बिर्तामोड / नाबालिका बलात्कार प्रकरणमा मुछिएका चर्चित अभिनेता पल शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदैछन् । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आज पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् ।पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले पुनरावेदन दिन लागेका छन् । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।पल
बिर्तामोड / अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । नावालिग गायिका बलात्कार अभियोगमा पक्राउ परेका शाहलाई बिहीबार जिल्ला अदालत तनहुँले थुनामा पठाउने आदेश दिएको हो ।न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले तत्काल प्रमाणका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । मुद्दाका सहप्रतिवादी कृष्ण जोशीलाई भने तत्काल १ लाख धरौटीमा माग गरिएको छ ।वादी र प्रतिवादीको तर्फबाट दुई दिनसम्मको थुनछेक बहसपछि बिहीबार साँझ शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलका फ्यान भने दुखी बनेका छन् ।पीडितको तर्
बिर्तामोड / विद्यार्थीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि सँगै उद्यमशीलतासँग जोड्न सहजता पुर्याउने उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको छ । स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. र भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लि.को संयुक्त आयोजनामा चैत २६ गते शनिवारका दिन तालिमको आयोजना गरिएके हो । एसइइ उत्तीर्ण गरेका र स्नाकोत्तरसम्मको अध्ययन गर्दै गरेका विद्यार्थीलाई लक्षित गर्दै नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्बन्धी तालिमको सहजीकरण सन्दिप क्षेत्रीले गर्ने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रम
तनहुँ / नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका कलाकार पल शाहविरुद्ध दायर मुद्दामा थुनछेक बहस सुरु भएको छ । अदालतमा शाहको बयान सकिएपछि जिल्ला अदालत बुधबार दिउँसोदेखि पीडित पक्षका कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । बुधबार पीडितको तर्फबाट सात जना कानुन व्यवसायीले बहस गरेको श्रेष्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, अधिवक्ताहरू राधिका खतिवडा, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले पीडितका तर्फबाट बह
तनहुँ / नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । शाह विरुद्ध १४ वर्ष कैद सजायको माग दाबीसहित तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेकाले १२ देखि १४ वर्षको जेल सजाय र मनासिब क्षतिपूर्तिको माग दावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए ।मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्
बिर्तामोड / चर्चित बैङ्कर रविना देशराज श्रेष्ठ र उनकी बुहारी समेत रहेकी चर्चित नायिका प्रियङ्का कार्कीको परिवारमाथि नेपालमा अवैध मानिएको क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको आरोप लागेको छ ।देशकै ठूला वाणिज्य बैंक मध्ये एक मेगा बैंककी उच्च अधिकारी समेत रहेकी रविनाकी बुहारी नायिका कार्की माथि क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सीआइबीले अनुसन्धान र छानविन अघि बढाएको छ ।क्रिप्टो कारोबारमा संलग्न रहेको देशकै ठूला बैंक मध्ये एक बैंकका उच्च अधिकारीको परिवारका सदस्यलाई आरोप लागेपछि बैंकिङ क्षेत्र समेत तरंगित भएको छ ।प्रहरीको केन्द्रिय अनुसन्
काठमाडौँ / यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशको नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पाएका छन् । होली पर्वको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रत्येक वर्ष दिँदै आएको ‘महामूर्ख’को उपाधि यस वर्ष डा. झाले पाएका हुन् । महामुर्खको उपाधि पाएका डा. झालाई पाक, फलफूल र तकारी मिश्रित माला लगाइ दिएको थियो । उनलाई मिथिला चित्रकला र प्रशस्ति पत्र समेत प्रदान गरिएको छ । जनकपुर क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई व्यंग्यात्मक रुपमा महामुर्ख घोषणा गरी सम्मानित गर्ने गरेको मिनापले जनाएको छ ।मिनापले प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्र
एजेन्सी / भारतीय नायिका विद्या बालनको ‘जलसा’ फिल्म शुक्रबारबाट प्रर्दशनमा आएको छ । ड्रामा थ्रिलर फिल्म ‘जलसा’ शुक्रबारबाट प्रर्दशनमा आएको हो ।यस फिल्मा विद्या बालन, शेफली शाह, मानव कौल, रोहिणी हंटट्गडी, इकबाल खान, विधात्री बन्दी, श्रीकान्त मोहन, शफिन पटेल र सुर्या कसिभटला जस्ता उत्कृष्ट कलाकारहरुको अभिनय रहेको छ । सुरेश त्रिवेणीद्वारा निर्देशित फिल्म ‘जलसा’ अबुदन्तिया इन्टरटेन्मेन्ट र टि सिरिजले संयुक्त रुपमा निर्माण गरेको हो ।‘जलसा’ एक शिर्ष पत्रकार र उनको कुकको जिवनमा वर्णन गरिएको संघर्षमा आधारित मनमोहक कथा हो । मन्त्रमुग्ध प्रस्तुति र उत्कृष्ट कथावस्तुले सुसज्जित ‘जलसा’ ले सबैको मन जित्ने अ
काठमाडौँ / भारतमा फिल्म निर्देशक लव रञ्जनले निर्देशन गरेको फिल्ममा कामदारले पारिश्रमिक नपाएपछि फिल्मको सुटिङ सेटमा गरे तोडफोड गरेका छन् । निर्देशक रञ्जनले निर्देशन गरेका एक बेनामे फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका हुन् । निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’ ‘कान्दीवली’मा एक गीतमा काम गरेको र त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन् र यसको कुल मूल्य १ दशमलब २ करोड रुपैयाँ पर्दछ । प्रहरीले कामदारले सुटिङ सेटमा तोडफोड गरेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको थियो । त्यसपछि वर्कस
बिर्तामोड / यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) को ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन् । नेपाली समय अनुसार आज बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वर्ल्ड बनेकी हुन ।प्रतियोगितामा अमेरिकाकी श्री सैनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज कोट डी आइभोरीकी ओलिभिया यसले जितेकी छन् । मिस वर्ल्डको अन्तिम ३० मा पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ भने त्यो भन्दा अघि बढ् सकिनन् । कूल ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फाइनलमा सहभागी गराइएको थियो ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.