खेलकुद

    Showing 971-980 of 1,599 items.
  • साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र कुवेत भिड्ने

    काठमाडौँ / साफ च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । भारतले दोस्रो सेमिफाइनलमा शनिबार बेङ्लोरमा लेवनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो । त्यसअघि ९० मिनेट र ३० मिनेटको एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । आठ पटकको च्याम्पियन भारत साफको फाइनलमा १३ औं पटक प्रवेश गरेको हो । भारत सन् २००३ को बाहेक सबै साफको फाइनलमा पुगेको छ । यसअघि आमन्त्रित टिम कुवेतले बङ्गलादेशलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो। अब उपाधि भिडन्त मंगलबार हुनेछ ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 439 पटक पढिएको
  • आईसीसी विश्वकप क्रिकेट : आज वेस्टइन्डिजसँग भिड्दै नेपाल

    एजेन्सी / आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्व विश्व च्याम्पियन वेस्टइन्डिजसँग खेल्दैछ । ओडिआईमा नेपालले सामना गर्न लागेको वेस्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो । नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टिट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो ।नेपाल र वेस्टइन्डिज बीचको खेल  हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ । यसअघि नेपालले टिट्वान्टी तथा एकदिवसीय फर्म्याटमा वेस्टइन्डिजसँग खेलेको थिएन । वेस्टइन्डिजले आईसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो ।  १९७५ मा इङ्

    • प्रकाशित मितिः असार ७, २०८०
    • 197 पटक पढिएको
  • नेपाल पहिलो हाफमा २ गोलले पछाडि

    काठमाडौँ / नेपाल साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलको पहिलो हाफमै कुवेतविरुद्ध २-० ले पछाडि परेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सुरु भएको खेलमा नेपाल कुवेतविरुद्ध २-० ले पछाडि परेको हो । कुवेतका लागि खेलको २२ औं मिनेटमा कप्तान खालिद हजिअले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै अग्रता दोब्बर बनाए  । आज प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्ध उत्रिएको टोलीबाट एक परिवर्तन गरेका छन् । विंगमा मनिष डाँगीले आयुष घलानको स्थानमा खेलेका छन् ।

    • प्रकाशित मितिः असार ६, २०८०
    • 370 पटक पढिएको
  • नेपाल र अमेरिका बिचमा आज प्रतिस्पर्धा हुँदै

    झापा / आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो । सो खेलका जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह १२:४५ बाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रँदैछ । उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्योहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । पह

    • प्रकाशित मितिः असार ५, २०८०
    • 405 पटक पढिएको
  • ओमानमाथि नेपालको राेमाञ्चक जित

    काठमाडौं । ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा ओमानलाई हराएको छ । जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओमान २ विकेटले पराजित भएको हो ।ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रनको शतकीय ईनिङ खेले । भुर्तेलले १३ चौका र २ छक्का प्रहार गरेका थिए । १ सय १ रन भएको अवस्थामा उनी रिटायर्ड आउट भए ।पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर ७१ रनको साझेदारी गरे । शेख २४ बलमा २३ रनमा आउट भए । दोस्रो विकेटका लागि भीम सार्की र

    • प्रकाशित मितिः असार १, २०८०
    • 376 पटक पढिएको
  • सन्दीप लामिछाने विश्वकप क्रिकेट छनौट खेल्न आज अफ्रिका जाँदै

    काठमाडौं  ।   नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन्।अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन्।काठमाडाैं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई अपबादका रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएकाे छ।लामिछानेका कानुन ब्यबसायिले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 344 पटक पढिएको
  • बकरीदको अवसरमा तेस्रो रियाद कप फुटबल प्रतीयोगीता हुने

    सरोज निरौलापथरी, बैशाख २७  ।  आउदै गरेको मुस्लिम धर्मवल्मबीहरुको चाड बकरीद अवसरमा तेस्रो रियाद कप फुटबल प्रतीयोगीता हुने भएको छ । साउदिमा रहेका फुटबल प्रेमी युवाहरुको क्लब रियाद फुटबल क्लवले प्रतियोगीताको अयोजना गर्ने भएको हो । जुन महिनामा प्रतियोगीता हुन लागेको क्लवका सचिव अमित सुनुवारले जानकारी दिएका छन् ।प्रत्येक बर्ष बकरीदको अवसर पारेर साउदी अरबको रियादमा हुदै आएको प्रतियोगीताले यो बर्ष पनी निरन्तरता पाउने भएको छ । रोजगारको सिलसिलामा साउदी अरबमा रहेका फुटबल खेलाडी र फुटबल प्रमीहरुको भाईचारा कायम राख्ने उदेश्यका साथ प्रतियोगीता हुन लागेको फुटबल खेलाडी कृष्ण राईले बताए ।प्रतियोगीता

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 536 पटक पढिएको
  • एसीसी प्रिमियर कप अन्तर्गत ओमन विरुद्धको खेलमा नेपालको सहज जित

    काठमाडौं   ।   काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमनलाई पराजित गरेको हो। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमन ४६.३ भोभरमा नौ विकेट गुमाएर २२६ रन बनाएको हो।ओमानका अन्तिम खेलाडी अकिब इलियास घाइते भएका थिए। उनी ब्याटिङ गर्न नसक्ने भएपछि अम्पायरले खेल अन्त्यको घोषणा गरेका थिए। यससँगै नेपाल ८४ रनले विजयी भएको हो।ओमनका लागि मोहम्मद नदिमले ६५, सन्दीप गौडले ४६, आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन बनाए। नेपालले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा ओमनका खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्।ओमनका लागि मोहम्मद नदिमले ६५, सन्दीप गौडले ४६,

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 489 पटक पढिएको
  • किशोरीले लगाइन् आफ्नै शरीरमा आगो

    थुलुङ । सोलुखुम्बु जिल्लामा एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्।जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक राम किशोर शाहका अनसार राति साढे ८ बजे किशोरीले शरीरमा आगो लगाएकी हुन्। आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छन्। घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ स्थित पासाङ ल्हामु निकोलन

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 515 पटक पढिएको
  • नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि हात पार्यो

    काठमाडौं । नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।आज शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाए पनि उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित दर्ता गरेको हो ।भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो 

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 389 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.