नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुने भएको हो।भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन्। नेपालमा असाधारण रूपमा सफल भएपछि भारतीय गोरखा समुदायको बाक्लो उपस्थितिका कारण सिक्किम–दार्जिलिङ क्षेत्रका हलमा यसको उच्च माग रहेको बताइन्छ।यस चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उम
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखेको थियो ।तर, निर्माणपक्षले यसको केही समय अगाडि नाम परिवर्तन ग¥यो । बाहुनका ठाउँमा मान्छे राख्यो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माणपक्षले प्रष्ट पारेको थियो ।यद्यपि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक सिनेमा नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । विषय र प्रसंगले जुरेको नामका आधारमा सिनेमा नै धार्मिक हो कि भन्ने आंशका गरिएको उनको भनाइ छ ।“हाम्रो सिनेमा धार्मिक होइन । सोसल स्टोरी हो । विषयसँग जोडिएर जन
अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियोलाई रिलिज गरेको हो।यस गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरूलाई समेटिएको छ भने कोरियोग्राफी कमल राईले गरेका छन्।कुमार केसी निर्देशित यस फिल्ममा सुरवीर पण्डित,रोहन सेन्चुरी,प्रशान्त मुखिया,रचना सिवाकोटी,लानाम डोर्जे लामा, कृष्ण सुवेदी,दीपेन्द्र सुब्बा,तुलसा शर्मा,अचला अधिकारी,अभय अधिकारी,पिटर खवास
काठमाण्डौ । नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्मको टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गराएको छ।यस वर्षको बडादसैँको फूलपातीका दिन प्रदर्शनमा आउने फिल्मको टिजरको सुरुवातमा देशको एक हिस्सा शत्रुहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। त्यहीबेला पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत अर्पण गर्दै बिताएको समय र त्यो
काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ । शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो । नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सफल भयो । नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६ ,रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीप
पत्रकार उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ कृष्ण भजन सार्वजनिक भएको छ । भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।सो भजनमा निरज सापकोटाको शब्द र पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गरेको हो । ‘वंशी बजाइदेऊ कृष्ण वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गरेको छ ।कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य, लोभ र मोह त्यागको सन्देश बोकेको भजनमा दीनदुःखीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको छायांकन केही दिनमा काठमाडौंमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायांकन गर्नेछ ।माइकल चन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई चैत्रको २७ गतेबाट नयाँ वर्षको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो ।निर्माणपक्षले शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन्
धर्मेन्द्र र अमिताभ बच्चनको जय–विरु जोडीको कल्ट क्लासिक फिल्म शोलेले आजवाट ५० वर्ष पूरा गरेको छ। अहिले पनि सिनेमा प्रेमीहरूमा यो चलचित्र प्रतिको चासो घटेको छैन । हो, स्वतन्त्रता दिवस शोलेले ५० वर्ष पूरा गरेको छ । १५ अगस्ट १९७५ मा रिलिज भएको शोलेलाई रमेश सिप्पीले निर्देशन गरेका थिए। यो ७० को दशकको सबैभन्दा कमाउने फिल्म पनि हो । शोलेको बजेट ३ करोड थियो र यसले बक्स अफिसमा ३५ करोड कमाएको थियो। यस फिल्मको स्टार कास्टले त्यो बेला पनि निकै ठूलो रकम पारिश्रमिक लिएका थिए । धर्मेन्द्र, अमिताभ बच्चन, अमजद खान, सञ्जीव कुमार, हेमा मालिनी र जया बच्चनले शुल्क लिएका थिए तर एक अभिनेताले भने शुल
मितिः १५ अगस्त, वर्ष १९७५ । सो दिन एउटा सिनेमा हलहरूमा रिलिज भयो, नाम थियो– शोले।सुरू सुरुमा यो फिल्मले दर्शकबाट खासै प्रतिक्रिया पाएन । कतिसम्म भने यो फिल्म फ्लप हुने पनि भन्न थालिएको थियो । कारण, फिल्मको क्लाइमेक्समा अमिताभ बच्चनको चरित्र जयको मृत्यु देखाइएको थियो। निर्देशक रमेश सिप्पीलाई अमिताभका फ्यानलाई उनको मृत्यु मन नपर्ने भएकाले यसलाई परिवर्तन गर्नुपर्ने सुझाव दिएका थिए । रमेश सिप्पीलाई पनि यो सुझाव एक क्षणको लागि सहि पनि लागेको थियो तर लेखक सलीम खान र जावेद अख्तरलाई भने आफ्नो कथामा पूर्ण भरोसा थियो, त्यसपछि क्लाइमेक्स परिवर्तन नगर्ने निर्णय गरियो।रिलिज भएको केही समय पछि मात
रजनीकान्तको बहुप्रतिक्षित फिल्म कुली १४ अगस्ट २०२५ मा ठूलो पर्दामा रिलिज भएको छ। यो फिल्मसँगै रजनीकान्तले पनि उद्योगमा ५० वर्ष पूरा गरेका छन्। कुली फिल्म भारतभर पाँच भाषामा रिलिज भएको छ ।यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन खलनायकको भूमिकामा देखिएका छन् । फ्यानहरू रजनीकान्तलाई एक पटक फेरि ठूलो पर्दामा हेर्न उत्साहित भएका छन्, त्यसैले आज हामी तपाईंलाई रजनीकान्तका शीर्ष १० सबैभन्दा धेरै कमाउने फिल्महरूको बारेमा बताउने छौं ।रोबोट २.०सन् २०१८ मा रिलिज भएको रजनीकान्तको सबैभन्दा धेरै कमाउने फिल्म रोबोट २.० हो। यसमा रजनीकान्तले चिट्टी नामक रोबोटको भूमिका निभाएका थिए। यो फिल्मले विश्वभर करिब ८ सय करोड क
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.