कृषि

    Showing 601-606 of 606 items.
  • उखु किसानहरूले फेरि सुरू गरे आन्दोलन माइतीघरमा

    काठमाडौं । उद्योगीले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।आर्थिक बर्ष २०७१/७२ मा सरकारले रू २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् । त्यस्तै उद्योगले लामो समयदेखि किसानको रकम भुक्तानी नगरेको उनीहरुको गुनासो छ । उनीहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका थिए ।त्य

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 256 पटक पढिएको
  • सरकारले गर्यो मलको अनुदान यथावत राख्‍ने निर्णय

    काठमाडौं : मन्त्रिपरिषद्‌ बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्‍ने निर्णय गरेको हो।यसअघि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको सडक र सदन सबैतर्फबाट सरकारलाई चौतर्फी दबाब आएपछि सरकार निर्णय फिर्ता गर्न बाध्य भएको हो।रासायनिक मलमा कृषकलाई दिएको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै विभिन्न राजनीतिक दलका किसान संगठनहरूले सडकमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका थिए।

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 261 पटक पढिएको
  • सुक्न थाले अलैंची

     झापा- सिँचाइको ब्यवस्था नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा रहेको  अलैंची बगाँन सुक्न थालेका छन् ।  लामो समय वर्षा नभएपछि खोलामा पानी पनि सुकेकाले सिँचाइ गर्ने उपाय नहुँदा बगान सुकेर रातै देखिन थालेका हुन् । गत वर्ष राम्रो मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउने फुङलिङ ११ फावाखोलाका किसान मणिराज इजम बताउँछन् । ‘ यतिबेला पालो गरीरगरी बोट भिजाउनुपर्ने हो,’ उनले भने, ‘खोलामा थोपो पानी नहुँदा सिँचाइको उपाय नै छैन ।’ साउनदेखि मंसिर पहिलो सातासम्म टिपिसक्ने अलैंचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदम

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 238 पटक पढिएको
  • जग्गाको वर्गीकरण तत्काल गर्न मन्त्रालयको सुझाव

    झापा । स्थानीय तहलाई जग्गाको वर्गीकरण तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखन लगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका वेला मन्त्रालयले यस्तो सुझाव  दिएको हो ।मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । भूमि व्यवस्थापनलाई समयमै योजनाबद्ध ढंगबाट अघि बढाउन नसकिएका कारण भौतिक पूर्वाधार अव्यवस्थित हुनका साथै खेतीयोग्य जमिन नष्ट भएको मन्त्रालयले जनाएको छ । देशका उर्वर भूमिमा अन्न र तरकारीको साटो धमाधम घर बन्न थालेपछि सरका

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 354 पटक पढिएको
  • उखु किसानलाई ८० करोड अनुदान

    काठमाडौँ /  सरकारले यो वर्ष उखु किसानलाई करिब ८० करोड रुपैयाँ अनुदान दिने भएको छ। नगदे बालीको रूपमा रहेको उखु खेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि अनुदान दिन लागिएको हो।चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्न अनुदान दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। उखु किसानलाई अनुदान दिन ८० करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।  किसानलाई उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सबनम सिवाकोटी अर्यालले बताएकी छन्। ‘किसानले मिललाई उखु बिक्री गरेको रेकर्ड आएपछि अनुदान दिन्छौं,’ सहसचिव अर्या

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 309 पटक पढिएको
  • बाहुनडाँगीका किसानलाई औषधिजन्य जडिबुटी खेतीमा प्रोत्साहन

    बाहुनडाँगी / वर्षौ देखि हात्तीको पीडा भोग्दै आएका झापाको पूर्वीउत्तर क्षेत्र बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रूपमा औषधिजन्य वनस्पति खेती शुरु गरेका छन् ।  जनधन सँगै बालीनाली समेत हात्तीले क्षति गर्दै आए पछि हात्तीबाट जोगाउँनका लागि त्यहाँका किसानले वैकल्पिक खेतीका रूपमा औषधिजन्य वनस्पति खेती तर्फ लाग्न बाध्य भएका छन् ।श्री महेन्द्रद्वारा बचत तथा ऋण सहकारी संस्था लि. ले मेचीनगर ४ स्थित मेची नदीको किनारमा जडिबुटी खेती गरिरहेको छ ।सो खेतीको अगुवाइ महेन्द्रद्वारा सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्बल उद्योगले गरेको छ । हर्बल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना कि

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 209 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.