मनोरञ्जन

    Showing 2,161-2,170 of 2,829 items.
  • कार्साङको अग्रिम बुकिङ खुला

    काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो फिल्मले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो ।  वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो ।यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ ।त्यसैगरि, एफ क्युब सिन

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 514 पटक पढिएको
  • फिल्म कुस्तीमा आइआइएफटीको पहिरन

    काठमाडौँ । कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । आज आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।फिल्म ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए ।उनले भने, ‘हामीले आइआइएफटीमा अध्यनरत विद्यार्थीलाई फेशनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मुर्तरुप दिनेमा विश्वस्त छौँ ।’कलाकारद

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 393 पटक पढिएको
  • दुखी आत्मा टिजरमा भरपुर द्विअर्थी संवाद

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । ३ मिनेट १५ सेकेण्डको टिजरका अधिकांश संवाद द्विअर्थी छन् ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।टिजरमा फिल्मका मुख्य दुई कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन् । टिजरमा राखिएका द्विअर्थी संवादलाई सुन्ने हो भने फिल्मले एडल्ट कथावस्तुलाई प्राथमिकता दिएको बुझ्न सकिन्छ ।फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक,

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 346 पटक पढिएको
  • भूकम्प पछि जिममा व्यस्त मनीषा

    काठमाडौं । मंगलबार बिहान नेपाल र चीनको सीमावर्ती तिब्बतमा ७ दशमलब १ म्याग्नेच्युटको भूकम्प गयो । उक्त भूकम्पले मानिसहरु त्रस्त भए । यही बीच अभिनेत्री मनिषा कोइराला भने भूकम्प पछि नियमित व्यायामका लागि जिम पुगिन् । उनले इन्स्टाग्राम एकाउण्टमा भूकम्प पछि जिम पुगेको भिडियो राखेकी छन् ।मनीषाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक भिडियो राखेकी छने । जहाँ उनलाई ट्रेडमिल चलाईरहेको देख्न सकिन्छ । यो भिडियोमा मनीषा जिम आउटफिटमा ज्याकेट र बेसबल क्यापमा देखिएका छन् । भिडियोमा उनले तिब्रगतिमा ट्रेड मिल चलाइरहेको देख्न सकिन्छ । उनले भिडियोको क्याप्सनमा ‘भूकम्पले मलाई बिहानै उठाइदियो’ लेखेकी छन् ।कामको कुरा गर्द

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 348 पटक पढिएको
  • उदितनारायण बसेको भवनमा आगलागी, एकको मृत्यु

    मुम्बई(एजेन्सी) । गायक उदित नारायण झा बस्दै आएको मुम्बईको भवनमा आगलागी भएको छ । आगलागीमा परी उदितका एक छिमेकीको निधन भएको छ । सोमबार राती अँधेरीको शास्त्रीनगरमा अवस्थित उदित नारायण बस्दै आएको भवन ‘स्काईपेन’मा आगलागी भएको हो ।विक्की लालवानीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै भवनको ११ औं तलामा बस्दै आएका उदितका छिमेकी राहुल मिश्रालाई कोकिलाबेन अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । आगलागीमा रौनक मिश्रा गम्भीर घाइते भएका छन् ।मुम्बई फायर ब्रिगेड हेडक्वार्टरका अनुसार भवनमा रहेको मिश्राको फ्ल्याटमा बिजुली सट हुँदा आगलागी भएको हो । प्रत्यक्षदर्शीले फ्ल्याटमा दियो बाल्दा दियोले झ्यालको पर

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 539 पटक पढिएको
  • ४५ वर्षपछि डेमीलाई गोल्डन ग्लोब अवार्ड

