मनोरञ्जन

    Showing 231-240 of 2,829 items.
  • ‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

    विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा देखाइएको छ । आफ्नो भाग त्यागेर छोराको खुसीका लागि बाबुले देख्ने सपना समेटेको टिजरले उक्त सपना पूरा नहुँदाको निराशा प्रस्तुत गरेको छ ।पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ । समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र रहेको समाज कसरी सरकारी छात्रवृत्तिबाट बञ्चित भइरहेको छ भन्ने यथार्थ टिजरमा समेटिएको छ ।छा

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 135 पटक पढिएको
  • चलचित्र ‘जूबा’को छायांकन सुुरु,७५ दिनको सुटिङ सेड्युल

    काठमाडौं । चलचित्र ‘जूबा’को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको छायांकन सर्लाहीबाट सुरु भएको हो ।बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु भएको चलचित्र ७ दिन खिचिनेछ । सर्लाही र काठमाडौं सँगै यो सिनेमा भारतको राजस्थानमा पनि सुटिङ हुनेछ । ७५ दिनको छायांकन सेड्युल राख्नुले यो चलचित्रले पूर्णरुपमा सिनेम्याटिक फिल दिने प्रस्ट हुन्छ । ठूलो क्यानभासमा सिनेमा खिचिने यसको लोकेसन र सुटिङ डेजले पनि पुष्टि गर्छ ।‘जूबा’को मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 315 पटक पढिएको
  • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

    गलकोट। नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो ।उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मङ्गलबार समापन गरिएको र आगामी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।गालामा अनेकथरी रङ्ग पोतिएको, शिरमा श्रीराम लेखिएको रातो पट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने १३ जोडी युवा विभिन्न १० तालमा नाच्दै ह

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 309 पटक पढिएको
  • ‘हिम घोडा’ सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद

    मनाङ। गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किनुभएको छ । गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा फर्किनुभएको हो ।लामो समयपछि पुनः सङ्गीतमा फर्किनुभएका उहाँले भन्नुभयो,“पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ । मेरो लागि गीतसङ्गीत भनेको एक साधना हो, जसले मलाई सधैँ ऊर्जा र प्रेरणा दिन्छ ।”विगतमा देशमा भएका विभिन्न महामारीजन्य घटना र मनाङमा बाढीपहिरोजस्ता विपद्ले गर्दा गीतसङ्गीतभन्दा समाजसेवालाई समय दिनुपरेको गुरुङले सुनाउनुभयो । अब भने यसै क्षेत्रमा निरन्तर लागिरहेने उहाँक

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 280 पटक पढिएको
  • 'गौथली' निर्माणको घोषणा

    नेपाली चलचित्र जगतमा 'गौथली' एउटा स्थापित र भावनात्मक नाम हो । नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो । अहिले सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ चलचित्र 'गौथली' आउँदै छ ।यो चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र ‘ह्यारीकी प्यारी’ बनाएका थिए ।निर्माण पक्षले वितरकहरू फाइनल गरेसँगै चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन १ गते (जुलाई १७) लाई तय गरेको हो ।यस चलचित्रमा नायक अरुण क्षेत्री र सिम्रन खड

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 311 पटक पढिएको
  • ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा

    चलचित्र ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी भदौ १९ गते बाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने भएको हो ।हरि लम्सालको निर्देशनमा निर्माण भएको निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार यो चलचित्रलाई कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा देशभरका सिनेमाघरमा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिएको छ ।नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो चलचित्रको कथा र पटकथा स

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 273 पटक पढिएको
  • चलचित्र 'मालती मंगले'को ट्रेलर सार्वजनिक, ट्रेलरमा देखियो प्रेम, खटपट र सामाजिक यथार्थ

    काठमाडौं - आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र 'मालती मंगले'को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको साथमा चलचित्रका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवालीका साथै अन्य टिमको उपस्थिति रहेको थियो।सार्वजनिक ट्रेलरले 'मालती मंगले'लाई पूर्ण पारिवारिक र सामाजिक कथामा निर्माण गरिएको चलचित्रको रूपमा चिनाएको छ। ट्रेलरमा मालत

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 327 पटक पढिएको
  • कुपिण्डे दहको आँगनमा कर्णाली चलचित्र महोत्सवको भव्य रौनक

    सल्यानको मनोरम पर्यटकीय गन्तव्य कुपिण्डे दह प्राकृतिक सौन्दर्यमा मात्र सीमित रहेन, यतिबेला यो कर्णालीलाई विश्वसामु चिनाउने सिनेमाको पर्दा बन्न तम्सिएको छ। "घुमौँ कर्णाली, हेरौँ कर्णाली" र "जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र" भन्ने मूल मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कुपिण्डे दहको किनारमा भव्यताका साथ सम्पन्न भएको छ। सुर्खेतबाट आरम्भ भएको यो कला र पर्यटनको कुम्भमेलाले कर्णालीको लुकेको कला, संस्कृति र प्राकृतिक छटालाई चलचित्रको लेन्सबाट विश्वबजारमा स्थापित गर्ने उच्च महत्वकांक्षा बोकेको छ।कर्णाली प्रदेशलाई चलचित्र छायांकनक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 240 पटक पढिएको
  • नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक ‘साहु बा’, ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

    काठमाडौं । नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला एउटा नयाँ सिरिजले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएसँगै यसको कथावस्तु र मेकिङलाई लिएर चर्चा सुरु भएको हो ।साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भइसकेका छन् । सार्वजनिक एपिसोडहरूले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।विशेषगरि, ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित कथावस्तुमा रहेको ‘साहु बा’ सिरिजले आफ्नो वृहत् क

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 275 पटक पढिएको
  • प्रदर्शन गर्न लागेको चलचित्र ‘लालीबजार’ किन रोकियो ? यस्तो छ कारण

    काठमाडौं— आज मंगलबार प्रर्दशन गरिने भनिएको चलचित्र ‘लालीबजार’ रोकिएको छ ।  उक्त चलचित्र उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएसँगै  प्रर्दशन रोकिएको हो।प्रदर्शनको तीन दिनअघि अदालतले प्रदर्शन रोक्न भनेपछि निर्माण टिम अन्योलमा परेको थियो । निर्माण पक्षले मंगलबार साँझ साढे ५ बजे प्रिमियर शो आयोजना गरेको थियो । तर अदालतले दिएको आदेशसँगै उक्त शो स्थगित गरिएको निर्माण पक्षले बताएको छ ।“अदालतले सार्वजनिक प्रदर्शन नगर्नु भनेपछि हामी खदालतको आदेशलाई सम्मान गर्छौं,” लालीबजारका कार्यकारी निर्माता प्रदीप भट्टराईले भने, “अदालतको सम्मान गर्दै आजको प्रिमियर स्थगित गरेका छौँ ।”उनका अ

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 546 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.