काठमाडौं - नेपाली चलचित्र जगतमा यतिबेला आगामी भदौ २६ गते प्रदर्शन हुने चलचित्र 'बेहुली'को सांगीतिक चर्चा चुलिएको छ। चलचित्रको पहिलो गीत 'दिलमा ठाउँ छ'को भव्य सफलतापछि निर्माण पक्षले सार्वजनिक गरेको दोस्रो गीत 'म भईन भने'ले इन्टरनेटमा विष्फोटक सुरुवात गरेको छ। सार्वजनिक भएको २४ घण्टा भित्रै यो गीत टिकटक र युट्युबमा निकै व्यापक बनेको छ।रोमान्टिक गीत 'म भईन भने'ले डिजिटल प्लेटफर्ममा आफ्नै अघिल्लो रेकर्डलाई समेत तोडेको छ। यस गीतले सार्वजनिक भएको २४ घण्टाभित्रै युट्युबमा ४ लाख भ्युज र टिकटकमा २० हजार भन्दा बढी भिडियो पाउँदै नयाँ रेकर्ड राखेको छ। जबकी चलचित्रको पहिलो चर्चित गीत 'दिलमा ठाउँ छ' ले सोह
काठमाडौं । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक भएको छ । ‘नक्कल पारी’ बोलको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर छ । प्रशान्त शिवाकोटीको संगीत रहेको गीतमा सुष्मा सिग्देलको शब्द छ ।तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक फ्लेबरको गीतमा पछिल्लो समय तीज संस्कृति धान्ने चाडभन्दा पनि देखाउने माध्यम बन्दै गएको यथार्थलाई चित्रण गरेको छ । पहिरन र गहनामा अरुको देखासिकी गर्ने खराव प्रवत्ति हाबी हुँदै गएको वास्तविकतालाई गीतले टपक्क टिपेको छ ।अरुले जस्तो गहना र लुगा लगायो आफूले पनि ऋणधन गरेर भए पनि त्यस्तै लगाइहाल्नु पर्ने र त्यसका लागि श्रीमानलाई दिने प्र
काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन् ।सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको प्रवेश भएको हो । अहिलेकी व्यस्त र डिमान्डेड नायिका अञ्जनाको प्रवेशसँगै सिनेमाको लाइनअप थप बलियो भएको छ ।“सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयास स्वरुप हामीले अञ्जनालाई अनुबन्ध गराएका छौँ,” निर्देशक सौरभले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ, यो क्रम अझै जारी छ ।”डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो च
काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’मा तेस्रोलिंगीहरूको कथा मात्रै नभएको निर्माणपक्षले बताएको छ । सिनेमाको ट्रेलरमा धेरै तेस्रोलिंगीहरु देखिए पनि उनीहरूकै कथामा मात्रै भने यो चलचित्र नरहेको निर्माणपक्षले प्रस्ट पारेको छ ।“यो चलचित्र किन्नर समुदायभित्र रहेका पात्रहरूको कथा हो, तर तेस्रोलिंगी पात्रहरू धेरै भएको फिल्म भनेर बुझ्यौं भने फिल्मको कथा र अर्थ अलि साँघुरो भइदिन्छ,” निर्माता अनुप पौडेल भन्छन्, “केन्द्रमा पिरती छिन्, जो किन्नर समुदायकी एक महिला हुन् । उनी आफ्नो समुदाय, आफ्नी छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी छिन् ।”तेस्रोलिंगीक
काठमाडौं - ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ। गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी र प्रतिष्ठित रङ्गमञ्च समूह सर्वनामको प्रस्तुतिमा नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित यस नाटकलाई वरिष्ठ रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन गरेका छन्।निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ केवल कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो। आफ्नो करिब पाँच दश
