मनोरञ्जन

    Showing 231-240 of 2,074 items.
  • फेरी सार्वजनिक भयो विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी'

    लोकगायिका विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक भएको छ। यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ।गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ। यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन्।गीतले दसैँमा घर फर्कन नपाएका र परिवारबाट टाढा रहेका परदेशी नेपालीहरूको वेदनालाई समेटेको छ।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 348 पटक पढिएको
  • 'धागो'को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

    अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो चलचित्रको गीत शुक्रवार सार्वजनिक गरिएको हो।गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्।गीत सार्वजनिकसँगै च

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 359 पटक पढिएको
  • 'मैझारो’ को दुई पोस्टर सार्वजनिक, कात्तिक ७ गतेबाट प्रदर्शन

    आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्। पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन्। धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्,

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 306 पटक पढिएको
  • राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।सो अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 175 पटक पढिएको
  • काष्ठमण्डप कप मंगलबारदेखि हुँदै

    काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन् । बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२–१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 167 पटक पढिएको
  • बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जस अन्तरगत नेपाल र बंगलादेशबीचको पहिलो खेल शनिबार साँझ ५ः३० बजे दशरथ रंगशालामा हुन लागेको छ । साथै दोस्रो खेल मंगलबार हुने तय भएको छ । विजेताको निर्णय समग्र नतिजामा आधारित हुनेछ । यदि दुवै खेलमा समान नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरिनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 122 पटक पढिएको
  • ‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

    काठमाडौं । ‘विद्यालय’ फिल्मका निर्देशक अन्तरिक्ष अधिकारीले ‘विद्यालय’ चलचित्रले अभिभावकलाई सुसुचित गर्ने बताएका छन् । शुक्रबार ‘विद्यालय’ नामक शैक्षिक चेतनामूलक भिडियो प्रदर्शन गर्दै उनले विद्यार्थीका हक हितमा फिल्म बनाएको दाबी गरे । उनले फिल्म प्रदर्शनबाट उठेको पैसाले केही विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्ने पनि बताए । ‘फिल्मको कथावस्तु भन्नाले विद्यालय नै पहिलो घर हो, बाबुआमा पहिलो शिक्षक शिक्षिका हुन् । संस्कार हामीले घरबाट नै दिनुपर्छ ।  फिल्मको मुलभूत उद्देश्य भनेको नै अभिभावकलाई सुसुचित गर्ने हो,’ उनले भने । त्यस्तै उक्त चलचित्र हेर्न आएका विद्यार्थी प्रविन ढुंगान

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 210 पटक पढिएको
  • बेल्जियममा भव्य प्रस्तुति दिएर युरोपबाट बिदा भयो नेपथ्य

    लन्डनको वेम्बली एरिनामा १० हजार दर्शकमाझ प्रस्तुति दिएर सुरु भएको नेपथ्यको शृङ्खलाबद्ध युरोप यात्रा लगातार भव्य सफलताको मानक खडा गर्दै टुङ्गिएको छ । नेपथ्यले यस वर्षको युरोप यात्राको अन्तिम प्रस्तुति बुधबार बेल्जियममा गरेको छ ।बेल्जियममा स्थानीय एईडी स्टुडियोस्थित हलभरि दर्शकको उपस्थितिमाझ बुधबार बेलुकी ठिक ८ बजे नेपथ्यको कन्सर्ट सुरु भएको थियो । दुई वटा म्युजिक भिडियो सकिनासाथ चर्को दर्शक आवाजबिच नेपथ्य टोली मञ्चमा देखा परेको थियो । लगत्तै जब गायक अमृत गुरुङ मञ्चमा उपस्थित भए, हलभरि विभिन्न ‘स्पेशल इफेक्ट’ का प्रभाव– ध्वनि, प्रकाश, सीओटूको मुस्लो र कनफेटिको टुक्रा बनेर फैलिन थाले । र, सु

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 258 पटक पढिएको
  • सदियौं पुराना कला र संस्कृतिको रक्षा गर्नु हामी सबैको दायित्व हो: राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल कला परिषद बबरमहलमा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ का अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रो भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा हामी सबै क्रियाशील हुनुपर्ने बताएका हुन् ।राष्ट्रपति पौडेलले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेशाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 307 पटक पढिएको
  • ‘कोशेढुंगा’को अनुगमन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयको बोर्डलाई पत्र

    गत भदौको १२ गतेबाट हलमा लागिरहेको चलचित्र ‘कोशेढुंगा’को अनुगमन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको श्रव्य दृश्य शाखाले चलचित्र विकास बोर्डलाई पत्र काटेको छ । सेन्सर बोर्डले दिएको निर्देशन पालना नगरेको भन्दै श्रव्य दृश्य शाखाले विकास बोर्डलाई पत्र काटेको हो। यो फिल्मको विभिन्न स्थानमा बोलिएका समाजमा अश्लील लाग्ने संवाद तथा शब्दहरु हटाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने गरि प्रदर्शनको अनुमति सेन्सर बोर्डले दिएको थियो । तर, यसको टिमले सेन्सरले हटाउनु वा म्यूट गर्नु भनेका दृश्य नहटाइ प्रदर्शनमा ल्याएको भन्दै श्रव्य दृश्य शाखाले विकास बोर्डलाई पत्र काटेको हो । सरोज पौडेलको

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 244 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा