दार्चुला— जिल्लाको महाकाली नगरपालिका–१, मलेरामा जन्मिएका लोकप्रिय कलाकार सन्तोष लुहारले पहिलो पटक मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ मा Best New Singer को अवार्ड प्राप्त गरेका छन्।

उनी यो अवार्ड आफ्नो लोकप्रिय लोक दोहोरी गीत 'हिँउ पग्लेर पानी हजूर' बाट जित्न सफल भएका हुन्। अवार्ड प्राप्त गरेपछि सन्तोषले आफ्नो खुशी व्यक्त गर्दै सम्पूर्ण मुर्चुङ्गा म्युजिक परिवारलाई धन्यवाद दिएका छन्।

सन्तोष लुहारले हालसम्म करिब एक दर्जनभन्दा बढी गीतमा आवाज भरेका छन्। उनका केही चर्चित गीतहरूमा नाचीं कन सूवा, ऐना टल्लकै, लोभ्याउने रूप रंग, घडी हातैमा, लाली जोबन, आज छोड्यौं मेरो साथ, र तिमीलाई मेरो शुभकामना समावेश छन्।

लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका सन्तोषले भविष्यमा अझ धेरै नयाँ र फरक शैलीका गीतमार्फत दर्शकसँग सम्पर्क कायम राख्ने योजना बनाएका छन्। कलाकारका अनुसार, “म्युजिकको माध्यमबाट आफ्नो कला र परम्परागत लोक गीतलाई जीवन्त राख्ने प्रयास गर्नेछु,” उनले बताएका छन्।

मुर्चुङ्गा म्युजिक परिवारले पनि आगामी वर्षहरूमा नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने अभियान निरन्तर चलाउने योजना रहेको जनाएको छ।

santos 2