    लसएन्जल्स(एजेन्सी) । एक कलाकारको जीवनमा सबैभन्दा राम्रो कुरा के हुनसक्छ ? एक कलाकारको काम हुन्छ पर्दामा आफ्नो उत्कृष्ट प्रस्तुती दिनु । यसपछि त्यो कलाकारलाई आफ्नो प्रस्तुती दर्शकले मनपराउँछन् र पुरस्कार दिन्छन् भन्ने आशा हुन्छ । यसो हुँदा उक्त कलाकारलाई निकै प्रोत्साहन मिल्छ ।हलिउड अभिनेत्री डेमी मूर यस्तै अभिनेत्री हुन्, जसले झण्डै साढे चार दशकपछि अभिनयबाट ‘गोल्डन ग्लोब’ अवार्ड जितेकी छन् । यो अवार्ड उनले आफ्नो करियरमा पहिलोपटक जितेकी हुन् ।उनले फिल्म ‘द सब्सटेन्स’का लागि ‘सर्वश्रेष्ठ महिला अभिनेता–मोशन पिक्चर्स–म्यूजिकल÷कमेडी’ विधामा यो अवार्ड जितेकी हुन् । अवार्ड जिते पछि उनी निकै भावुक बने

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 314 पटक पढिएको
  • समीक्षाको मच्छी मारे जाई

    काठमाडौं । पछिल्लो समयलाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ । प्रविधिले मारेको फड्कोसंगै गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ । गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने मध्यमा कैलालीका युवा नरेश जोगी पनि पर्छन् । आफ्नो भाषा, कला संस्कृति संरक्षणको पक्षमा गीत, संगीतको माध्यमबाट योगदान दिदै आइरहेका नरेश जोगीको शब्द, संगीत र स्वरमा थारु गीत ‘मच्छी मारे जाई’को सुन्दर भिडियो सार्वजनिक भएको छ । नरेश जोगीलाई आरके थारु, राज कुश्मी, सोनु कुश्मी, आरजु चौधरीले स्वरमा साथ दिएका छन् भने निर्माता केशव बडु हुन् ।सार्वजनिक भएको सातादिन पनि नबित्दै झण्डै लाखको

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 261 पटक पढिएको
  • चर्चित गीतका गायकको चर्चा

    झापा :अहिले टिकटकमा भाइरल भैरहेको गीत "मोहनी लगाएउकि मन्तर गरेर, कपाल कोरेर....." का रचयिता तथा गायक हुन् मधुबाबु थापा । उनको जन्म २०१० सालमा दाङमा भएको थियो भने सानै उमेरमा दृष्टि गुमाउन पुगेका उनी विभिन्न समारोहहरुमा गीत गाउने गर्थे र आफुले रचना गरेको गीतहरुको कारण चर्चित अनि सम्मानित हुँदै गए । २०३९ सालमा उनले रेडियो नेपालमा प्रवेस गरे जहाँ बाध्यबादन बजाउने र गीत गाउने लगायतका काम गर्न थाले र २०४२ सालमा चौतारी एल्बममा समाबेस भएको उनको "मोहनी लगाएउ कि मन्तर गरेर, कपाल कोरेर...." गीत चर्चित बन्न पुग्यो जुन आज सम्म निकै चर्चामा रहेको छ । उनले २०७३ साल पुस ८ गते हामी माझ बाट सदाका लागि बिदा लिए

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 415 पटक पढिएको
  • ट्रेलरमा फिरफिरे फिरिरी

    काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ ।ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा नविन भट्टको निर्देशन छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार मनोज अधिकारीले फिल्म फरक कथा ब

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 503 पटक पढिएको
  • माघ ४ बाट भ्वाइस अफ नेपाल सिजन ६

    काठमाडौँ । लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण आगामी माघ ४ गतेबाट हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे र भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम आउने शोका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए ।निर्देशक पौड्यालका अनुसार यसपटक पनि गएका सिजनहरुजस्तै विभिन्न राउण्ड कायमै रहेका छन् । साथै यसपटक केहि कोच परिवर्तन भएका छन् । यसपटक लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका मेलिना राई नयाँ कोचको रुपमा भित्रिएका छन् भने यसअघि कोच बनिसकेका राजु लामा र उदय सोताङ पनि छन् । ब्लाइण्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 460 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.