मनोरञ्जन

    Showing 1,201-1,210 of 1,653 items.
  • निर्मला पन्त घटनामा देवी टिजर

    काठमाडौं । भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देवी’को टिजर सार्वजनिक भएको छ । १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।टिजरमा समावेश एक संवादले फिल्म केही वर्ष अघि सुदुरपश्चिममा घटेको नाबालिक १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो । सार्वजनिक प्रदर्शनक

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 385 पटक पढिएको
  • नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

    काठमाडौं- नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरिएको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, “मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।”च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उनले बताए ।०८०

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 376 पटक पढिएको
  • नम्रता भन्छिन्–डार्क टाइपको फिल्म गर्ने इच्छा छ

    काठमाडौं । नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमण्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् ।आफ्ना हरेक फिल्ममा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेम

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 313 पटक पढिएको
  • सनालाई बिग बोस ओटीटी ३ को उपाधि

    मुम्बई(एजेन्सी) । ‘बिग बोस ओटीटी ३’ ले सामाजिक सञ्जालमा पाइला राखेको धेरै समय भएको छैन । शनिबार बिहान मात्र ‘बिग बोस ओटीटी ३’को फिनाले भएको थियो । यो शोको यसपटकको उपाधि सना मकबूलले जितेकी छन् ।शोका होस्ट अनिल कपूरले फिनालेमा पुगेका अन्तिम प्रतिष्पर्धी कृतिका मलिक, सई केतन राव, सना मकबूल, रणवीर शौरी र नेजीमाझ सनाको नाम घोषणा गरेका हुन् । उपाधि जितेपछि सनाले रोएर फ्यानलाई धन्यवाद दिएकी छन् । उनी विजेता घोषणा हुनासाथ सामाजिक सञ्जालमा बधाई दिने फ्यानहरुको भीड लागेको छ ।अधिकांशले शोको विजेता रणवीर या साई हुनुपर्ने अनुमान लगाएका थिए । तर यी अनुमानलाई फेल खुवाउँदै सनाले उपाधि उचालिन् ।

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 316 पटक पढिएको
  • पेरिस ओलम्पिक समापनमा टमको ‘मेजर स्टन्ट’

    पेरिस(एजेन्सी) । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक यही अगष्ट ११ मा समापन हुँदैछ । समापनमा हलिउड स्टार टम क्रुज पनि सहभागी हुँदैछन् । सन् २०२८ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा हुँदैछ । त्यसकारण पेरिस ओलम्पिक २०२४ को ओलम्पिक ध्वजा हस्तान्तरणको यो विशेष कार्यक्रममा टमले एक ‘मेजर स्टन्ट’ पनि दिँदैछन् ।टम ‘मिसन इम्पोसिबल’ सिरिज, ‘टप गन’ र ‘एज अफ टुमारो’ जस्ता हलिउड फिल्मका लागि विश्व प्रख्यात छन् ।टमले ओलम्पिक समापनमा ‘मिसन इम्पोसिबल’का केही स्टन्ट देखाउनेछन् । यी अभिनेता स्टेट डी फ्रान्स स्टेडियम माथिबाट ओलम्पिक झण्डा लिएर आउनेछन् र लसएन्जल्स ओलम्पिक २०२८ आयोजकलाई झण्डा हस्तान्तरण गर्नेछन् ।

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 365 पटक पढिएको
  • महिला सशक्तीकरणमा सतीदेवी ट्रेलर

    काठमाडौं । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । गत बिहीबार राजधानीमा प्रेसमिट गरी तीन मिनेट लामो ट्रेलर प्रदर्शन गरिएको हो । छोरीबेटीको कथाब्यथामा निर्माण गरिएको फिल्मको ट्रेलरमा महिला सशक्तीकरण, पारिवारिक उल्झन, सामाजीक सोच तथा छोरीहरुले आफ्नो बाबुआमाको खुशीका लागि गर्ने तपस्याको बिषय निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ अहिले बजारमा आएको भन्दा भिन्न र उत्कृष्ट फिल्म भएको दाबी गरे । फिल्मले महिलाको विषयमा समाजमा ब्यप्त गलत सोच र भ्रम चिर्न प्रभावकारी सन्देश दिने उनको भनाई छ । सुवेदीले आफूले सम

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 315 पटक पढिएको
  • वर एण्ड बधुको इतिहासमा चर्चा चल्छ यही बिहेको नामले

    काठमाडौं । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द यो गीतमा छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ ।गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् ।मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 368 पटक पढिएको
  • पुजाको ढिलाईले पललाई सकस !

    काठमाडौं । एउटा फिल्मका लागि फस्टलुक, टिजर र ट्रेलर जस्ता प्रचारप्रसार सामाग्री महत्वपूर्ण हुन्छन् । अधिकांश निर्माताले फिल्मको टिजर र ट्रेलर कार्यक्रम गरेरै सार्वजनिक गर्छन् । ती कार्यक्रममा फिल्मका निर्देशक र कलाकारसहित प्राविधिक टिमको उपस्थिति प्रायः हुन्छ । तर अधिकांश कार्यक्रम निर्धारित समयमा सुरु हुँदैन् । त्यसको प्रमुख कारण स्वयम् कलाकार नै हुन्छन् । फिल्मका नायकनायिका सँगै कार्यक्रममा जाने योजना अनुसार ढिलो गरी कार्यक्रमस्थल पुग्छन् । उनीहरुलाई पर्खिनु सञ्चारकर्मी र पत्रकारका लागि बानी नै परिसकेको छ ।शुक्रबार फिल्म ‘रावायण’को टिजर रिलिज कार्यक्रममा यस्तै देखियो । कार्यक्रमका लागि

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 333 पटक पढिएको
  • सामाखुशीमा क्युएफएक्स चेनको नयाँ हल

    काठमाडौं । काठमाडौको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको नयाँ हल खुलेको छ । बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा फिल्म हलको उद्घाटन गरेका हुन ।तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ फिल्म हेर्न सक्छन । सिटी स्क्वायर मलको नौँ तल्लामा खुलेको हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याईएको छ भने हरेक पर्दामा सोफा सेट सहित सुतेर समेत फिल्म हेर्ने सिटहरु जडान गरिएको छ ।विशेषत यो हलका सवै थि

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 378 पटक पढिएको
  • ९७औँ एकेडेमी अवार्डसमा नेपाली फिल्मको लागि आवेदन खुला

    काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेसले सन् २०२५ मार्च २ तारिख आइतबारका दिन आयोजना गर्ने ९७औँ एकेडेमी अवार्डस (द अस्कर अवाडस) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली फिल्मको लागि आवेदन खुला गरेको छ । विदेशी भाषी फिल्म छनोट समिति (नेपाल)ले विज्ञप्ती जारी गर्दै कार्तिक १५ देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिक प्रदर्शन गरिएका फिल्महरू योग्य हुने जनाएको छ । उसले २०२४ सेप्टेम्बर १२ तारिख अर्थात २०८१ भाद्र २७ गते दिनको ५ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउन आव्हान गरेको छ ।दरखास्तका साथमा सेन्सर गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर लाइसेन्स प्राप्त ओटीटीमा रिलि

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 405 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा