मनोरञ्जन

    Showing 1,371-1,380 of 2,829 items.
  • कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

    भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ । कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको छ । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा एक व्यक्तिले राति क्याफेको झ्यालमा गोली हानेको देखिन्छ । उक्त व्यक्ति कारमा छन् र यो भिडियो पनि त्यहीँबाट बनाइएको हो ।कपिलको यो क्याफे क्यानडाको सरे क्षेत्रमा छ । केही दिन अघि मात्रै यस क्याफेको ठूलो उत्साहका साथ उद्घाटन भएको थियो । र, त्यसपछि कपिलको क्याफेमा पनि मानिसको ठूलो भीड देखिएको थियो । गोलीबारीको भिडियो रातको हो, जहाँ एक कार सवार ब्यक्तिले क्याफेको झ्यालमा गोली हानेको देखिन्छ। उक्त भिड

    • प्रकाशित मितिः असार २७, २०८२
    • 335 पटक पढिएको
  • कलाक्षेत्रको साइबर विकृति रोक्न ‘फोकल पर्सन’ तोकिँदै, गृहमन्त्रीले दिए यस्तो निर्देशन

    काठमाडौं — गीतसंगीत र कला क्षेत्रमा बढ्दै गएका साइबर अपराध र सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।गृहमन्त्री रमेश लेखकले बिहीबार गृह मन्त्रालयमा भेटका लागि पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधि टोलीलाई यो जानकारी दिएका हुन्। उनले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख डीआईजी नवीन्द अर्याललाई ब्युरोमा फोकल पर्सन तोकेर तत्काल काम अघि बढाउन निर्देशन दिए।गृहमन्त्री लेखकले डिजिटल प्लेटफर्ममा समाजमा विद्वेष, घृणा, अपमान र भाषिक विभाजन फैलाउने सामग्री रोक्न निष्कर्षसहित कडाइका साथ अघि बढ्ने बताएका छन्।“समाजमा घृणा र अपहेलन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 312 पटक पढिएको
  • अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

    नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने लक्ष्यसहित ‘सि–कार’ सञ्चालनमा आएको छ। एक भव्य कार्यक्रमबीच महानायक राजेश हमालले यसको औपचारिक उद्घाटन गरेका हुन्।सि–कारले नयाँ र पुराना (सेकेन्ड ह्यान्ड) सवारी साधनको शोरुम, सवारी पार्ट्स तथा एस्सेसरिज पसल, द्रुत गतिका चार्जिङ स्टेशन, क्याफे तथा रेस्टुरेन्ट लगायतका सुविधा एउटै परिसरभित्र प्रदान गरेको छ। संस्थापक रोशन घिमिरेका अनुसार सि–कारले सवारी क्षेत्रका अधिकांश आवश्यकता पूरा गर्ने उद्देश्य बोकेको छ।शुभारम्भ अवसरमा हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुनु उपभोक्ताका लागि समय र खर्च दुवैको बचत हु

    • प्रकाशित मितिः असार २६, २०८२
    • 239 पटक पढिएको
  • दुर्गेश, सिसन र गुराँस नानीको ‘जाने भए जाम माया’ दर्शकको माया

    गायक दुर्गेश थापा र भ्लगर तथा निर्देशक सिसन बानियाँले सार्वजनिक गरेको नयाँ गीत ‘जाने भए जाम माया’ले सार्वजनिक भएसँगै दर्शकको आक्रामक साथ पाइरहेको छ । सार्वजनिक भएको १८ घण्टामै १५ लाख बढी भ्यूज पाएको यो गीतले युट्युबको ट्रेन्डिङमा समेत परिसकेको छ । २४ घन्टा नबित्दै यो गीतले भ्यूजमा नयाँ रेकर्ड बनाइसकेको छ । दुर्गेश थापाको शब्द तथा संगीतमा तयार भएको यो गीत सार्वजनिक भएसँगै टिकटक बनाउनेहरूको संख्या पनि ह्वात्तै बढेको छ । यो गीतमा दुर्गेश र सिसनसँगै गुराँस नानीको पनि अभिनय छ । भिडियोमा उनलाई सिसनले माया गरेको देखाइएको छ । तर, अन्तिममा गुराँस नानीलाई अर्कैले लैजाँदा सिसन रोएका छन् । 

