मनोरञ्जन

    Showing 1,441-1,450 of 1,705 items.
  • विवाह बन्धनमा बाँधिदै मेलिना सार्वजनिक गरिन् हुनेवाला श्रीमानको तस्बिर

    काठमाडौं / नेपालकी सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईले  हुनेवाला श्रीमान सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हुनेवाला श्रीमानको तस्बिर सार्वजनिक गरेकी हुन् ।उनले नयाँ सुरुवात भन्दै सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । सञ्जीवलाई ट्यागसमेत गरेकी मेलिनाले टुबीहजबेन्ड भन्दै ह्यासट्याग राखेकी छन् ।सञ्जीव म्युजिक एरेन्जरका साथै नेपालका चर्चित गिटारिस्ट हुन् । यो जोडीले यसैवर्ष विवाह गर्ने योजना बनाएका छन् । 

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 95 पटक पढिएको
  • विवाह बन्धनमा बाँधिए रणवीर र आलिया

    एजेन्सी / बलिउड अभिनेता रणवीर कपुर र बलिउड अभिनेत्री आलिया भट्ट बिहीबार विवाह बन्धनमा बाँधिएका छन् ।  विवाह एक सामान्य तरिकाले सम्पन्न भएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ ।  रणवीर कपूर मुम्बईको बान्द्राको पाली हिलमा रहेको वास्तु बिल्डिङको सातौँ तलामा बस्थे । आलिया भट्ट सोही भवनको ५ औं मञ्जिलमा भाडाको घरमा बस्थिन् । विवाहका सबै संस्कार सो घरमा भएको हो। बिहीबार बिहान हल्दी लगाउने दिउँसो ३ बजे विवाहको साइत थियो । विवाहमा करीना कपूर, सैफ अली खान, लव रञ्जन, राहुल भट्ट, शाहिना भट्ट, सोनी राजदान, पूजा भट्ट, राहुल भट्ट, रीमा जैन, उनका छोरा अरमान जैन र अम्बानी परिवारका आकाश

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 98 पटक पढिएको
  • मिस उर्लाबारी २०२२ को उपाधि मिक्लाजुङकी दियालाई

    उर्लाबारी / मिस उर्लाबारी २०२२ को उपाधि मिक्लाजुङकी दिया दाहालले हात पारेकी छिन् । होटल ग्राण्डमा आयोजित कार्यक्रममा उनले उपाधिसँगै नगद ५० हजार र ट्रफी समेत जितेकी हुन् । त्यस्तै  ज्वाला लिम्बू फस्ट रनर अप र अंकिता कटुवाल सेकेन्ड रनरअप भएका छन्  । दुवैले क्रमशः नगद ३०, २० हजार प्राप्त गरेका छन् ।१७ युवतीहरूले प्रतिस्पर्धा रहेको प्रतियोगिताको कोरियाग्राफी सविना पोदार र निर्णायकमा चलचित्र निर्देशक भीषण राई र स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुषा बस्नेत, मिस लिम्बू २०१७  कि फस्ट रनर अप सन्ध्या तुम्बाहाम्फे लगायत रहेका थिए ।

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 105 पटक पढिएको
  • केजीएफ च्याप्टर -२ को रिलिज अघि नै २५ करोडभन्दा बढीको प्रि-बुकिङ

    एजेन्सी \  दक्षिण भारतीय चलचित्र केजीएफ च्याप्टर-२ अप्रिल १४ बाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको छ । यस चलचित्रले रिलिज अघि नै २५ करोडभन्दा बढीको प्रि-बुकिङ गरिसकेको चलचित्रले बक्स अफिसमा सुनामी ल्याउने चलचित्रकर्मीहरूले अनुमान गरेका छन् । हिजो आजबाट नै आक्रामक रुपमा टिकट बुकिङ भइरहेकाले यसले थुप्रै कीर्तिमान राख्ने अपेक्षा गरिएको छ।२ साता अगि प्रर्दशनमा आएको दक्षिण भारतीय चलचित्र आरआरआरले जम्मा पाँच करोड भारुको मात्रै प्रि-बुकिङ गरेको थियो। प्रि-बुकिङमा ुकेजीएफ च्याप्टर-२ ले आरआरआरलाई पाँच गुणाले उछिनेको छ। त्यसले बक्स अफिस कलेक्सनमा पनि आरआरआरमाथि केजीएफ-२ हाबी हुने चलचित्र

