धर्म/संस्कृति

    Showing 961-970 of 977 items.
  • आज आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन , महागौरी देवीको पूजा आराधना गरिँदै

     काठमाडौँ//आज आश्विन शुक्ल अष्टमी अर्थात्  दुर्गा पक्षको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरि मनाइदै छ।  प्रत्येक वर्ष महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 149 पटक पढिएको
  • आज फूलपाती, अपराह्न साढे चार बजे भित्र्याइँदै

    बिर्तामोड / प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका,

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 165 पटक पढिएको
  • नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै

    बिर्तामोड / नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 135 पटक पढिएको
  • बिहानैदेखि शक्तिपीठमा भक्तजनको चहलपहल

    काठमाडौं / दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो । नवरात्री नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भीड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ । 

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 138 पटक पढिएको
  • आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

    जलेश्वर / नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) तथा पिना प्रसादका रुपमा  चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।त्यसैगरी भोलि (मङ्गलबार) बिहान ४ः०० बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार बेलुका ५ः०० बजेपछि मात्रै व्रतीहरुले व्रत सम्पन्न गर्ने जलेश

    • प्रकाशित मितिः असोज ११, २०७८
    • 162 पटक पढिएको
  • मुक्तिनाथ मन्दिर खुल्यो

    मुस्ताङ  / मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो । मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिएका छन् । “स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्ध

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 125 पटक पढिएको
  • पूर्वयुवराज्ञी हिमानीले गरिन जानकी मन्दिरमा विशेष पूजा

    काठमाडौँ  / पूर्वयुवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा विशेष पूजा गरेकी छिन् । खानेपानी सम्बन्धी सामग्री वितरण कार्यक्रमको लागि आएकी शाहले आइतबार बेलुका जनकपुरधाममा रहेको उक्त मन्दिरमा विशेष पुजा गरेकी हुन् ।हिमानी सोमबार हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि जनकपुर आएकी थिइन् । उनी आए लगतै बेलुका मन्दिरमा विशेष पूजा गरेकी हुन् ।हिमानी ट्रष्टले आज (सोमबार) जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरणका लागि कार्यक्रमको आयोजना गरेको छ ।

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 180 पटक पढिएको
  • पाथीभराको दर्शन आजदेखि खुला

    ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले ल

    • प्रकाशित मितिः असोज १, २०७८
    • 370 पटक पढिएको
  • थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

    देउखुरी / थारू समुदायले  ‘अट्वारी पर्व’ आज  धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती  समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने गर्दछन् ।  दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । उनले भने,“ दिउँसो पुरुष बर्तालु

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 142 पटक पढिएको
  • आज ऋषि पन्चमी : महिलाले किन गर्छन आज ऋषिको पुजा ?

    बिर्तामोड / विशेषगरी सप्तऋषिसँगै पूर्वीय दर्शनमा उल्लेख गरिएका विभिन्न ऋषिहरूलाई यस दिन सम्झने गरिन्छ । ऋषि शब्दले मन्त्रदर्शी व्यक्तिलाई जनाउने गर्दछ ।कुनै पनि मन्त्रको दर्शन गर्नुको अर्थ हुन्छ त्यो मन्त्रको सारतत्व बुझ्नु । यस्ता ऋषिहरूलाई सात प्रकारमा विभाजन गर्ने गरिन्छ । ती हुन्, महर्षि, परमर्षि, देवर्षि, ब्रह्मर्षि, श्रुतिर्षि, राजर्षि र कन्दार्षि।उनै ऋषिहरुको सम्मान स्वरुप पुजा गर्ने दिन नै ऋषि पन्चमी हो।आजको दिनमा रजस्वला प्रारम्भ भैसकेका महिलाहरुले रजस्वला हुँदा अज्ञानतावस  कतै मन्दिरमा,कुल थानमा छोएको एवम् आफुले छोएको खाना नानिहरुलाई दिएको आदि दोषहरु बाट बचियोस भनेर सात ऋषिहरु स

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.