काठमाडौं । नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यसहित दोलखाको डाङडुङ्गेमा अघि बढाइएको फिल्म सिटी आयोजना डेढ दशकदेखि अधुरै छ।वि.सं. २०६८र६९ तिर अवधारणा अघि सारिएको आयोजनामा हालसम्म करिब २७ करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ। सडक तथा पहुँचमार्ग निर्माण, जग्गा व्यवस्थापन र प्रारम्भिक पूर्वाधारका काम भए पनि फिल्म सिटीका मुख्य संरचना भने अझै निर्माण हुन सकेका छैनन्।वरिष्ठ कलाकार तथा आयोजनाका परिकल्पनाकार मदनदास श्रेष्ठले हलिउड र युनिभर्सल स्टुडियोबाट प्रभावित भएर नेपालमै आधुनिक फिल्म निर्माण केन्द्र बनाउने सोच अघि सारेका थिए। दोलखाको प्राकृतिक भूगोललाई चलचित्र छायांकन
काठमाडौं । अभिनेता गौरव विष्ट नेपाली चलचित्र क्षेत्रका लागि अब नौलो नाम रहेन । उनको अभिनय उकालो यात्रामा छ । ‘परस्त्री’बाट अभिनेताका रूपमा डेब्यु गरेका विष्टले ‘पीताम्बर’, ‘के घर के डेरा’, ‘घर नम्बर २’ र ‘एक मुठी बादल’सम्म आइपुग्दा अभिनयमा निकारपन देख्न सकिन्छ ।चलचित्रसँगै थिएटर र म्युजिक भिडियोमा समेत सक्रिय विष्ट अहिले आफूलाई फरक–फरक भूमिकामा प्रस्तुत गर्ने तयारीमा छन् । अभिनयमा निरन्तर सिकाइ र खोजीमा रहेका विष्टको अबको चाहना भने एउटा मिठो नेपाली लभस्टोरीमा अर्थपूर्ण चरित्र निर्वाह गर्नेछ । विश्व सिनेमामा ‘रोमियो एन्ड जुलियट’ जस्ता प्रेमकथाको उदाहरण दिँदै उनले नेपाली चलचित्रमा पनि लामो
काठमाडौं - भदौ २६ गते रिलिज हुने चलचित्र 'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ' ले युट्युबमा १ करोड भ्यूजको शानदार सफलता चुम्न लाग्दा, निर्माण टोलीले दर्शकमाझ अर्को उत्कृष्ट सांगीतिक प्रस्तुति पस्किएको छ। दोस्रो गीतको रूपमा निकै मनमोहक रोमान्टिक गीत 'म भईन भने' सार्वजनिक गरिएको हो। गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले आवाज दिएका छन्। यस गीतमा चलचित्रका प्रस्तुतकर्ता समेत रहेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।गीतको अडियो जति उत्कृष्ट छ, यसको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रे
काठमाडौं - सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र 'रोड टु एभरेस्ट'को नेपाल प्रिमियर शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा सम्पन्न भएको छ। नेपालका विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार तथा दर्शकहरूको उल्लेख्य उपस्थितिबीच वृत्तचित्रका तीनवटा विशेष शो आयोजना गरिएको थियो। तीमध्ये एक शो विशेष रूपमा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजका सञ्चालक, प्रिन्सिपल तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूका लागि आयोजना गरिएको थियो।"सगरमाथालाई चिनाउनभन्दा पनि सगरमाथालाई बुझा
काठमाडौं । नायिका सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन् । भदौ १९ गतेबाट रिलिज हुने चलचित्र ‘बा : एक योद्धा’ हेर्न आग्रह गर्दै यसमा केही फरकपन रहेको बताएकी छन् ।यो चलचित्र र यसमा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा–आमाले गरेको त्याग सिनेमामा रहेको बताएकी छन् ।“हामी सबैलाई हाम्रो बाबा–आमाले हाम्रा लागि गरेको सेक्रिफाइज (सम्झौता याद हुन्छ । तर, हामी त्यसलाई बाबा–आमाआमाका अगाडि खुलेर भन्न सक्दैनौँ,” सुहाना भन्छिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सेक्रिफाइज गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ ।”चलचित्रमा केही रमाइलो र कन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.