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 114 पटक पढिएको
  • बलात्कार गरेको आरोपमा थुनामा रहेका शाहलाई सर्वोकृष्ट नायकको अवार्ड

    काठमाडौं / नेपालमा अपराध  भ्रष्टाचार र कानुन विपरीतको कार्य गर्नेलाई सजाय दिने कुरा निकै परको हो, अझ  पुरस्कार  र सम्मान दिएर प्रोत्साहन गर्नु विषय नयाँ भने होइन । नाबालिका बलात्कार गरेको आरोपमा प्रहरी थुनामा रहेका अभिनेता पल शाहलाई सर्वोकृष्ट नायकको अवार्ड प्रदान गरिएको छ । चलचित्र विकास बोर्डले सोमबार एक कार्यक्रमको आयोजना गरि अभिनेता पललाई सर्वोत्कृष्ट नायकको अवार्ड प्रदान गरेको हो । त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र  सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले पाएका छन् ।वर्षको उत्कृष्ट चलचित्र घोषित भएको म यस

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 116 पटक पढिएको
  • पुष्पल र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषणा

    काठमाडौं / डी. सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिबार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् ।प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभि

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 82 पटक पढिएको
  • रणवीर र आलियाको बिवाह मिति तय

    बिर्तामोड / बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै अब १५ अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् ।इन्डिया न्युज टुडेका अनुसार दुबैको विवाह आरके हाउस ‘वास्तु’ मा तय भएको छ । यहि स्थलमा उनीहरू विवाह बन्धनमा बाँधिने भएका छन् । संगीतदेखि मेहन्दी नाइटसम्मको मिति सार्वजनिक भएको छ । आलिया र रणवीरको मेहन्दी १३ अप्रिलमा छ । यसैगरी १४ अप्रिलमा संगीत कार्यक्रम पनि राखिएको छ भने, १५ अप्रिलमा बिवाहको मिति सार्वजनिक गरिएको छ ।यो विवाहमा फिल्मी क्षेत्रका धेरै कलाकारहरूको सहभागी हुनेछ । यस बिवाहको सुचिमा धेरै ठुला कलाकार र फिल्म निर्देशकक

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 84 पटक पढिएको
  • ‘लक्का जवान’को ट्रेलर सार्वजनिक

    बिर्तामोड / शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ । कमेडी ड्रामा फिल्मलाई आउँदो वर्षको वैशाख २३ मा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँले फिल्म निर्माण गरेका हुन् । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’को समेत निर्देशन गरेका शिवहरिको यो पहिलो फिचर फिल

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 101 पटक पढिएको
  • ‘ के घर के डेरा’ मा नयाँ कलाकार

    काठमाण्डौ / कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ मा नयाँ कलाकार अनुबन्धित भएका छन् । अनुबन्धित नयाँ कलाकार सहितको टिम निर्माण पक्षले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहने फिल्मको निर्देशकमा दीपेन्द्र के खनाल भित्रिएका छन् ।  खनालले कथावस्तु र नयाँ टिमसहित फिल्मलाई अघि बढाइएको बताएका छन् ।फिल्मको छायांकन वैशाख तेस्रो सातादेखि गरिने सो कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ । खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका हुन् ।घर भएका र घर

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 97 पटक पढिएको
  • पल शाह : नवलपुरमा आजबाट थुनछेक बहस

    नवलपुर / नाबालिका बलात्कारको अभियोगमा पक्राउ परेका नायक तथा कलाकार पल शाह विरुद्ध परेको मुद्दामा आजबाट नवलपरासीको जिल्ला अदालतमा थुनछेक बहस सुरु हुदैछ ।बयान र थुनछेक बहसका लागि नवलपुर ल्याइएका शाहको मंगलबार बयान सकिएको छ। तनहुँबाट नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएका उनी विरुद्ध परेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासमा शाहको छ घण्टा लामो बयान भएको थियो ।  थुनछेक बहसका क्रममा सरकारी वकिलको तर्फबाट बहस हुने र त्यसपछि शाहको तर्फबाट ९ जना वकिलले बहस गर्ने अदालत स्रोतले जानकारी गराएको छ । थुनछ

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 80 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा