मनोरञ्जन

    Showing 1,191-1,200 of 2,729 items.
  • २५ वर्षपछि म्युजिक भिडियोमा रेखाको कमब्याक

    अभिनयको २५ वर्ष लामो करियरमा गायक आनन्द कार्कीको चर्चित गीत ‘लाग्छ मन हेरिरहूँ’ गीतको एकमात्र म्युजिक भिडियोमा अभिनय गरेकी अभिनेत्री रेखा थापा फेरि भिडियोमा देखिने भएकी छन् । उनी प्रकाश सपुतको कम्पोजिसन तथा निर्देशनमा तयार भएको ‘नाइँ भनेसि नाइँ’ बोलको भिडियोमा देखिन लागेकी हुन् ।नेपालको पहिलो महिला सुपरस्टारको रूपमा परिचित उनले ‘नाइँ भनेसि नाइँ’को भिडियो अभिनय समेत गरिसकेकी छन् । जुन केही दिनमा सार्वजनिक हुँदैन । सपुतले तीजलाई लक्षित गरेर निकालेको यस गीतको विषयवस्तुका कारण आफू म्युजिक भिडियोमा देखिन तयार भएकी भएको रेखाले बताइन् । ‘नाइँ भनेसि नाइँ’ बोलको गीतले एउटी बालिका, युवती, महिला र स

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 297 पटक पढिएको
  • मदन पुरस्कारका लागि 'सर्ट लिस्ट' मा परे ७ पुस्तक

    मदन पुरस्कार गुठीले ७ उत्कृष्ट पुरस्कारको सुची सार्बजनिक गरेको छ । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मानिने  ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट गरी सार्बजनिक गरेको हो । मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकहरूबाट उत्कृष्ट ७ को संक्षिप्त सूची सार्वजनिक गरेको हो। जुन पुस्तक मध्ये एकले मदन पुरस्कार प्राप्त गर्न सक्नेछ ।गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्।जसअनुसार पुरस्कार छनौटका लागि ‘सर्ट लिस्ट’ मा परेका पुस्तक

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 325 पटक पढिएको
  • ‘आ बाट आमा’ मा सिमरन पन्त अनुबन्ध

    निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस फिल्ममा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्।सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोश्रो फिल्म हो।यसअघि नै फिल्ममा अभिनेत्री विपना थापा, साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भू

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 213 पटक पढिएको
  • ‘माग्ने राजा’को गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक

    आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन् ।संगीतबार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत स्वयंको हो । उनलाई चाइल्ड भर्सनमा सिनेमाका कलाकार समेत रहेका रोनिश खड्काले गायनमा साथ दिएका छन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो उत्कृष्ट देखिन्छ । यो गीत सामाजिक

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 233 पटक पढिएको
  • यी हुन् नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएका भारतीय ५ फिल्म

    नेटफ्लिक्स पछिल्ला केही वर्षदेखि थिएटरमा चलेका धेरैजसो शीर्ष भारतीय चलचित्रहरूको घर बनिसकेको छ।स्ट्रिमरले भारतीय शीर्षकहरूका साथ मिश्रित सफलता पाएको छ किनकि ठूलो मूल्यमा खरिद गरिएका केही चलचित्रहरूले धेरै दर्शकहरूलाई आकर्षित गर्न सकेनन्, जबकि प्लेटफर्ममा केही अपेक्षित हिटहरू भने भएका थिए। यहाँ नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएका शीर्ष ५ भारतीय चलचित्रका बारेमा जानकारी दिनेछाैं । १. आरआरआर (२०२२) तेलुगुः ४३.६५ मिलियन (हिन्दी मात्र)एसएस राजामौली द्वारा निर्देशित आरआरआर दुई वास्तविक जीवन भारतीय क्रान्तिकारीहरू अल्लुरी सीताराम राजु (राम चरण) र कोमराम भीम (जुनियर एनटीआर) को

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 227 पटक पढिएको
  • कमेडियन कपिल शर्माको क्याफे आजवाट खुल्ने, परेको थियो आतंकवादीको निशानामा