    • प्रकाशित मितिः असार २६, २०८२
    • 378 पटक पढिएको
  • ‘भाइटिका’मा विपिनकी बहिनी बन्दै रेखा

    दीपक वलीको निर्देशनमा महेश दवाडीको लेखन रहने फिल्म ‘भाइटीका’ घोषणा भएसँगै चर्चामा छ । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको यो फिल्ममा नायक विपिन कार्की अनुबन्धित भइसकेका छन् । अब, फिल्ममा नायिका रेखा थापाको इन्ट्री भएको छ । निर्माणपक्षले रेखासँग कागजी संझौता गरिसकेको छ । तर, अहिलेसम्म औपचारिक रुपमा निर्माण टिमले कलाकारहरूको बारेमा केही पनि बोलेको छैन । वुझिएअनुसार, फिल्ममा रेखा विपिनकी बहिनीको भूमिकामा देखिदैछन् । २० वर्षसम्म भाइटीका लगाउन नपाएका दाजु र बहिनीको कथामा यो फिल्म बन्न लागेको वुझिएको छ । फिल्म ‘भाइटिका’मा नायक धिरज मगरको पनि प्रवेश भएको वुझिएको छ । धिरजको भूमिका

    • प्रकाशित मितिः असार २६, २०८२
    • 279 पटक पढिएको
  • पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा

    एजेन्सी – बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा निकै रोमान्टिक देखिएका छन् । मुम्बई बान्द्राको एक रेस्टुरेन्टमा पुग्दा उनी ठूलो सुरक्षा घेरामा थिए । सलमान कालो टि–शर्ट र जिन्समा अनौपचारिक रूपमा सजिएर कार्यक्रम स्थलमा पुग्दा शुभेच्छुकहरुबाट पनि घेरिएका थिए ।  आफ्नो फिट शरीर र नयाँ कपालको रंगमा उनी निकै रोमान्चक देखिएका थिए । उक्त कार्यक्रमका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। एउटा क्लिपमा सलमानले पापाराजीका लागि पोज दिँदै गम्भीर अभिव्यक्ति देखाएका छन्। यद्यपि, कार्यक्रम स्थल बाहिर पर्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 453 पटक पढिएको
  • मनिषा कोइरालाद्वारा रवि लामिछानेको समर्थनमा हस्ताक्षर

    काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् । उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाच

    • प्रकाशित मितिः असार २६, २०८२
    • 508 पटक पढिएको
  • नवीन पन्तको ‘बाकस’ निर्माणको औपचारिक घोषणा

    चलचित्र ‘बाकस’ निर्माणको घोषणा गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर विहिबार यो चलचित्रको औपचारिक निर्माणको घोषणा गरिएको हो।  नवीन पन्तले निर्देशन गर्ने यो चलचित्रले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेशलाई प्रस्तुत गर्ने छ।  यो चलचित्रको पटकथा निर्देशक पन्तले नै लेखेका छन् ।पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । नेपाल र विदेशमा छायांकन गर्ने यो चलचित्रको कलाकार र प्राविधिक छनोटको कार्य बाँकी रहेको निर्देशक पन्तले बताए। तिहारपछि छायांकन सुरु हुने तयारीमा रहेको यो चलचित्रमा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका

    • प्रकाशित मितिः असार २६, २०८२
    • 280 पटक पढिएको
  • रामेश्वर थापाको बायोग्राफीमा ‘क्याप्टेन साब’ बन्ने

    चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् ।आज भएको ‘क्याप्टेन साब’को मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो ।पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मु

    • प्रकाशित मितिः असार २६, २०८२
    • 284 पटक पढिएको
  • क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

    काठमाडौं – चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो ।दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् ।आज भएको ‘क्याप्टेन साब’को मूर्हत सटमा व्यवसायी डा। उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो ।पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुर

    • प्रकाशित मितिः असार २६, २०८२
    • 350 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.