नेपालका प्रतिभाशाली युवा गिटार वादक समिप न्याैपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर नेपाललाई गौरवान्वित बनाएका छन्। उनले ‘गोल्डेन किड्स इन्टरनेशनल’ मार्फत नेपालको प्रतिनिधित्व गर्दै आफ्नो असाधारण संगीतकला प्रस्तुत गरेपछि कार्यक्रमका आयोजक, निर्णायक तथा दर्शक सबैले उनको प्रस्तुति प्रशंसा गरेका छन्।नेपालका नेशनल डायरेक्टर प्रमिला सिलवालको प्रतिनिधित्वमा सहभागी भएका न्याैपानेले गिटारको धुनमा नेपालीपन झल्किने उत्कृष्ट प्रस्तुति दिएका थिए। उनको प्रदर्शनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतको मौलिकता र प्रतिभाको झल्को देखाएको थियो। आयोजकहरूका अनुसार न्याैपानेको प्रस्तुति न के
ठूलो अपेक्षा र लगानीसहित चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो ।शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । त्यस्तै छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ
अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ले १० करोड बढीको व्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको १६ दिनसम्म देशव्यापी १० करोड ५१ लाख ४८ हजार बढीको व्यववसाय गरेको चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको बक्स अफिसमा उल्लेख छ । फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ । बक्सअफिसमा कात्तिक १५ गतेसम्मको रिपोर्ट सार्वजनिक गरिएको हो । हुन त निर्माण युनिटले शुक्रबार नै फिल्मले १० करोड व्यापारको आँकडा पार गरेको भन्दै केकसमेत काटेको थियो । सो अवसरमा अभिनेता अनमोलले फिल्म सफल हुनुको कारण टिमवर्क बताएका थिए ।सुयोग गुरुङ निर्देशित हिमाल आरोहणको कथामा बनेको फिल्ममा
कलाकार तथा व्यवसायी संजोग कोइरालाले नक्सालमा संचालनमा आएको ‘ऋ क्रिएट’को उद्घाटन गरेका छन् । पोखरामा ४ वर्षदेखि संचालनमा रहेको यो स्टोरको आज सोमबार नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो । यो स्टोरमा मौलिक र देवी देवताका आकृतिलाई मोर्डन रुपमा आर्ट गरिएको छ । यो स्टोरमा नेपाली कल्चर र देवी देवताका ५९ वटा आर्ट छन् । अनलाइनमा काठमाडौं र अष्ट्रेलीयाबाट राम्रो माग आएपछि आउटलेट खोलेको आर्टिस्ट तथा संचालक रितेश पौडेलले जानकारी दिएका छन् । स्टोर उद्घाटन गर्न पुगेका सन्जोग कोइरालाले रितेश जस्ता युवाहरूले नेपालमै युवा उद्यमीहरु बनेर रोजगारी श्रृजना गरेको भन्दै यस्ता युवाहरूलाई सबैले प्रोत्साह
यहि कात्तिकको २१ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मन बिनाको धन’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्मलाई हरेक उमेरका दर्शकले हेर्न पाउनेछन् । सेन्सरका हरेक कर्मचारीले बाल–गायक अशोक दर्जीको जीवनमा आधारित रहेर यो फिल्म तयार पारिएको भन्दै तारिफ गरेका थिए । फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । टंक वुढाथोकीको कथा र निर्देशनमा तयार भएको फिल्ममा शिवम् अधिकारीको लेखन छ । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआ
बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ ।सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो । साथै, फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो, जसमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देख्न सकिन्छ । पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।निर्माणपक्षका अनुसार ७
धरान। सुनसरीको रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास, परम्परा र संस्कृतिलाई संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले थारू सङ्ग्रहालय स्थापना गरिएको छ ।तीन कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको उक्त सङ्ग्रहालय सङ्घीय सरकारको २०७६/७७ सालको ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत प्राप्त ३५ लाख बजेटमा निर्माण गरिएको रामधुनी नगरपालिका–२ का वडा सदस्य रामनारायण चौधरीले बताए ।सङ्ग्रहालयभित्र थारू समुदायको जीवनशैली, संस्कार र सांस्कृतिक परम्परालाई झल्काउने १५० भन्दा बढी मूर्ति र संरचना स्थापना गरिएका छन् । वडा सदस्य चौधरीका अनुसार, सङ्ग्रहालय विशेषगरी थारू समुदायको सांस्कृतिक पहिचान संरक्षण र नयाँ पुस्ता
फिल्म ‘बाटुलो जुन’को कथा सामिप्यराज तिमिल्सिनाले लेखिरहेका छन् । यो फिल्मको केही दृश्यको छायांकन दशैं अगाडि नै भइसकेको छ । फिल्मका मुख्य कलाकार नायक अनमोल केसी ‘जेरीः अन टप’को प्रचारमा व्यस्त रहेकाले अर्को सेड्यूलको छायांकन सुरु हुन पाएको छैन । तर, यसका लेखक सामिप्यराज तिमिल्सिनाले भने फिल्मको स्क्रिप्टको ड्राफ्ट २० पटकसम्म लेखेको बताएका छन् । फिल्मको स्क्रिप्ट सलिन पोखरेल र सामिप्यराज तिमिल्सिनाले मिलेर लेखेका हुन् । कथावस्तु नै त्यस्तै भएकाले यसपटक थुप्रै ड्राफ्ट तयार भएको सामिप्यको भनाई छ । अब, भने फिल्मको कथा फाइनल भएको सामिप्यले जानकारी दिए । यो फिल्ममा निर्माताको रुपमा भवि
अमेरिकामा आयोजना गरिएको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादका बीच फ्लाई नेपा ट्राभल्सले गायिका एलिना चौहानले करारका सर्त उल्लङ्घन गरेको आरोप लगाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै चौहानले गलत जानकारी र अफवाह नफैलाउन आग्रह गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘यदि अन्यायमा परेको महसुस भएको छ भने उहाँले कानुनी बाटो अपनाउन सक्नुहुन्छ। तर, सार्वजनिक रूपमा अनावश्यक अफवाह फैलाउनु अनुचित छ।’फ्लाई नेपाका अनुसार चौहानसँग कार्यक्रमअन्तर्गत करार भएको थियो र धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न पनि भइसकेका थिए। तर बाँकी केही स्थानमा कार्यक्रम गर्नुअघि नै चौहानले करारविपरीत अन्य संस्थाबाट रकम लिएर प्रस्तु
आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो। गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। उनीहरुको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनित
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.