खेलकुद

    Showing 681-690 of 1,641 items.
  • टस जितेर ओमानविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं— काठमाडौंमा जारी आईसीसी यू—१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानविरुद्ध खेलिरहेको छ ।काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरिसकेको छ । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ ।नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू(१९ विश्वकपमा छनोट हुने छन् ।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 500 पटक पढिएको
  • टी–२० आई सिरिजः आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं— हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुने छ ।शनिबार भएको घरेलु टोली हङ्कङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङ्कङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो । हङ्कङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । जारी प्रतियोगितामा पाँच अंक बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो ।नेपालले आफ्नो पहिलो खेलम

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 375 पटक पढिएको
  • कुवेतमाथि नेपालको शानदार जित

    काठमाडौं— चारदेशीय टी २० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार बिहान कुवेतसँग भएको खेलमा नेपालले ६ विकेटले जित हात पारेको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपालले कुवेतमाथि सहज जित निकालेको हो ।पहिला व्याटिङ गरेको कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । सो लक्षय पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे । आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतम

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 529 पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

    धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गरेका हुन् ।सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो । लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को रु १५ लाख खर्च भएको थियो ।यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहर

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 518 पटक पढिएको
  • एन्फाको वार्षिक बजेट डेढ अर्ब

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ । एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । एन्फाले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 466 पटक पढिएको
  • युगान्डबाट नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

    काठमाडौं । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् । बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरु नेपाल फर्किएका हुन् । प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए । विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले टोलीकी कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरु भएको बताईन् ।  उनले भनिन्, ‘समग्रमा प्रतियोगिता एकदमै राम्रो नै भयो, हामीले परिणाम ल्याउन सकेनौ भन्ने कुरा हो । हामीले

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 646 पटक पढिएको
  • दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

    काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे ।सोही अवसरमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरे । कार्यक्रममा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो । लोग

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 535 पटक पढिएको
  • साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ । आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भूटान र बङ्गलादेशवीच पनि प्रतिस्पर्धा हुनेछ । विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलङ्का छन् । त्यसैगरी नेपालले आफनो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना ग

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 579 पटक पढिएको
  • एनओसीमाथि सरकारी हस्तक्षेप बन्द गर्न कमिटीको माग

    काठमाडौं— नेपाल ओलम्पिक कमिटीको कार्यालय भवनमा बिना सूचना ताला लगाएकोमा कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै चैत ३ गते नेपाल ओलम्पिक कमिटीको कार्यालय भवनमा बिना सूचना र बिना पत्र युवा तथा खेलकूद मन्त्रालयको निर्देशनमा ताला लगाउने कार्यप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। अध्यक्ष जीवनराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाल ओलम्पिक कमिटी नेपालमा अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको तर्फबाट नेपालमा काम गर्ने स्वायत्त सँस्था हो। नेपाल ओलम्पिक कमिटीले नेपालको खेलकूद विकास ऐन २०७७ र खेलकूद विकास नियमावली २०७९ अनुसार सरकार सँग समन्वय गरि काम

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 570 पटक पढिएको
  • ‘१७ औं धर्मश्री’को तयारी सुरु

    काठमाडौं । नेपाल व्यायाम मन्दिरले ‘१७ औं धर्मश्री’ प्रथम पिएल सिंह मेन्स स्पोट्र्स फिजिक्स १७ अ।m।यखभच्गलमभच,  प्रथम वोमेन्स वडिविल्डिङ्ग ओपन र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ ।सोमवार पत्रकार सम्मेलन गर्दै सर्वसाधारणलाई शारीरिक व्यायामप्रति आकर्षित गरि नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।शहिद धर्मभक्त माथेमाको स्मृतीमा आयोजना गर्दै आएको “धर्मश्री” प्रतियोगिता यस वर्ष यही चैत्र ७, ८ र ९ गते हुँदैछ । प्रतियोगितामा करिब ६०० जना

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 486 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.