मनोरञ्जन

    Showing 751-760 of 1,597 items.
  • २०८२ को फूलपातीमा हरिबहादुरको जुत्ता

    काठमाडौं । हाल छायांकनमा रहेको दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ को रिलिज मिति तय भएको छ।  शंखुबाट छायांकन थालिएको फिल्म २०८२ को फूलपातीमा रिलिज हुने भएको छ। हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकारको अभिनय रहेको फिल्म ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहेका छन्। सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । फिल्ममा हरिवंश आचार्यको

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 168 पटक पढिएको
  • अच्छा लेकिनमा राजेश, राजसँगै नीति र सनिषाको नृत्य

    काठमाडौं । फिल्म ‘दैव संजोग’मा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको छ ।पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् ।यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 211 पटक पढिएको
  • सन्ध्या बनिन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडौं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाडौं बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकियो जापान’को लागी इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छिन्। प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शिर्ष उपाधी जितेकी हुन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराई भए ।करिब दर्जन प्रतियोगीहरुलाई कोरियोग्राफर हिमानी सुब्बाले एक महिनासम्मको प्रशिक्षण दिएकी

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 191 पटक पढिएको
  • जनकपुर साहित्य महोत्सवः मधेसको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन

    धनुषा । छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेसको मत’ले मधेसको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो । सांसदहरु मनिष सुमन, योगेश भट्टराई र डा अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए । तीनैजनाले मधेसको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विविध पक्षबारे उजागर गरे ।सांसद सुमनले मधेसी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधबारे विश्लेषण प्रस्तुत गर्दै भने, ‘मधेसमा अहिलेको सबैभन्दा ठूलो चुनौती राजनीतिक रूपमा सम्पूर्ण जनसमुदायलाई आवद्ध गर्नसक्ने नेतृत्वको अभ

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 222 पटक पढिएको
  • कथासङ्ग्रह मुना मदनको डिभोर्स पार्टी विमोचन

    काठमाडौँ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गरे । कथा, गीत, गजल लेखेता पनि सङ्ग्रहित गरेर पहिलोपटक पुस्तकको स्वरुपमा ल्याएको लेखक समिरले बताए ।उनले भने, ‘मैले विभिन्न समयमा लेखेको कथालाई सङ्ग्रहित गरेर पुस्तक बनाएको छु । यो पहिलो प्रयास भएकाले केही कमजोरी हुनसक्छ, तर मैले इमान्दारितापूर्वक यसलाई सृजना गरेको छु । यो मेरा लागि सदैव

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 237 पटक पढिएको
  • भुठानलाई अमेरिका र क्यानडामा बफेलो एटले वितरण गर्ने

    काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रि«ब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ ।अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका निर्देशक ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको फिल्म ‘विमेन अफ द आवर’लगायत ‘टेरिफाएर थ्रि’, निकोलस केज अभिनित फिल्म ‘आर्केडियन’, रोबर्ट डि निरो अभिनित ‘वास मि इन द रिभर’ पनि वितरण गरिसकेको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लाम

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 165 पटक पढिएको
  • मोडल हन्ट नेपालमा ५० प्रतिष्पर्धी

    काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’को अन्तिम शनिबार प्रतिस्पर्धा शनिबार आयोजना हँुदैछ । होटल याक एण्ड यतिमा आयोजना हुने प्रतिस्पर्धा ५० प्रतियोगी उपाधिका लागि भिड्दैछन् । प्रतियोगीताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।प्रतियोगीतामा पुरुष तर्फका उपाधिका लागि १७ प्रतियोगी रहेका छन् भने महिला तर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन् । सबै प्रतियोगी छनौट चरणको बिभिन्न प्रतियोगीता पार गर्दै फाइलनमा पुगेका हुन् । फाइनल प्रतियोगीताका लागि सबै प्रतियोगीले व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्स

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 204 पटक पढिएको
  • हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय होः रेखा थापा

    काठमाडौं । नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा हिजोका हिरो, आजका हिरो सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन्।'पर्दामा देखिनु मात्र हिरोइजम होइन। हिरोले समाजमा आशा लेखाउँछ। हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्‍यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन्। हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव भएको उनले बताइन्।उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ फिल्म निर्माण गर्ने हिम्मत जुटाएको बताएकी छन्।नायिका थापाले अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन्। ‘

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 215 पटक पढिएको
  • बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने

    काठमाडौँ । चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ । समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड बोर्डको इमेलमा पठाउन सकिनेछ ।युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजागर गर्न तालिम सञ्चालन गर्न लागिएको

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 116 पटक पढिएको
  • फेब्रुअरी १९ मा सुशान्तको मृत्यु घटनाको सुनुवाई

    मुम्बई(एजेन्सी) । बम्बई उच्च अदालतले यही फेब्रुअरी १९ मा एक जनहित निवेदन(पीआइएल) मा सुनुवाई गर्दैछ । जसमा अभिनेता सुशान्त सिंह राजपूत र उनका पूर्व मेनेजर दिशा सालियानको मृत्युको गहन अनुसन्धानको माग गरिएको छ ।सुप्रिम कोर्ट एण्ड हाई कोर्ट लिटिगेन्ट्स एशोसिएसन अफ इण्डियाले आफ्नो अध्यक्ष राशिद खान पठानको माध्यमबाट दायर गरिएको निवेदनमा केन्द्रीय जाँच ब्यूरो(सीबीआई)सँग यो मामला सम्बन्धमा शिवसेना विधायक आदित्य ठाकरेलाई पक्राउ गरी अनुसन्धान गर्न आग्रह गरिएको छ । निवेदनमा अदालतबाट सीबीआईलाई एक व्यापक रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिन पनि अनुरोध गरिएको छ ।जनहित निवेदनले आम मानिसको ध्यान आकर्षित गरेको छ

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 193 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा