मनोरञ्जन

    Showing 801-810 of 2,829 items.
  • समाजको पारिवारिक कथा पस्किने ‘परान’को ट्रेलर सार्वजनिक

    यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो ।सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ ।बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई सिनेमाको कथानक बनाएको छ। फिल्मको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् । नेपाली फिल्ममा अभिनयका भीष्मपितामाका रूपमा चिर परिचित निर शाहले धेरै वर्षप

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 314 पटक पढिएको
  • करीना र करिश्मा कपूर नयाँ लुक्समा

    एजेन्सी । बलिउडकी अभिनेतृद्वय करीना कपूर खान र करिश्मा कपूर नयाँ लुक्समा देखिएका छन् । हालै मुम्बईमा देखाइँदा उनीहरु क्याजुअल तर स्टाइलिश पहिरनमा देखिए ।आरामदायी तर स्टाइलिश पहिरनमा सजिएकी करीना कपूर खानले फेसनदार सनग्लासमा शुभचिन्तकहरुको मन खिचिन् । आफ्नो आकर्षक उपस्थितिले दर्शकहरूलाई मोहित पार्ने अभिनेत्रीले शहरमा अनौपचारिक घुमफिर वा व्यस्तताकै विच शुभचिन्तकहरुलाई हात हल्लाएर शुभेच्छा प्रकट गरिन् ।कपूर दिदीबहिनीहरू सधैं बलिउडका उत्कृष्ट स्टाइल आइकनहरू हुन्, जो ग्ल्यामरलाई सरलतासँग मिसाउनका लागि परिचित छन् ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 405 पटक पढिएको
  • ‘परान’को ट्रेलर सार्वजनिक

    बाइस्कोप सिनेमा प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्म ‘परान’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिकको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरमा बाबु र छोराको सम्बन्धको कथा देखाइएको छ । सन्तानको मायाले बाबु आमाको प्राण भरेको हुन्छ भन्ने कथा फिल्ममा छ । दीपक प्रसाद आचार्यको कथा र निर्देशनमा तयार भएको यो फिल्ममा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी छ । नीर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अन्जना बराइली, वुद्दि तामाङ लगायतका कलाकारहरूको यो फिल्ममा अभिनय छ । यम थापाको पटकथा र संवाद रहेको फिल्ममा रिदम कँडेलको संगीत, मित्र डी गुरुङको सम्पादन,

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 339 पटक पढिएको
  • परान मेरो पाठशाला भयो : नीर शाह

    अभिनेता नीर शाहले आफू अभिनित नयाँ चलचित्र ‘परान’ आफ्नो लागि पाठशाला भएको बताएका छन् । लामो समय अभिनय क्षेत्रमै बिताएका उनले परानले आफूलाई धेरै सिकाएको उद्घोष गरे ।दैनिक जीवनबारे पनि फिल्मबाट धेरै बुझेको बताए पनि विगतभन्दा फरक अनुभव के रह्यो भन्ने फेहरिस्ता भने शाहले खुलाएनन् । परानको शनिबार ट्रेलर सार्वजनिक कार्यक्रममा शाहले भने, ‘यो फिल्म मेरोलागि पाठशाला नै भयो । मैले परीक्षा दिने क्रममा सदुपयोग गरेको एउटा चलचित्रका रुपमा परानलाई लिएको छु ।’उनले आफ्नो भूमिका र फिल्ममा पुर्‍याएको योगदानबारे दर्शकले हलमा गएर हेर्नुपर्ने र मूल्यांकन गर्नुपर्ने सुझाउँदै आफ्नो नाम भने धरमनाथ रहेको खुलाए ।&nb

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 372 पटक पढिएको
  • ‘मैझारो’को सेन्सर पास, पायो युनिभर्सल सर्टिफिकेट

    कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को सेन्सर पास भएको छ। नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो।फिल्मले युनिभर्सल सर्टिफिकेट पाएपछि अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन्। विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतारिएको छ। फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंको छ।फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाक

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 247 पटक पढिएको
  • गुञ्जिन छाडे पुराना भैली गीत

    तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो सांस्कृतिक परम्परालाई विस्थापित गर्दै लगेपछि मौलिक भैली गीत विस्तारै हराउँदै जान थालेका छन् । “प्रत्येक गाउँमा घरघरमा पुगेर विशेषगरी काग तिहारदेखि भाइटीकाका दिनसम्म पुरुष र महिलाका छुट्टाछुट्टै समूहले आफ्नै पारामा एक जनाले भैली गीत गाउने र अरुले भट्याउने चलन थियो”, सुदूरपश्चिमको संस्कृतिका जानकार

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 408 पटक पढिएको
  • गुञ्जिन थाले तिहारका गीत

    काठमाडौँ, २ कात्तिकः उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ । चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 334 पटक पढिएको
  • ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक, सुरक्षा र प्रभातको भावनात्मक कथा

    अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ। गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा चलचित्रका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोले चलचित्रको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील पर

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 457 पटक पढिएको
  • ‘वरिष्ठ बलराम’मा शहरिया दयाहाङ

    अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चलचित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् ।कार चढेर ५/७ जना क्यारेक्टर अगाडि÷पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् । त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका हुन् । यो आवरण ट्रेलरमा पनि देखिएको छ । उनका यसअघिका सिनेमाको आवरणका तुलनामा यसमा निकै भिन्न देखिएको छ ।कोट, पाइन्ट र टाईमा ठाँटिएर हिँड्ने कमै क्यारेक्टर मात्रै उनले गरेका छन् । “खासमा क्यारेक्टरको आवरण भन्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 423 पटक पढिएको
  • ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

    शुक्रबार बिहान निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन ।चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ । यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो ।टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ मा निर्माता बि

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 523 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.