जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो । यहाँका आठवटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ । तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबैजना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताए । स्थानीय सरकार र सरोकार भएकाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उनले गुनासो गरे । ‘हाम्रो पुस्ताले केही समय त यसको संरक्
काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उनले समय परिवर्तनशिल भएकाले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए ।परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै अभिनेता हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी समेत गरे
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ । ट्रेलरका केही दृश्य भावुक लाग्छन् । खासगरी ट्रेलरको अन्त्यमा आयुषीले स्टेजब
काठमाडौं । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण फिल्मबाट आशावादी छन् ।रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म ‘जुनाः एक व्यथा’मा अभिनयको अवसर मिलेको थियो । ‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ । उहाँले मेरो काम मनपराउनु भएछ । फिल्मका लागि चाहिने पात्र अनुसार म फिट देखिएछु । त्यहीकारण उहाँले फिल्ममा कामको लागि प्रस
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’ को अहिले सहबिधामा प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगीताको बुधबार द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्ड आयोजना भयो । जसमा ३२ जना महिला फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यसका लागि सबिना श्रेष्ठ (अफिसियल फिटनेश कोच), सबिता कार्की (अफिसियल कोरियोग्राफर), मन्चिन शाक्य (अभिनेता), रजनी श्रेष्ठ (वल्र्ड बडी विल्डिङ कम्पोटिसन सिल्भर मेडल विजेता), योगेश श्रेष्ठ (मिस्टर ग्लोबल २०२४), आकाश श्रेष्ठ (फिटनेस कोच) जजमा रहेका थिए । प्रतियोगीताको ड्रेस चाहि विरागोले डिजाइन गरेका हुन् ।नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगि
काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक गरिएको छ । करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो बेला फिल्म ‘रेशम फिलिली’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । तर, फिल्म प्रदर्शनको दोस्रो दिन नै भुइचालो गएपछि फिल्मको प्रदर्शन रोकिएको थियो । त्यसबेला प्राकृतीक विपत्तीका बाबजुद पनि राम्रो व्यापार गरेको फिल्मको सिक्वेल निर्माण गरिएको छ ।फिल्मको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत ‘जालमा’को समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । सोही गीत बिहीबार
काठमाडौं । फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ ।गरिबी र बरोजगारी नागरिकको दुःख यो फिल्मले भन्ने टिजरले संकेत गरेको छ । क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ । लङ सटले टिजरको सुन्दरता बढाएको छ ।फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो फिल्ममा ‘सक्किगोनि’ टिमक
काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ । यही क्रममा मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका छन् ।संस्थाका दुई सय महिला सदस्यले हल बुक गरी फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनीहरुले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय र लोकेसन मनपरेको प्रतिक्रिया दिए ।ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी
काठमाडौं । फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर फिल्म ‘मायाबी’ रिलिजमा आउँदैछ । यो फिल्मको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । फिल्ममा दिवाकर भट्टराइको निर्देशन छ । उनले, ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । प्रायः प्रेमकथाका फिल्म बनाउन रुचाउने दिवाकर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा खुशी छन् ।‘मायाबी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो, आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो मायाबी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस् ? जो कोहीको पन
काठमाडौं । गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज गरेको छ । फिल्मको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ । सो गीतको अडियो भिडियोको सानो झलक निर्माणपक्षले रिलिज गरिसकेको छ ।आज सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनयलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ भने उनीमाथी अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ । पोस्टरको नेपथ्यमा नेपालको धरहरा र अमेरिकाको ‘स्ट्याचु अफ लिब
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.