काठमाडौं— नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ । विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको छ ।फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेमको गहिरो अनुभूतिमा आधारित फिल्म भएको बताए ।उनले भने, ‘यो फिल्म हेरेपछि काजीजस्तो श्रीमान् वा प्रेमी होस् भन्ने चाहना धेरैले गर्नुहुनेछ । काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम अद्भुत छ । अहिलेको पुस्तालाई समेत प्रेमको नयाँ परिभाषा सिकाउने प्रेमकथानक बन्नेमा विश्वस्त छु ।’फिल्ममा ‘काजी’को मुख्य भूमिका निर्वाह गरेका अभिनेता विपिन कार्कील
केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् । ‘समितिले प्रदान गर्ने प्रमाण पत्रमा अब अङ्ग्रेजी नाम ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ रहने छ भने नेपालीमा पुरानै नाम केन्द्रीय चलचित्र जाँच समिति रहनेछ’, बास्तोलाले भनिन् ‘समितिको नाम पहिलेदेखि प्राक्टिस सेन्सर बोर्ड भनिए पनि नेपाली नाम अङ्ग्रेजी गर्दा ‘सेन्ट
काठमाडौं। पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्।‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ। रिलिजको नजिकै रहेको हरितालिका तीजको भावना र बेहुलीको कथाबीचको यो तालमेल दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको अपेक्षा छ।चलचित्रमा कुलब्वाय र दिव्याको जोडीलाई लिएर दर्शकमा पहिलेदेखि नै चर्चो छ।
काठमाडौं— आगामी जेठ ८ गते अर्थात् भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला गरिएसँगै दर्शकको आकर्षण बढेको निर्माण पक्षले दाबी गरेको छ ।फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको बढ्दो उत्साहलाई ध्यानमा राखेर देशभरका मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराएका छन्, जहाँ दर्शकको चासो र आकर्षण बढेको पाइएको छ ।फिल्म शो खुल्ने बितिकै दर्शकले आफ्नो टिकट बुकिङ तथा खरिद गरिरहेका छन् । अनलाइन एप र फिल्म प्रदर्शकको वेब साइटमा ‘काजी’लाई लिएर दर्शक उत्साहित देखिएका छन् । प्रदर्शकले उपलब्ध गराएको शोमा दर्शकको चाप बढिरहेको निर्माण पक्षको दाबी छ ।
नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशक निर शाहले नयाँ चलचित्र ‘कमला मिस’मार्फत पुनः निर्देशनमा सशक्त पुनरागमन गरेका छन् । साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता थपिएको छ ।सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गर्छ । निर्माण पक्षले चलचित्रको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिम
काठमाडौं— चलचित्र ‘रोल नं १’ ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो ।निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो ।यो प्रतिस्पर्धाका लागि चलचित्र ‘रोल नं १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ ।प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । आफ्नो वास्तविक स्कुल जीवनको कथा सुनाउनुपर्नेछ ।कथामा शिक्षकको प्रेरणा, साथीभाइक
काठमाडौं । चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको ‘महाराजधिराज’को छायांकन सुरु भएको हो ।चलचित्रको छायांकन सुनसरीबाट सुरु भएको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ ।बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ । चलचित्रको छायांकन ७० दिनसम्म चल्ने सेड्युल रहेको छ ।परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन् । ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् ।चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड
काठमाडौं— नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिएको गरेका छन् ।उनले भने, ‘समाजलाई सुसंस्कृत बनाउन, स्वच्छ बनाउन र राजनीतिलाई पनि स्वच्छ ब
काठमाडौं— आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो। अहिले बनेको कथा फरक स्वादको छ,
काठमाडौं— अशोक थापा मगरको निर्देशनमा निर्माण भैइरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो ।शनिबार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट–प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । केही दिनमा सिनेमाको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।यो सिनेमाको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो पटक सहकार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.