्र्याएको छ। दुवै कलाकारलाई निर्माण पक्षले स्वागत गरेको हो।उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले चलचित्र उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ। पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतार–चढाव आइरहेका बेला यस्तो ठूलो नाम र अनुभव भएका कलाकारहरूको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ।किरण नेपालीको निर्देशनमा तयार हुने यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै चलचित्रले दर्

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 412 पटक पढिएको
  • ‘बलिदान’को ट्रेलर: समीरको दमदार एक्सन र भावनात्मक संवाद

    नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ।ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।यसपछि दर्शकले आतुरतापूर्वक प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवे

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 334 पटक पढिएको
  • कमेडी र राजनीतिक मुद्दा उठाइएको ‘हरिबहादुरको जुत्ता’को ट्रेलर

    दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको सिनेमा ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट यो सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।यो फिल्मको ट्रेलरमा कलाकार हरिवंश आचार्यलाई नै प्राथमिकता दिइएको छ । उनको वरिपरी नै यो फिल्मको ट्रेलर घुमेको छ । हरिवंशको बोल्ने शैली, उनको कमेडी र फिल्मको राजनीतिक बिषयवस्तुले दर्शकलाई हलसम्म तान्ने देखिएको छ ।फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ । असोजको १३ गतेबाट रिलिजमा आउने यो फिल

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 379 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.