काठमाडौं / पाकिस्तानले नेपालसँग कात्तिक ३० गते मैत्रीपूर्ण खेल खेल्ने भएको छ । पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा खेल खेल्ने घोषणा गरेको हो । खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ । नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ । फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेल दशरथ रङ्गशालामा हुनेछ ।
काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेललाई बधाई दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उपकप्तान पौडेललाई शुक्रबार कप्तानको जिम्मेवारी दिएपछि ओलीले बधाई दिएका हुन् । नेपाली क्रिकेट टिमको क्याप्टेन नियुक्त हुनु भएकोमा रोहित पौडेललाई हार्दिक बधाई ! ’ एमालेका अध्यक्ष ओलीले फेसबुकमार्फत भनेका छन्, ‘उहाँको नेतृत्वमा नेपाली क्रिकेटले अझ सफलता प्राप्त गरोस्, शुभकामना ! ’ रोहितलाई राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि जिम्मेवारी दिइएको हो । सन्दीपमाथि बलात्कारको आरोप लागेपछि क्यानले उनला
काठमाडौं / साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बङ्गलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने छ । नेपाल बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक उपाधि चुम्न चाहन्छ । यही प्रतियोगितामा नेपालले यसअघि बङ्गलादेशलाई ० का बिरुद्ध १ गोलले पराजित गरेको थियो । खेल नतिजाका आधारमा नेपाललाई जितका लागि केही सहज भने रहेको छ । यद्यपि प्रदर्शनका आधारमा भने नेपाललाई जितका लागि सहज छैन । उपाधि जित्नका ल
एजेन्सी / पाँचौ पटक फिफा विश्वकप खेल्ने तयारीमा रहेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल राष्ट्रिय टोली घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोसहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हुन् । ३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान डिफेन्डर पेपेले समेत टोलीमा स्थान बनाएका छन् । घाइते भएका लिभरपुरका स्ट्राइकर डिएगो जोटा भने टोलीमा हुने छैनन् । समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकप खेल्नेछ । यसैगरी २८ नोभेम्बरमा उरुग्वेसँग दोसे र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको
एजेन्सी / नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि चार पटकको च्याम्पियन जर्मनीले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । जसमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग राष्ट्रिय टिममा नयाँ अनुहारका रुपमा छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै २०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि अनुभवी खेलाडीको रुपमा छन् ।अनुभवी डिफेण्डर माट ह्युमल्स भने विश्वकप खेल्ने टोलीमा अटाएनन् । फरवार्ड
एजेन्सी / यही नोभेम्बर २० (मंसिर ४) देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौँ उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्विट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।ब्राजिलको टोलीगोलकिपर : एलिसन बेकर (लिभरपुल) , एडरसन मोराएस (म्यानचेस्टर सि
काठमाडौं / टी २० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दोस्रो खेलमा आज र भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेलको विजेताले विश्वकप क्रिकेटको उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ । भारत सुपर १२ मा समूह २ को पहिलो स्थानमा हुँदै सेमिफाइनमा पुगेको थियो । इंग्ल्यान्ड भने समूह १ को दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको टोली हो । भारत र इङ्ग्ल्यान्डको खेल नेपाली समय अनुसार आज दिउसो पौने दुई बजे सुरु हुनेछ ।
एजेन्सी / बङ्गलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघि नेपालले भुटानलाई ७–० र बंगलादेशलाई १–० ले पराजित गरेको थियो । भुटान पहिलो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ । प्रतियोगिताबाट बाहिरिसकेको उसले यसअघि नेपालसँग ७–० र घरेलु टोलीसँग ८–० तथा ९–० को फराकिलो हार बेहोर्यो । यस प्रतियोगिताअघि यी दुई टोलीले तीनपटक एकअर्काको समान गरेका थिए । जसमा भुटानले एक
एजेन्सी / विश्व फुटबलको महासंग्राम फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय भए सँगै खेल तालिका सार्वजनिक भएको छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको छ । नोभेम्बर २० मा कतारमा विश्वकप सुरु हुँदैछ भने मुख्यतः युरोपका क्लब लिग खेलहरू त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरू नोभेम्बर १२ र १३ पछि ब्रेक गरिनेछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरू पुनः सुरु हुनेछन् । त्यसैले यस पटक विश्वकप फुटबल यसअघिका भन्दा फरक हुनेछ । सन्
एजेन्सी / म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सन सहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन् । इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए । फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए । यसपछि उनी इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए । यसपछि युनाइटेड पुगेका हुन् । मार्चमा अन्तर्राष्
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.