खेलकुद

    Showing 231-240 of 1,641 items.
  • खजुरा गोल्डकपः जेबीएम एकेडेमी लखनउ फाइनलमा

    राँझा। बाँकेको खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनी रङ्गशालामा सञ्चालन भइरहेको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगितामा जेबीएम फुटबल एकेडेमी, लखनउ फाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जेबीएम फुटबल एकेडेमी, लखनउ (भारत)ले गोर्खा ब्वाइज क्लब, बुटवल (रुपन्देही)लाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको १२औँ मिनेटमा निखिल तामाङले उत्कृष्ट गोल गर्दै जेबीएमलाई अग्रता दिलाएका थिए ।दोस्रो हाफमा ४२औँ मिनेटमा सुरज भण्डारी र ६०औँ मिनेटमा कमल जिसीमार्फत दुई थप गोल गर्दै जेबीएमले जित निश्चित गरेको थियो । खेलको ७०औँ मिनेटमा गोर्खा ब

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • 277 पटक पढिएको
  • इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा

    विराटनगर । सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति सम्पन्न खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुग्न सफल भएको हो ।बुढासुब्बा गोल्ड कपको हालैको च्याम्पियन समेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले दुई तथा धिरेन्द्र शाहले एक गोल गरेका छन् ।खेलको पाँचौँ मिनेटमा युकेएफसीका दिवस रोयले धिरेन्द्र शाहलाई डी–एरियामा लडाएपछि फिफा रेफरी उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 357 पटक पढिएको
  • सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति गोल्डकपबाट बाहिरियो

    विराटनगर । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ललितपुरको सातदोबाटो यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सात दोबाटोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरी रंगशालामा भएको खेलमा सातदोबाटोका सुरजज्यु ठकुरी र समीर तामाङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए । खेलको ३१औँ मिनेटमा सुरजले करिब ३० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए। त्यसको चार मिनेटमै समीर तामाङले अर्को गोल थप्दै पहिलो हाफमै टोलीलाई २–० को स्पष्ट अग्रता दिलाए ।पहिल

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 170 पटक पढिएको
  • आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ

    काठमाडौ— नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला खेलाडीको टोलीलाई विदाई गरेको हो ।उक्त विदाई कार्यक्रमा कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको बताइन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने पनि बताइन् ।उनले भनिन्, ‘जति पनि हामी किक्रेट खेल्दै आयौं त्यसमा अब २०८३ सालमा अझैं राम्रो खेलेर जित हासिल गर्ने छौं । लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अ

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 436 पटक पढिएको
  • विराट गोल्ड कप फुटबल प्रतियोगिताः सम्राट स्पोर्टिङ विजयी

    मोरङ। विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको  ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले  भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ ।विर्सामुण्डाका शङ्कर किस्कुले ४४आँै मिनेटमा गोल गरेका थिए भने खेलको ५०औँ मिनेटमा सम्राटका मौसम लिम्बू,  ८६औँ मिनेटमा प्रताप तामाङले गोल गरे । खेलको अतिरिक्त (इन्जुरी) समयमा प्रताप तामाङले पुनः दोस्रो गोल गर्दै टोलीला

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 339 पटक पढिएको
  • आईपीएलः चेन्नईसँग कोलकाता ३२ रनले पराजित

    काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको हो ।टस हारेर ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाई १९२ रन बनाएको थियो ।चेन्नईका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर एवं कप्तान रितुराज गायकवाड ७ रनमै आउट भए ।आयुष महात्रेले ३८ रन बनाए । उनले १७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। डेवाल्ड ब्राभिसले २९ बल खेल्दै ४ चौका र २ छक्कासहित ४१, सरफराज खानले १८ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।१९३ रनको लक्ष्य पाएको कोलकाताले

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 423 पटक पढिएको
  • इटहरी गोल्डकपः साबिक विजेता मछिन्द्र सेमिफाइनलमा प्रवेश

    काठमाडौं—  साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो । सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो ।मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, स

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 450 पटक पढिएको
  • नाइजेरियन टोलीमाथि मोरङको रोमाञ्चक जित, इटहरी गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित

    विराटनगर— युवा समाज मोरङले जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार राति सम्पन्न उद्घाटन खेलमा मोरङले संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।खेल सुरु भएको चौथो मिनेटमै श्रीजन गौतमले गोल गर्दै मोरङलाई अग्रता दिलाए। विपक्षी डिफेन्डरबाट रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै उनले सुरुवाती दबाबलाई गोलमा परिणत गरेका थिए। तर, पहिलो हाफको ३५औं मिनेटमा डिबोला हामजामले बराबरी गोल फर्काउँदै नाइजेरियन टोलीलाई खेलमा फर्काए। डेबिड ओलवोको फ्रिकिक नियन्त्रण गर्न नसक्दा आएक

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 372 पटक पढिएको
  • एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

    राँझा। जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता पुरस्कार खजुरावासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिने आयोेजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गर्नुभएको थियो । खजुरा-४ डीगाउँस्थित मि

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 294 पटक पढिएको
  • बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित

    काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ ।आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।यो जितसँगै आर

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.