धर्म/संस्कृति

    Showing ९६१-९७० of ९७९ items.
  • ताप्लेजुङको पहिलो लिम्बू संग्रहालय ओझेलमा

    ताप्लेजुङ / ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो र व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएको हो ।जिल्लाको सिरिजङ्घा गाउँपालिका –६ मामाङ्खेमा रहेको लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र सरोकारवालाले संरक्षणका लागि चासो नदिएकाले ओझेलमा पर्दै गएको स्थानीयको भनाइ छ । लिम्बू समुदायको पहिचान झल्काउने पुरातात्विक र ऐतिहासिक सामग्री सङ्कलन गरेर राख्नका लागि नेपालमै पहिलो पटक २०५७ सालमा उक्त संग्रहालयको

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ४८४ पटक पढिएको
  • हिन्दुको मन्दिरमा मुस्लिमको झण्डा !

     धनुषा // जनकपुरको जानकी मन्दिरस्थित विवाह मण्डपमा इस्लामिक झण्डा फहराइएको छ। विश्व प्रसिद्ध एवम् हिन्दु धर्माबलम्बीहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा स्थानीय युवाले इस्लामिक झण्डा फहराएका हुन्। उनले आफ्नो टिकटकमा  झण्डा फहराएको भिडियो सार्वजनिक गर्दै "मोहम्मद डे इज कमिङ्ग" क्याप्सन राखेका छन्। विश्व प्रसिद्ध रहेको सो मन्दिरमा निषेध गरिएका गतिविधिसमेत केही समयदेखि केही किशोर ,किशोरीले गर्दै आएको देखिन्छ। 

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • २५८ पटक पढिएको
  • आज आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन , महागौरी देवीको पूजा आराधना गरिँदै

     काठमाडौँ//आज आश्विन शुक्ल अष्टमी अर्थात्  दुर्गा पक्षको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरि मनाइदै छ।  प्रत्येक वर्ष महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो

    • प्रकाशित मितिः असोज २७, २०७८
    • १५३ पटक पढिएको
  • आज फूलपाती, अपराह्न साढे चार बजे भित्र्याइँदै

    बिर्तामोड / प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका,

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १६९ पटक पढिएको
  • नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै

    बिर्तामोड / नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १३९ पटक पढिएको
  • बिहानैदेखि शक्तिपीठमा भक्तजनको चहलपहल

    काठमाडौं / दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो । नवरात्री नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भीड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ । 

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १४४ पटक पढिएको
  • आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

    जलेश्वर / नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) तथा पिना प्रसादका रुपमा  चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।त्यसैगरी भोलि (मङ्गलबार) बिहान ४ः०० बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार बेलुका ५ः०० बजेपछि मात्रै व्रतीहरुले व्रत सम्पन्न गर्ने जलेश

    • प्रकाशित मितिः असोज ११, २०७८
    • १६६ पटक पढिएको
  • मुक्तिनाथ मन्दिर खुल्यो

    मुस्ताङ  / मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो । मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिएका छन् । “स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्ध

    • प्रकाशित मितिः असोज १०, २०७८
    • १२९ पटक पढिएको
  • पूर्वयुवराज्ञी हिमानीले गरिन जानकी मन्दिरमा विशेष पूजा

    काठमाडौँ  / पूर्वयुवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा विशेष पूजा गरेकी छिन् । खानेपानी सम्बन्धी सामग्री वितरण कार्यक्रमको लागि आएकी शाहले आइतबार बेलुका जनकपुरधाममा रहेको उक्त मन्दिरमा विशेष पुजा गरेकी हुन् ।हिमानी सोमबार हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि जनकपुर आएकी थिइन् । उनी आए लगतै बेलुका मन्दिरमा विशेष पूजा गरेकी हुन् ।हिमानी ट्रष्टले आज (सोमबार) जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरणका लागि कार्यक्रमको आयोजना गरेको छ ।

    • प्रकाशित मितिः असोज ४, २०७८
    • १८४ पटक पढिएको
  • पाथीभराको दर्शन आजदेखि खुला

    ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले ल

    • प्रकाशित मितिः असोज १, २०७८
    • ३७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.