मनोरञ्जन

    Showing 761-770 of 1,597 items.
  • द्रौपदीको कर्णाली काटौला

    काठमाडौं । आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ‘द्रौपदी’को गीत ‘कर्णाली काटौला’ सार्वजनिक भएको छ । गीतमा रवी ओड र इन्द्रकला राईको स्वर, निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत छ । गीतको भिडियोमा डेब्यु नायिका आश्विनी शाही, निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीनाको अभिनय छ । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन् ।निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक विषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको माग अनुसार नै फिल्ममा नवकलाकारहरुको वर्चश्व रहन गएको जानकारी दिए । डेब्

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 224 पटक पढिएको
  • रंगीलाई ‘यू’ सर्टिफिकेट

    काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । फिल्मले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ । प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।&n

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 188 पटक पढिएको
  • नेपाल–भारत रङ्ग महोत्सवः प्रदर्शन भयो कथा कस्तुरी

    काठमाडौँ । काठमाडौँमा जारी नेपाल–भारत रङ्ग महोत्सवअन्तर्गत राष्ट्रिय नाचघरमा बिहीबार नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ प्रदर्शन गरिएको छ । उक्त नाटकमा नेपालको पश्चिम तराईमा भेटिने सपेरा जातिको जनजीवनलाई प्रस्तुत गरिएको छ । आख्यानकार नयनराज पाण्डेको ‘सर्पदंश’ को नाट्य रूपान्तरण गरिएको कथा कस्तुरी तराईमा रहने सपेरा जातिको जीवन सङ्घर्षमा आधारित रहेको छ । महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । यही ३० गतेसम्म चल्ने महोत्सवमा ६ वटा नाटक प्रदर्शन गरिने नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी कुल

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 106 पटक पढिएको
  • टिजरमा फेरि रेशम फिलिली

    काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक फिल्मको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।फिल्मको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । फिल्मको टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टिजरले फिल्मको कथावस्तु प्रकाश पार्छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ फिल्मप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ ।फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह,

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 207 पटक पढिएको
  • लाज शरणमको हेर्दा हेर्दैमा

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तिश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र कृष्ण भारध्वजको संगीत छ ।एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । गीतमा सरल शब्द र लय छ । गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै फिल्मका अधिकांश मुख्य कलाकारको अभिनय छ । गेष्ट अपिरियन्सको रुपमा गजित छन् । तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ ।  फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । कुमार कट्टेल निर्देशित फिल्म

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 195 पटक पढिएको
  • लताको सम्झनामा लता मंगेशकर लव इन मेमोरी

    काठमाडौं । गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । ढकालले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरे ।कार्यक्रममा सुनिल हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजन वीर बज्राचार्य, विनोद गिरी लगायतका पेन्टिङ आर्टिष्टहरूले मंगेशकरको प्रत्यक्ष चित्र बनाएका थिए ।कार्यक्रम मंगेशकरप्रति शोक व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने गायक ढकाल तथा सङ्गीतकर्मीहरूले लता मंगेशकरको तस्बिरमा माल्यार्पण गरे ।कार्यक्रममा यसअघि ढकाल र म

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 214 पटक पढिएको
  • जुनाः एक व्यथाको बुकिङ खुला

    काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मका लागि देशभरका हलमा बुकिङ खुला भएको छ ।फिल्मका लागि नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १० शो र उपत्यका बाहिर १४, वान सिनेमाज ४, एफक्यूब चाबहिलले २, बीग मुभिज ३, कीर्तिपुर सिनेप्लेक्स कीर्तिपुरले २, आइएनआईले ७, रञ्जना सिनेप्लेक्सले २, इलाइट सिनेमाजले ३, पाथीभरा सिने प्लाजाले २, सिने रोयलले २, विश्वज्योति सिनेमाले २ शो दिएका छन् ।निर्माता दीपकप्रसाद घिमिरेका अनुसार फिल्मको बुकिङ सुखद रहेको छ । बाल विवाह त

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 253 पटक पढिएको
  • मिस एण्ड मिसेस ब्युटिफुल नेपालको तयारी

    काठमाडौं । नौ वर्षदेखि नियमित आयोजना हुँदै आएको अविवाहित र विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुने भएको छ ।दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पाण्डेका अनुसार अडिसनमा सहभागीहरुबाट नेपालका ख्यातीप्राप्त व्यक्तित्वहरुमो निर्णायक मण्डलले प्रतियोगिको छन

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 263 पटक पढिएको
  • ममीलाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

    काठमाडौं । भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ममी’ले बुधबार साँझ रेडकार्पेट प्रिमियर शो गरेको छ । क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्वय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर फिल्म ‘ममी’को प्रिमियर गरिएको हो ।फिल्म हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए ।फ्यामिली हरर जनरामा निर्माण भएको यो फिल्म टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ । फिल्मको प्रिमिय

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 195 पटक पढिएको
  • कमेडी च्याम्पियन स्टार भरतमणि र सुमनले सुरु गरे शुभ पडकास्ट

    काठमाडौँ । नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई स्टार भरतमणि पौडेल र सुमन कोइरालाले पडकास्ट सुरु गरेका छन् । उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट सुरु गरेका हुन् । भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिलो सिजनका रनर अप हुन् । भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै सम्बन्ध विस्तारका लागि पडकास्ट सुरु गरेको बताएका छन् । ‘जानेर नजानेर यो क्षेत्रमा आइयो र जानेको काम पनि यही नै भयो । यही कामको दायरालाई विस्तार गरौँ भन्ने लागेर पडकास्ट सुरु गरेका हौँ ,’ भरत र सुमनको भनाइ छ । पडकास्टमा भरत र सुमन दुवै आमने सामने भए

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 370 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा