मनोरञ्जन

    Showing 271-280 of 2,626 items.
  • धरानमा चलचित्र ‘कुमारी’को विशाल होर्डिङ, नेपालकै सबैभन्दा ठुलो पोस्टर दाबी

    माघ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी चलचित्रको होर्डिङ बोर्ड राखिएको हो।३२०० स्क्वायर फिट (४० बाई ८० फिट) क्षेत्रफलको उक्त होर्डिङ बोर्डको पोस्टर छपाइमै करिब ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ। नेपालमै छापिएका र जडान गरिएका पोस्टरहरूमध्ये ‘कुमारी’को पोस्टर नै सबैभन्दा ठुलो भएको दाबी निर्माण पक्षले गरेको छ। धरानको व्यस्त क्षेत्रमै राखिएको विशाल पोस्टरले चलचित्रप्रति दर्शकको ध्यान तानिरहेको छ।हाल चलचित्रको गीत ‘डोको बुन्ने निगाली चोयाले’

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 315 पटक पढिएको
  • ‘गोबर गणेश’लाई महानायकदेखि दिग्गज कलाकारहरूको साथ, बल्छीको मेहनतलाई सबैको ‘प्रशंसा’

    मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ ।विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली चलचित्र क्षेत्रका दिग्गज हस्तीहरूलाई भेटेर चलचित्रको बारेमा जानकारी गराउन र आशीर्वाद लिन व्यस्त छन् । यसै क्रममा उनले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, निर शाह, चर्चित अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला लगायतका थुप्रै कलाकारहरूसँग भेटघाट गरेका छन् ।भेटका क्रममा कलाकारहरूले बल्छी धुर्वेको मेहनत र इमानदार

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 301 पटक पढिएको
  • सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

    काठमाडौं—  बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन् । काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् ।उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ मध्ये नेपाल एक भएको बताएकी छन् । शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी थिइन् । उनको यो चौथो नेपाल भ्रमण हो । उनी आइतबार साँझ नै दिल्ली फर्किएकी छन् ।

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 468 पटक पढिएको
  • अल्पायुमै अस्ताए प्रशान्त...

    प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो। उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने। नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ। उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ।गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जि

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 323 पटक पढिएको
  • मिस लिटिल नेवाको ट्यालेन्ट शो सम्पन्न

    काठमाडौं— नेवार समुदायका बालिकाहरुको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले मिस लिटिल नेवाको १५औँ  संस्करणअन्र्तगत शनिवार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ ।गौशालास्थित होटेल पौवामा सम्पन्न ट्यालेन्ट शोमा मिस लिटिल नेवाका ९ देखि १३ बर्षका २० प्रतिस्पर्धीले आपूmमा अन्र्तनिहीत विभिन्न कला प्रदर्शन गरे ।प्रतिस्पर्धीहरुले नृत्य, स्केटिङ, जिम्न्याष्टिक, चित्रकला, भ्वाइलीन वादन, धिमे वादन, चर्या नृत्य, कुमारी नृत्य, बज्रयोगिनी नृत्य, स्केचजस्ता विविध प्रतिभा प्रदर्शन गरेर निर्णायक र अभिभावकलाई आकर्षित गर्ने प्रयास गरे । ट्यालेन्ट शोमा प्रायः प्रतिस्पर्धीले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 454 पटक पढिएको
  • बैशाखमा 'नेपाल ग्रामीण चलचित्र महोत्सव'को पाँचौँ संस्करण हुने

    'नेपाल ग्रामीण चलचित्र महोत्सव'को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानले आइतबार एक बिज्ञप्ती जारी गर्दै महोत्सवको जानकारी दिएको हो ।महोत्सवका लागि आयोजकले नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान समेत गरेको छ । महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्नेछन् । प्राप्त फिल्महरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ भने उत्कृष्ट फिल्महरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।नेपाली मौलिक

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 244 पटक पढिएको
  • श्रिया पिलगाउँकरले सुरु गरिन् ‘मिर्जापुर’को सुटिङ

    चर्चित वेब सिरिज ‘मिर्जापुर’ मा आधारित फिल्म ‘मिर्जापुर: द फिल्म’ को चर्चा चुलिएको छ। यसैबिच फिल्ममा अभिनेत्री श्रिया पिलगाउँकर पनि देखिने निश्चित भएको छ। श्रियाले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले फिल्मको सुटिङ सुरु गरेको जानकारी दिएकी हुन्।उनले सुटिङ सेटका दुईवटा तस्बिरहरू सार्वजनिक गरेकी छन्, जसमा पहिलो तस्बिरमा फिल्मको क्ल्यापबोर्ड देखिएको छ भने दोस्रो तस्बिरमा उनी अली फजल, श्वेता त्रिपाठी, दिव्यन्दु शर्मा, पंकज त्रिपाठी र रसिका दुग्गल लगायतका कलाकारहरूसँग देखिएकी छन्।श्रियाले पोस्टको क्याप्सनमा ८ वर्षपछि आफू मृत्युको मुखबाट फर्किएको उल्लेख गर्दै प्रशंसकहरूलाई सरप्राइज दिएकी छ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 286 पटक पढिएको
  • ‘राजा साब’ को स्क्रिनिङमा आगलागी

    दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘राजा साब’ जनवरी ९ मा रिलिज भएको छ । शनिबार ओडिशामा यस फिल्म प्रदर्शनको क्रममा ठुलो दुर्घटना हुनबाट जोगियो । फिल्ममा प्रभासको एउटा फाइट सिन देखेर उत्साहित फ्यानहरूले हलभित्रै आरती सुरु गरे । त्यसको केही समयपछि, आरतीको थाली खस्यो र हलमा आगो लाग्यो ।यो घटना ओडिशाको रायगडास्थित अशोक टकिज हलको भएको बताइएको छ । फिल्मको सुरुमा गीत बज्न थालेसँगै प्रभासका केही फ्यानहरूले स्क्रिनको अगाडि गएर आरती सुरु गरे । यही क्रममा एक जना फ्यानको हातबाट थाली खस्यो र भुइँमा आगो टिप्यो ।कर्मचारी नआउँदासम्म हलभित्र रहेका फ्यानहरूले मिलेर आगो निभाउने प्रयास गरे । घटनाको भिडियो अनला

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 253 पटक पढिएको
  • बुवा र छोरीको मार्मिक कथा हो ‘मिरमिरे’ : दयाहाङ

    अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको कथामा निर्माण भएको बताएका छन् । फिल्ममा सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा समेत देख्न मिल्ने उनको भनाइ थियो ।‘छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी फिल्मले भन्छ’ दयाहाङले भने– ‘यो इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू र फिल्म केन्द्रित छ ।’झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा  ‘मिरमिरे’ मा धेरै कुरा रहेको उनको भनाइ छ । ‘झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो फिल्म छानेको हुँ’, उनले भने– ‘कतिसम्म दुःखी र खुसी

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 237 पटक पढिएको
  • ‘ऊनको स्वीटर’ ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

    काठमाडौं— नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ ।५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन् । यी हलहरूमा चलचित्रले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ४० भन्दा बढ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 469 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.