    क्यानडामा रहेको कपिल शर्माको क्याफे गोलीबारी भएको १० दिनपछि फेरि खुलेको छ ।यो क्याफेले सामाजिक सञ्जालवाट जानकारी दिएको छ कि,  ‘हामी तपाईलाई फेरि स्वागत गर्न तयार छौं।’ यो क्याफेको उद्घाटन ७ जुलाईमा भएको थियो । त्यसको दुई दिनपछि नै आतंकवादी संगठनले यहाँ ९ राउण्ड फायर गरेको थियो । त्यसयता यो क्याफे बन्द थियो ।कपिल शर्माको क्याप्स क्याफेको आधिकारिक इन्स्टाग्राम पेजबाट यो घोषणा गरिएको हो । पेजमा सेयर गरिएको तस्विरमा लेखिएको छ, क्याप्स क्याफे आजवाट खुल्दैछ, हामीले तपाईंलाई धेरै सम्झ्यौं र तपाईंको माया र समर्थनको लागि आभारी छौं। हार्दिक धन्यवाद सहित हामी हाम्रा ढोकाहरू पुनः खोल्दै छौं र तपाईंला

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 218 पटक पढिएको
  • 'होस्टेल ३'को समूहबाटै 'होस्टेल अगेन' घोषणा, यो पटक थ्रिलर कथा

    नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल चलचित्र शृङ्खला 'होस्टेल'को तेस्रो भाग 'होस्टेल ३' को सफलतापछि सोही निर्माण समूहले नयाँ चलचित्र 'होस्टेल अगेन' घोषणा गरेको छ । आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको मिनिमल पोस्टरले चलचित्रको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ ।पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो चलचित्र 'होस्टेल' सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ । चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ । 'होस्टेल' को नाम भए पनि 'अगेन' थपिनु र पोस्टरको प्रकृतिले 'होस्

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 476 पटक पढिएको
  • ‘कोशोढुङ्गा’को गीत सार्वजनिक

    चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।विवाहित र अविवाहित महिलाले तीनका गीतमा कसरी आफ्नो बह पोखेर रम

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 490 पटक पढिएको
  • नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुँदै

    नेपालमा पहिलोपटक काल्पनिक र लोककथामा आधारित रहेर निर्माण गरेका चलचित्रलाई समेटेर ‘काठमाडौँ हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।  भूतप्रेतको कथामा आधारित रहेर निर्माण गरिने ‘हरर’ विधाका चलचित्र हेर्ने दर्शकको सङ्ख्या नेपालमा भए तापनि चलचित्र निर्माण निकै न्यून छ । प्राविधिक रुपमा खर्चालु हुने भएकाले निर्माता तथा निर्देशकले ‘हरर’ विधामा आधारित रहेर चलचित्र निर्माण गर्न त्यति चासो देखाएका छैनन् । यद्यपि उनीहरूलाई प्रोत्साहित गर्न अन्तरराष्ट्रिय रूपमा मनाइने पर्व ‘हेलोविन’को अवसरमा आगामी कात्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना हुने उक्त महोत्सवका निर्देशक रसिक पाठकले जानकारी दि

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 611 पटक पढिएको
  • दुर्गेशको एक्सी सिक्स सी मोडलको फोन गुराँस नानीलाई दिने घोषणा

    अहिलेका चर्हित गायक तथा मोडेल दुर्गेस थापाले गुराँस नानीलाई फोन उपहार दिने घोषणा गरेका छन्। पछिल्लो गीत ‘जाने भए जाम माया’को सफलतापछि गायक थापा अहिले अस्ट्रेलिया टुरमा छन् । गायक थापा अस्ट्रेलिया जानुअघि उनी ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका थिए । ब्राण्ड एम्बेसडर बनेबापत उनले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाएका थिए । तर, दुर्गेशले यो फोन उक्त हिट गीतकी मोडल गुराँस नानीलाई उपहारस्वरुप दिने भएका हुन् ।अस्ट्रेलियाबाटै स्टाटस लेख्दै दुर्गेशले आफूले उक्त फोन गुराँस नानीलाई गिफ्टस्वरुप दिने बताएका छन् । उनी लेख्छन्, ‘गुराँस ननी, हजुरको सपना, कलाकारिताको चाहना र हजुरको श

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 597 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.