मनोरञ्जन

    Showing 1,551-1,560 of 1,705 items.
  • निखिलले गरे १३ वर्षपछि कोपिलासँग सम्बन्ध बिच्छेद

    काठमाडौँ / नेपाली चलचित्र जगतका चर्चित अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला मैनालीसँग सम्बन्ध बिच्छेद गरेका छन् । दोस्रो विवाह गरेको १३ वर्षपछि निखिलले कोपिलासँग कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेका हुन । निखिल र कोपिलाको सन् २००० मा विवाह भएको थियो । उनीहरूको विवाह भएको नौ वर्ष पछि सन् २००९ मा निखिलले अभिनेत्री सञ्चीता लुँइटेलसँग दोस्रो विवाह गरेका थिए  । दोस्रो विवाहपश्चात् कोपिलासँग अलग बस्दै आएका निखिलले गत भदौ १ गते भक्तपुर जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गरेका हुन। निखिल र कोपिलाका एक छोरा रहेका छन् । 

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 148 पटक पढिएको
  • रचना रिमालको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ सार्वजनिक (भिडियाे सहित)

    झापा / नेपाली सांगीतिक बजारमा भर्खरै ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत रिलिज भएको छ । अमेरिकामा फिल्म मेकिङ, पढेका निर्देशक तथा गीतकार धनेन्द्र रसाइलीको शब्द रचनामा तयार भएको उक्त गीत रचना रिमाल युट्युब च्यानलबाट रिलिज भएको हो । रचना रिमाल, बाबुल गिरी, प्रवीन बाडेल र रबी ओड जस्ता गायक गायिकाको स्वर रहेको उक्त भिडियो ड्रिम स्टुडियोमा छायाङ्कन गरिएको छ । मिलन बराइलीको निर्माण तथा संगीत सागरको निर्देशन रहेको भिडियोमा सोही गीतका गायक –गायिकाहरूको प्रस्तुती रहेको छ । भिडियोमा विश्वास भण्डारीको छायाङ्कन रहेको छ । पदम सुवेदीले सम्पादन गरेको उक्त गीतमा बाबु गिरीको संगीत

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 147 पटक पढिएको
  • झापाकी चेली रोशा सारेगम लिटिल च्याम्पियनको भोटिङ राउण्डमा

    झापा / झापाको मेचीनगर –८ की रोशा फुयाल नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्पियनको उत्कृष्ट १३ मा पर्न सफल भएकी छिन् ।हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुँदै आएको यस गायन प्रतियोगितामा सुमधुर आवाजको कारण उनी टप १३ मा पुग्न सफल भएकी हुन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्न सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट रोशाको समर्थन बढ्दै गइरहेको छ ।प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम र

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 467 पटक पढिएको
  • ‘द भ्वाइस किड्स’ की कोच प्रविशाले गरिन विवाह

    झापा / गायिका प्रविशा अधिकारी प्रेमी निर्माण सिटौलासँग विवाह बन्धनमा बाँधिएकी छिन् । गत साता सिटौलासँग इन्गेजमेन्ट गरेकी उनले आज (आइतबार) विवाह गरेकी हुन्।‘द भ्वाइस किड्स’ मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि सिटौलासँग प्रेम सम्बन्धमा थिइन्।आइतबार झापाको बिर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन्। उनीहरूको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ।प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन्। उनले गाएका दर्जनभन्दा बढी गीतहरू पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन्।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 110 पटक पढिएको
  • बाउले तरुनी खोजेपछि रमेश प्रसाईँसँग गुहार माग्दै तुलसी (भिडियोसहित)

    इटहरी / चर्चित पत्रकार तथा गायक रमेश प्रसाईं र जीवन विष्टको शब्द तथा सङ्गीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरू लामो समयदेखि बजारमा नआईरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईँले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा स्थापित भइसकेका छन् ।गीतमा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि ल्याङ ल्याङ भो, किस्ताबन्दीमा, ए मेरी तरुनी बोलका गीत सार्वजनिक भइसकेका छन् । म्युजिक भिडियोको निर्देशन गायक तुलसी

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 314 पटक पढिएको
  • Miss jhapa 2021// exclusive interview

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 49 पटक पढिएको
  • वरिष्ठ साहित्यकार बजिमयको निधन

    काठमाडौं / वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको (आइतबार) आज निधन भएको छ ।शारीरिकरूपमा जन्मजात अपाङ्ग भएपनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।वि.सं. २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए । करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार,

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 79 पटक पढिएको
  • मिस्टर एण्ड मिस झापा आइकोनिक २०२१ को उपाधि रोजिला शिवाकोटीलाई

    झापा / एसआरबी  इन्टरटेनमेन्ट  प्रालि ले आयोजना  गरेको  “मिस्टर एण्ड मिस झापा आइकोनिक २०२१” को उपाधि  रोजिला शिवाकोटीले जितेकी छन् । एसआरबी इन्टरटेनमेन्ट  कम्पनीको आयोजनामा झापाको सुरुङ्गामा मंगलबार  राती सम्पन्न प्रतियोगितामा तेह्रजना प्रतिस्पर्धीलाई पछि पार्दै रोजिला शिवाकोटीले मिस्टर एण्ड मिस झापा आइकोनिक को उपाधि हात पारेकी हुन् ।प्रतियोगितामा  फष्ट रनरअफ तथा सेकेण्ड रनरअप क्रमशः प्रभात आङ्बो र अलिन वाग्ले घोषित भएको एमडी रोशन कार्कीले जानकारी दिए।त्यसैगरी प्रतियोगितामा मिस फिगर,व्युटिफुल स्मायल र भ्युवर च्वाइज निहा राई,  रोस्नी पौडेल,र

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 88 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा