मनोरञ्जन

    Showing 1,491-1,500 of 1,705 items.
  • अब टिकटकमा १० मिनेट सम्मको भिडियो अपलोड गर्न सकिने

    बिर्तामोड / अब टिकटकमा १० मिनेट सम्मको भिडियो अपलोड गर्न सकिने भएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले समयलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको द भर्जुले जनाएको छ । १० मिनेट भिडियोको लेन्थ लम्बिएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियो अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियोको लम्बाइ क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ ।  

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 71 पटक पढिएको
  • अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी दर्ता

     काठमाडौ//नाबालिका  गायिकामाथि बलात्कार गरेको आरोप लागेर प्रहरीको नियन्त्रणमा रहेका अभिनेता पल शाहविरुद्ध अर्को किटानी जाहेरी  दर्ता  भएको छ।  अर्को किटानी जाहेरी दर्ता  गराउन आइतबार उनी आफन्तहरूसहित  गैंडाकोटस्थित नवलपरासीको  इलाका प्रहरी कार्यालयमा पुगेकी हुन्।प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएको जाहेरीमा  उल्लेख गरिएको छ।  जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाह

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 112 पटक पढिएको
  • नायक पल शाहलाई ७ दिन हिरासतमा राखिने

    काठमाडौं /  किशोरीलाई करणी गरेको अभियोग लागेका अभियुक्त नायक पल शाह सम्पर्कमा आएसँगै सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत तनहुँले सात दिन हिरासतमा राख्‍न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन् ।शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा आएका हुन् । नियन्त्रणमा आएपछि प्रहरीले थप अनुसन्धान थालेको छ । त्यही क्रममा अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको हो।आज मात्रै शाह

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 73 पटक पढिएको
  • नायक शाह आज आफैँ प्रहरीसामु उपस्थित हुने

    काठमाडौँ  / जबरजस्ती करणीको आरोप लागेका नायक पल शाहलेआज प्रहरी कार्यालयमा आफैँ उपस्थित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले प्रहरीसामु आफैँ उपस्थित हुने जानकारी गराएका हुन् ।गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शनमा आएको आफू अभिनीत चलचित्र  ‘म यस्तो गीत गाउँछु २’ लाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका छन् ।आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको उनले बताएका छन्। ‘नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु म आफैँ आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 246 पटक पढिएको
  • दोस्रो विवाह गर्दै ऋतिक

    काठमाडौं / बलिउड अभिनेता ऋतिक रोशनले दोस्रो विवाह गर्ने भएका छन् । उनी आफ्नी प्रेमिका सबा आजादसँग विवाह बन्धनमा बाँधिने भएका हुन ।ऋतिक सबासँगको सम्बन्धलाई लिएर गम्भीर भएको बलिउड लाइफले जनाएको छ । प्रेममा रहेका उनीहरू अहिले एकअर्कालाई चिन्नका लागि धेरै समय सँगै बिताउने गरेका छन् ।ऋतिक र सबाको प्रेम सम्बन्ध ट्विटरबाट सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू दुई/तीन महिनादेखि डेट गरिरहेका छन् ।ऋतिकले सबाको एक भिडियो ट्विटरमा सेयर गरेपछि उनीहरूको मित्रता सुरु भएको हो । ऋतिककी पूर्वपत्नी सुजैन खानको सबासँग राम्रो सम्बन्ध रहेको छ । 

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 107 पटक पढिएको
  • निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

    बिर्तामोड / चलचित्र निर्माता तथा निर्देशक सुर्दशन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले बानेश्वर प्रहरी वृत्तमा लगेको हो । अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 150 पटक पढिएको
  • अभिनेता शाहलाई पक्राउ गर्न प्रहरीको आन्तरिक सर्कुलर

    काठमाडौं  / नाबालिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ।बुधबार एक नाबालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दिएसँगै शुक्रबार प्रहरी प्रधान कार्यालयले शाहलाई जतिसक्दो चाँडो पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय रहेको बताइएको छ।अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित र मौखिक दुबै अनुरोध पठाएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 69 पटक पढिएको
  • बलात्कार मुद्दाबारे पल शाहले दिए यस्तो प्रमाण

    काठमाडौं / बलात्कार आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले आफुलाई फसाउन नियोजित ढङ्गले सड्यन्त्र गरीएको बताएका छन् ।उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले बिहीबार बिहान आफ्नो फेसबुक आइडीमार्फत अडिओ ‘प्रमाण’सहित आफू निर्दोष भएको पनि जिकिर गरेका छन् ।कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 122 पटक पढिएको
  • म विरुद्ध षड्यन्त्र भएको हो : पल शाह

    काठमाडौं / नायक पल शाहले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सञ्जालमार्फत आफू माथि नियोजित र षड्यन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षड्यन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईँलाई समेत मुछेका छन् । उनले उनीहरूको अडियो क्लिपसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् । 

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 68 पटक पढिएको
  • अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

    झापा / अभिनेता  पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ ।१७ वर्षीया एक गाइकाले आज (बुधबार) शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता गराएकी हुन् ।  शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको स्रोतले जनाएको छ ।ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको बताइएको छ मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 186 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा