मनोरञ्जन

    Showing 1,811-1,820 of 2,829 items.
  • डिजाइनर रनवेमा दर्जन सेलिब्रेटी

    काठमाडौँ । अभिनेत्री प्रियंका कार्की, स्वस्तिामा खड्का, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, सबिता कार्की, आस्था पोखरेल, सन्तोष लोक्शुम लिम्बु, समपर्णजंग कार्की, सृच्छा प्रधान, प्रियंका रानी जोशीलगायत करिब २ दर्जन सेलिब्रेटी एउटै र्याम्पमा देखिने भएका छन् । आगामी १५ र १६ गते (मार्च २८ र २९) होटल याक एण्ड यति दरबार मार्गमा आयोजना हुने १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा सबै सेलिब्रेटी एकसाथ फेसन शोमा देखिने भएका हुन् ।जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको फेसन शोमा २ दर्जन सेलिब्रेटीको अलवा ३१ जना ब्यवसायिक मोडलले समेत पहिरनका

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 291 पटक पढिएको
  • अभिमन्युमा गौमाया अनुबन्धित

    काठमाडौं । फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले फिल्मका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माण पक्षले गुरुङ आफ्नो फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ ।‘हाम्रो फिल्मका लागि कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,’ निर्माता विनोद पौडेलले भने, ‘अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।’सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् ।  ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।फिल्मको थिम प

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 433 पटक पढिएको
  • ट्रेन्डिङमा वसन्त ट्रेलर

    काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को ट्रेलरलाई हालसम्म ४ लाख बढि दर्शकले हेरिसकेका छन् । ट्रेलर युट्युवको मुभिज सेक्सन अर्न्तगत ४ नम्बर ट्रेन्डिङमा छ ।फिल्मको सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेका हुँदा ट्रेन्डिङको शिर्ष स्थान तर्फ विस्तारै पाइला बढाउँदै गएको छ । हालसम्म फिल्मको ट्रेलरले ४ लाख ७ हजार भ्युजसहित २३ हजार लाइक र तीन हजार ४ सय बढि प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मको ट्रेलरको कमेन्टबक्समा अमृत परियारले लेखेका छन्, ‘मलाई लाग्छ यो सिनेमाले मान्छेले मान्छेलाई हेर्ने नजरप्रति केही हदसम्म परिवर्तन हुन सहयोग गर्नेछ भनेर । शुभकामना सम्

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 497 पटक पढिएको
  • नेपाल सुपर लिगसँग जोडियो पिताम्बर

    काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम)ले आयोजना गर्दै आएको सुपरलिगमा फिल्म ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो । नेपाल सुपर लिग यही चैत १६ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । फिल्मकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फूटबल प्रतियोगितामा मुभी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताइन् । ‘दर्शकका लागि नेपालमा खेलकुद र फिल्म अभिन्न अंग बनेका छन् । खेलकुदका माध्यमबाट पनि फिल्मको प्

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 426 पटक पढिएको
  • नेपाली फिल्ममा काम गर्ने मनिषाको चाहना

    काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले फिल्म ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन् । उनले पछि नेपाली फिल्म ‘धर्मा’मा अभिनय गरिन् । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली फिल्ममा काम गर्न इच्छुक भएको बताएकी छन् ।उनले भनिन्, ‘म नेपाली फिल्ममा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्दे

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 513 पटक पढिएको
  • गायिका मेलिना र गायक कमललाई पुत्र लाभ

    काठमाडौं । गायिका मेलिना मैनाली र गायक कमल खत्रीलाई पुत्र लाभ भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा छोराको तस्बिर राख्दै गायक खत्रीले यो खबर सुनाउन पाउँदा खुसी लागेको बताएका छन् । उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ । पहिलो पटक बाबु–आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ । मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ । ’खत्रीले आजको दिन जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको र बाबु–आमा बन्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न गाह्रो भएको बताएका छन् ।साथै खत्रीले यो समयमा सहयोग गर्ने सम्प

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 469 पटक पढिएको
  • आउ कान्छी घुम्नलाई इलाम बजार सार्वजनिक

    काठमाडौं । इलामको पर्यटकीय स्थल कन्याम चिया बगानसँगै इलाम बजारको दृष्यलाई समेट्दै इलामेली कलाकारहरुले तयार पारेको ‘आउ कान्छी घुम्नलाई इलाम बजार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा ताराप्रकाश लिम्बु र सुनिता थेगिमको स्वर, खड्ग लुङ्गेलीको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । इलाम बरबोटे निवासी काजी रानाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा भावना खपाङ्गी मगर, विमला राना, आशिका सक्तेन राई, रोशित कर्माचार्य, जर्मन नेम्बाङ र विवश राईको अभिनय छ ।यसअघि विभिन्न फिल्ममा कला निर्देशकको काम गरेका भिडियो निर्देशक राना चित्रकारसमेत हुन् । उनले फिल्म  ‘१२ सत्ताइस’ तथा केही वृत्तच

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 495 पटक पढिएको
  • दिव्या ब्राण्ड एम्बसेडेर नियुक्त

    काठमाडौं । अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन्। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसेडरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता सम्पन्न भएको छ ।प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिंदै आएको छ । विगत ७ वर्षदेखी शैक्षिक विधामा काम गर्दै आएको प्रोफाइलले अष्ट्रेलिया, क्यानडा, यू के, अमेरिका, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्ड र य

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 597 पटक पढिएको
  • कर्माः विपिन र मुकुनलाई नयाँ अनुभव

    काठमाडौं । एक्सन फिल्म ‘कर्मा’मार्फत पहिलोपटक अभिनेता विपिन कार्की एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल छन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो ।ग्रे जोनमा रहेर केही क्यारेक्टर गरे पनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो फिल्म हुनेछ । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा फिल्म कस्तो हुनेछ ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीले बताएका छन् ।दुवै पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मा’मा कस्तो हुनेछ, प्रतिक्षाको विषय बनेको छ । फिल्ममा पोजेटिभ पात्रहरूको नेतृत्व विपीनले गर्दा नेगेटिभ पात्रहरूले अगुवाइ मुकुनले गरिरहेक

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 580 पटक पढिएको
  • वसन्त ट्रेलर सार्वजनिक

    काठमाडौं । गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशन रहेको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा जनआन्दोलनको समय अर्थात् ०६२र६३ सालको परिवेश र त्यसबेला फिल्मका पात्रले भोगेको जात व्यवस्थाविरुद्धको आवाज उठान गरिएको छ ।फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का) बीचको प्रेम र उनीहरुको प्रेममा आएको जातको तगारोलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा प्रहरी धरपकडदेखि लिएर स्वस्तिमा माओवादी बनेकोसम्म देखाइएको छ ।  यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्व

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 352 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.