काठमाडौँ  / पूर्वयुवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा विशेष पूजा गरेकी छिन् ।

खानेपानी सम्बन्धी सामग्री वितरण कार्यक्रमको लागि आएकी शाहले आइतबार बेलुका जनकपुरधाममा रहेको उक्त मन्दिरमा विशेष पुजा गरेकी हुन् ।

OM Sai Pathibhara Hospital

हिमानी सोमबार हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि जनकपुर आएकी थिइन् । उनी आए लगतै बेलुका मन्दिरमा विशेष पूजा गरेकी हुन् ।

हिमानी ट्रष्टले आज (सोमबार) जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरणका लागि कार्यक्रमको आयोजना गरेको छ ।